Free songs
Home / समाचार / संक्षिप्त समाचार / अनुदानमा बोका वितरण

अनुदानमा बोका वितरण

बुद्धि पुन

सल्यान । सल्यानको शारदा नगरपालिकाले किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको छ। ब्यावसायिकरुपमा बाख्रा पालन गर्दै आएका ११ जना कृषकहरुलाई (पचास प्रतिशत) बोयर क्रस बोका वितरण गरेको हो।

नगरपालिकाभित्रका कृषि फार्म, कृषक समूह, कृषक समितिहरुलाई पूरै अनुदानमा वितरण गरिएको हो। बहुउद्देश्यीय कृषि केन्द्र खलंगाबाट खरीद गरिएका बोकाहरु शतप्रतिशत अनुदानमा वितरण गरिएको शारदा नगरपालिका पशु शाखाका पशु प्राविधिक मधुसूदन उपाध्ययले बताउनुभयो।

उहा“ले बाख्रापालन ब्यवसायमा कृषकहरुलाई आकर्षित गर्ने, यस ब्यवसायलाई ब्यवस्थित गर्ने र मासु उत्पादनमा बृद्धि गर्ने लक्षका साथ बोका वितरण गरिएको बताउनुभयो। प्रतिबोका ३० हजार रुपैया“का दरले तीन लाख ३० हजार रुपैया“मा ११ वटा बोका खरिद गरिएको उहा“ले बताउनुभयो। नगरपालिकाबाट पशु शाखामा विनियोजित ४१ लाख रुपैया“बाट कृषकहरुलाई बोका वितरणस“गै सुत्केरी पशुलाई भत्ता, तालिम, गोष्ठी सञ्चालन, घा“स वितरण, चल्ला वितरण, औषधि खरीद तथा वितरण गरिएको उहा“ले बताउनुभयो।

कृषकहरुलाई बोका वितरण गर्दै शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले ब्यावसायिक बाख्रापालनमा लाग्न कृषकहरुलाई सुझाव दिनुभयो। सल्यान बाख्रापालनका लागि थुप्रै सम्भावना बोकेको क्षेत्र भएको बताउ“दै उहा“ले मासुको लागि यहा“ उत्पादित खसी र बोकाको माग धेरै भएको बताउनुभयो। उहा“ले कृषकहरुको प्रोत्साहनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउ“दै बाख्रापालन ब्यवसाय सञ्चालन गर्दा कुनै समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो।

शतप्रतिशत अनुदानमा बोका पाएपछि कृषकहरु पनि खुशी भएका छन्। चवरगाउ“ बाख्रापालन समूहका सञ्चालक बुद्धिबहादुर हमालले नगरपालिकाले शतप्रतिशत अनुदानमा बोका दिएपछि ब्यावसायिक बाख्रापालनमा थप हौसला मिलेको बताउनुभयो। २३ वटा मात्रै माउ बाख्रापालन गर्नुभएका उहा“ले अब बाख्रापालन ब्यवसायलाई बढाउ“दै लैजाने बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top