Free songs
Home / समाचार / संक्षिप्त समाचार / सरुमारानीमा दलित लक्षित कार्यक्रम

सरुमारानीमा दलित लक्षित कार्यक्रम

युगबोध समाचारदाता

प्युठान। दलित समुदायको सशक्तिकरण गर्ने उद्देश्यले सरुमारानी गाउ“पालिकाले दलित लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ। दलित उत्थान समितिले यही चैत ७ गते कार्यक्रम गर्न लागेको गाउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो। गैरदलित र दलित समुदायका स्थानीयहरुलाई सहभागी बनाएर कार्यक्रम गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो।

समाजमा अझै पनि दलितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएकोले यो कार्यक्रम गर्न लागिएको उहाले जानकारी दिनुभयो। उहाले भन्नुभयो– ‘दलित प्रति गरिने जातीय विभेद हटाउन यो कार्यक्रमले टेवा पु¥याउने छ ।’ कार्यक्रममा दलितस‘ग सम्बन्धित कानुनी, संवैधानिक प्रावधानहरु अधिवक्तामार्फत प्रस्तुति गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो। प्रदेशसभा सदस्य हरि रिजाल, संविधानसभा सदस्य धन बहादुर रायमाझी, गाउ‘पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्रहरी नायव निरीक्ष्णक निर्मल वुढाथोकी, सरकारी वकिल, सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासीको उपस्थितिमा कार्यक्रम गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

 

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने गाउ“पालिकाले जनाएको छ। दलित कलाकार झलक संगीतम, सविता परियार, राजबाबु नेपाली, राजकुमार टरालीलगायतका कलाकारको प्रस्तुति रहने गाउ“पालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो।

त्यस्तै दलित जातिअन्तर्गत पञ्चेबाजासहितको नृत्य प्रस्तुत गरिने उहा“ले बताउनुभयो। सामाजिक सद्भाव, अन्तर्घूलन, सामाजिक
सद्भाव बृद्धि गर्ने, बहिस्करणमा पारिएका समुदायस“गै गैरदैलित समुदायका नागरिकलाई पनि चेतनाको कार्यक्रम गरिने गाउ‘“पालिका अध्यक्ष विश्वकर्मालेबताउनुभयो।

समाजमा जातीय विभेद अझै छ त्यसलाई अन्त्य गर्ने उद्देश्यले जिल्लामै पहिलो र नया“ कार्यक्रम गरेको उहा“ले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘यो कार्यक्रमपछि नागरिकको प्रवृत्ति फेरिने विश्वास लिएको छु।’

दलितलाई सम्मानै सम्मान
कार्यक्रममा विभिन्न प्रकृतिका दलितलाई सम्मान गरिने छ। प्रत्येक वडाका एक÷एकजना दलित र ज्येष्ठ नागरिक, एकल महिलालाई सम्मान गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो। त्यस्तै अन्तर्जातीय विवाह गर्ने दलित, दलित समुदायबाट १२ कक्षा उत्तीर्ण गरेका दलितलाई प्रमाणपत्रले सम्मान गरिनेछ। विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई पनि पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । दलितलाई हौसला प्रदान गर्न पुरस्कार वितरण गरिएको उहा“ले बताउनुभयो। दलित लक्षित कार्यक्रमका लागि गाउ“पालिकाले दुई लाख रुपैया“ विनियोजन गरेको गाउ“पालिकाले जनाएको छ।

त्यस्तै गाउ“पालिकाले दलित परिवारस“गै कुसुण्डा, राउटे, कुमाल, धामी, मगर, गुरुङलगायतका समुदायका लागि पनि कार्यक्रम अगाडि बढाएको गाउ“पालिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहा“ले भन्नुभयो– ‘जाति विशेष केही कार्यक्रम गरिसक्यांै भने केही गर्न बाकी छ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top