Free songs
Home / फिचर समाचार / राप्ती नदी सीमा विवादको सेफ ल्याण्डिङ

राप्ती नदी सीमा विवादको सेफ ल्याण्डिङ

दशरथ घिमिरे

देउखुरी। राप्ती गाउपालिकाले राप्ती नदीमा नदीजन्य वस्तु उत्खननका लागि ठेक्का लगायो। वातावरणीय प्रभाव मूल्यांकन गरेर गाउपालिकाले ठेक्का लगाएको हो।

जब ठेक्का लगाएको घाटबाट ढुंगाजन्य वस्तु उत्खनन् हुन थाल्यो तब मात्रै गढवा गाउ“पालिकाले थाहा पायो राप्ती गाउ“पालिकाले ठेक्का लगाएको घाट
आफ्नो सीमा क्षेत्रभित्र पर्छ। ‘राप्तीले आइइ गर्दा हाम्रो ध्यान पुगेन। तर पछि ठेक्का लगाएर उत्खनन् हुन थालेपछि हाम्रो क्षेत्र हो भन्ने थाहा भयो’– गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवले भन्नुभयो– ‘स्थानीय तह पुनर्संरचना हु“दा साविक गाविसको वडालाई सीमा क्षेत्रको आधार मान्ने भन्ने छ। हाम्रो गाउ“पालिकाभित्र राप्ती नदी पर्छ।’

राप्ती गाउ“पालिकाले पानीको बहावको आधारमा वातावरणीय प्रभाव मूल्यांकन गरेर ठेक्का लगाएको थियो। राप्ती गाउ“पालिकाले ठेक्का लगाएपछि गढवा र राप्तीको बीचमा नदीको विषयलाई लिएर सीमा विवाद चुलियो। हरेक दिनजसो बगरमा विवाद सिर्जना हुन थालेपछि दुबै गाउ“पालिकाबीच छलफल भयो। धेरै चरणको छलफलपछि समाधान निकालिएको छ।

आइतवार राप्ती गाउपालिकामा भएको छलफलले एक हदसम्म सहमति निकालेको छ। राप्ती गाउ“पालिकाले राप्ती नदीको चार स्थानमा वातावरणीय प्रभाव मूल्यांकन गरेकोमा खुरुरिया, भानपुर र बगरापुरमा टेण्डर प्रक्रियामार्फत नदीजन्य वस्तु उत्खनन गर्ने सहमति गरेको छ। यस्तै मझेरिया घाटमा आइइ गरेको भए पनि टेण्डर प्रक्रियामा नगएको स्थललाई गढवा गाउ“पालिकामार्फत उत्खननर निकासी गर्न दिने सहमति भएको छ। जिल्ला समन्वय समितिका अध्यक्ष जितेन्द्रमान नेपालीको अध्यक्षता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुको प्रमुख आतिथ्यता, गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादव, राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलगायतको उपस्थितिमा बैठक बसेको हो।

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले दीर्घकालीन रुपमा राप्ती नदीको प्राकृतिक स्रोत साधनको बाडफाडसग जोडिएको सीमा विवादको अन्त्य गर्न पालिकास्तरमा बृहत् छलफलको आवश्यकता रहेको बताउनुभयो। ‘सीमा विवाद आफैमा गम्भीर हो। तत्कालीनरुपमा दुई पालिकाको बीचमा बसेर छलफल भयो र निचोड निस्कियो। यो सहमति स्वागतयोग्य छ। यसैगरी विवाद भएको ठाउ“मा सहमति खोज्न जरुरी छ’– उहाले भन्नुभयो– ‘अदालतमा मुद्दा मामिला गरेर एउटाले जित्ने र अर्काले हार्ने वातावरण बनाउनु भन्दा आपसमा बसेर समाधान खोजिनु धेरै राम्रो हुनजान्छ।’

त्यस्तै राप्ती नदीको सीमा विवादलाई दीर्घकालीन रुपमा समाधान गर्न नदीको मध्यभागलाई आधार मानेर नीतिगतरुपमा समाधान खोजिनुपर्ने प्रदेश सभा सदस्य इन्द्रजीत थारुले बताउनुभयो। ‘७२१ मिटर राप्ती नदीको क्षेत्र हो भने यसको आधा–आधा मानेर प्राकृतिक स्रोतको बा“डफा“ड गर्ने गरी अघि बढ्दा सजिलो हुन्छ’– उहाले भन्नुभयो– ‘दीर्घकालीन समाधानका लागि यस प्रकारको नीति बनाउन जरुरी छ। यसमा हामी पहल लिन्छौं।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top