Free songs
Home / फिचर समाचार / दुर्घटनामा बाँचेका विद्यार्थीसँग सभामुख

दुर्घटनामा बाँचेका विद्यार्थीसँग सभामुख

युगबोध समाचारदाता

घोराही । स्थापनाको केही समयमै भीषण बस दुर्घटनामा अधिकांश सहपाठी गुमाएका सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका विद्यार्थीहरु आइतवार बिहान केही फरक मुद्रामा देखिए। कारण थियो– एकाबिहानै उनीहरुलाई भेट्न संघीय संसदका सभामुख कृष्णबहादुर महरा पुग्नुभएको थियो।

प्रयोगात्मक कक्षाका लागि कलेजबाट कपुरकोट गएका वन विज्ञानका विद्यार्थीहरु दुर्घटनामा पर्दा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएपछि केही समय कक्षा नै बन्द भयो। दुर्घटनाका घाइतेहरु निको भएर फर्केपछि पुनः अहिले कक्षा सञ्चालन भएको छ। दुर्घटनाबाट बचेका तिनै विद्यार्थी आजभोलि विस्तारै साथी गुमाएको अनि आफूहरु गम्भीर घाइते भएको पीडा भुल्दै अध्ययन गरिरहेका छन्। यिनै विद्यार्थीलाई भेट्न आइतवार बिहान सभामुख महरा पुगेपछि उनीहरुले फरक अनुभूति गर्न पाए।

घाइते अधिकांश विद्यार्थी लामो समय उपचार गराएर फर्केका छन्। रोल्पाका प्रकाश ओली झण्डै एक हप्तापछि मात्रै होशमा आएका थिए भने अन्य विद्यार्थीहरुले पनि बालबाल ज्यान जोगाएका हुन्। आफूहरु पीडा भुल्ने क्रममा रहेकोबेला राज्यकै उच्च अंग संघीय संसदका सभामुख आफूहरुलाई भेट्न कक्षा कोठामै आएको भन्दै विद्यार्थीहरुले खुशी व्यक्त गरे।

सभामुख महराले पनि दुर्घटनाले आफू निकै दुःखी भएको बताउ“दै अब पीडा र शोकलाई शक्तिमा बदल्न सहयोग पुगोस् भने भावना साट्न शिक्षालयमा आएको बताउनुभयो।

‘तपाइ“हरुको दुर्घटनापछि देश रोएको छ, हामी सबै रोएका छौं’– उहा“ले भन्नुभयो– ‘अब रोएर मात्रै हु“दैन, यति ठूलो दुर्घटनाबाट बा“चेका भाइबैनीहरु अरु विद्यार्थीभन्दा फरक हुनुहुन्छ र तपाइ‘“हरु पीडालाई शक्तिमा बदल्न अघि बढ्नुपर्छ।’

उहा“ले अब यो शिक्षालयले देशकै ध्यान तानेकाले यसले पनि देश निर्माण गर्ने सक्षम जनशक्ति विकास गर्नुपर्ने बताउनुभयो। आफूले निर्वाचन विकास क्षेत्रबाट १५ लाख बजेट छुट्याएको जानकारी दिंदै उहा“ले आगामी दिनमा पनि साथसाथमै रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले आफू विकास निर्माणको नेतृत्व गर्ने सरकारमा नभए पनि आफू दाङकै जनप्रतिनिधिको हैसियतले आफ्नो ठाउबाट सरकारलाई शिक्षालयको विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाले विद्यार्थीहरुस“ग केहीबेर छलफल पनि गर्नुभएको थियो। उहा विनाकुनै जानकारी पैदल यात्रा (मर्निङवाक) गर्दै शिक्षालय पुग्नुभएको थियो। सभामुख महराको निवास पनि घोराही–१७ स्थित शिक्षालयनजिकै रहेको छ।

अहिले यो शिक्षालयमा वन विज्ञानतर्फ दुर्घटनाबाट बचेका १४ जनाले अध्ययन गरिरहेका छन्। यसै शैक्षिक सत्रबाट सञ्चालनमा आएको यो शिक्षालयमा वन विज्ञानका साथै खाद्य प्रविधि पनि शुरु भइसकेको छ। १० वटा विषयमा छोटो अवधिका तालिम सञ्चालन भएका छन् भने होटल ब्यवस्थापन र आर्किटेक विषयको पढाइ चा“डै शुरु हुने शिक्षालयका प्रमुख यादव सुवेदीले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top