Free songs
Home / समाचार / प्रमुख समाचार / तीब्र गतिले दुर्घटना बढ्दै : आठ महिनामा ८५ को मृत्यु, तीन सय घाइते

तीब्र गतिले दुर्घटना बढ्दै : आठ महिनामा ८५ को मृत्यु, तीन सय घाइते

निमुसंगम घर्ती

घोराही। ३५ जना बढी यात्रु लिएर निकै अप्ठेरा सडकहरु पार गर्दै बस समथर भागमा कुदिरहेको थियो। घोराही पुग्नै लाग्दा बाह्रकुने दहदेखि एक सय मिटर माथि समथर भागमा जीपलाई ओभरटेक गर्ने क्रममा सोमवार दिउ“सो बस पल्टियो।

रोल्पाको बागमाराबाट घोराही आउ“दै गरेको ना ४ ख ६०९४ नम्बरको बस तीब्र गतिमा भएकै कारण गति नियन्त्रण गर्न नसकी कल्भर्टमा ठोक्कियो र सडकमा पल्टिदा केही मिटर टाढा पुरेर आएकै दिशातर्फ फर्कियो। दुर्घटनामा परी बसका सहचालक रोल्पा रुन्टिगढी गाउ“पालिका–७ का २२ वर्षीय हर्कबहादुर पुनको मृत्यु भयो भने ३२ जना घाइते भए।

पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। ‘बसका सबै सिटहरुमा यात्रुहरु थिए। दुईखोलीनजिकै पनि बसले नियन्त्रण गुमाउन खोजेको थियो तर यहा“ ल्याएर दुर्घटनामा पा¥यो’– यात्रु दीपक विकले भन्नुभयो।

‘म पनि चालक नै हो बस निकै तीब्र गतिमा कुदाएर जीपलाई ओभरटेक गर्न खोज्दै थियो पछि जीप साइड दिएर रोकियो बस कल्भर्टमा ठोक्किएर चार बल्ड्याङ खायो, सपना जस्तै लागेको छ’– उहाले भन्नुभयो।

अवस्था गम्भीर रहेकाहरुलाई घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। अन्य घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेहरुलाई बेडमा राखेर उपचार गर्न अपुग भएपछि बाहिरै राखेर उपचार गरिएको छ।

तीब्र गतिकै कारण दुर्घटना
केही दिन पहिले घोराही–लमही सडकखण्डको मसोटनजिकै बस दुर्घटना भयो। मादकपदार्थ सेवन गरेर बस कुदाएका चालकले भित्तामा ठोक्न पुगे। बसमा चालक र सहचालक मात्रै थिए। उनीहरुलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥यायो। दुर्घटनाको कारण खोज्दै जा“दा उनीहरुले गोग्लीमा मदिरा पिएर लमही बस लिएर गएको पाइएको छ। मदिरा सेवन र तीब्र गतिकै कारण दुर्घटना भएको ट्राफिक प्रहरी बताउछ।

ट्राफिक प्रहरी प्रमुख मदनबहादुर कु“वरका अनुसार चालककै लापरवाहीले धेरै दुर्घटना निम्तिएका छन्। चालक जिम्मेवार नहुदा दुर्घटना हुने र यात्रुले अकालमै ज्यान गुमाउनुपरेको उहा“ बताउनुहुन्छ। ‘दुर्घटनाका अवस्थाहरुलाई हेर्दा सबै भन्दा बढी चालककै लापरवाहीले दुर्घटना भएको पाइन्छ’– उहाले भन्नुभयो। चालकको लापरवाही, सडकको दुरावस्था, मदिरा सेवन गरेर गाडी चलाउने र गाडीको यान्त्रिक कारणले पनि दुर्घटना हुने गरेको छ।

प्रहरीको तथ्यांक हेर्दा चालु आर्थिक वर्षको आठ महिनामा सवारी दुर्घटनामा परी ८५ जनाको मृत्यु भएको छ। साउनमा पाच, भदौमा सात, असोजमा तीन, कार्तिकमा आठ, मंसिरमा १३, पुसमा ३०, माघमा आठ, फागुनमा आठ र चैतमा तीनजना गरी यो आर्थिक वर्षमा ८५ जनाले अकालमै ज्यान गुमाएका छन्। दुर्घटनामा परी झण्डै तीन सयजना घाइते भएका छन्।

एक सय ७० जना गम्भीर र एक सय २४ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। यस अवधिमा सबैभन्दा बढी ९० वटा मोटरसाइकल दुर्घटना भएका छन्। त्यसपछि २९ वटा वस, २२ वटा जीपकार, १९ वटा ट्रेक्टर, १० टेम्पो र आठ टे«क्टर दुर्घटनामा परेका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top