Free songs
Home / फिचर समाचार / घोराहीले मापदण्ड विपरीतका घर भत्काउने

घोराहीले मापदण्ड विपरीतका घर भत्काउने

 गोविन्द खड्का

घोराही। घोराही उपमहानगरपालिकाले मापदण्डविपरीतका केही घरहरु भत्काउन लागेको बताएको छ। केही दिनभित्र ती घरहरु भत्काउने तयारी गरिएकोे इञ्जिनियर रामधन श्रेष्ठले जानकारी दिनुभयो।

‘तपाइ‘“को वरपर रहेको मापदण्डविपरीतको कसैको घर भत्किन सक्छ’– इञ्जिनियर श्रेष्ठले सचेत बनाउ“दै भन्नुभयो– ‘नियम मिचाहा, अटेरीहरुका घर भत्काउ“छौं। उपमहानगरपालिका आक्रोशित छ।’ उहा“का अनुसार उपमहानगरपालिकाको अब संयम अपनाउने हद सकिएको छ, कानुनअनुसार कारवाही गर्छ।
स्थापनाकालदेखि नै घर नक्सापास कार्यक्रम लागुभएको घोराही बजारका केही व्यक्तिले उहिल्यै देखि नियम लत्याएको इञ्जिनियर श्रेष्ठको भनाइ थियो। उहा“का अनुसार ४० वर्ष अघिदेखि नै लागु भएको घरनक्सापासको नियम अहिले पनि आत्मसात नगर्नु अटेरीपन हो। सरकारी र संघ संस्थाका भवनहरुमा झन मनपरी छ। उपमहानगरपालिकाले मापदण्डविपरीत भनेर चिनो लगाएको कृषि सामग्रीको भवन निर्माण कार्य रोकिएन। सहिद गेट अगाडिको निर्माणाधीन घरमा डोजर लगायो। सरकारी भवनमा भने चिनो मात्रै लगाएर पछि हट्योे। नियम सबैलाई लाग्नुपर्छ भनेर नागरिकहरुले गुनासो गर्न थालेका छन्।

पहिल्यैदेखि नक्सापास गर्दै नगरेका, अलि–अलि गरेका र अहिले पूर्णरुपमा मापदण्डअनुसार घरनक्सा पास गरेका भवनहरुको विवरण संकलन थालेको इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो। उहाका अनुसार वडा तथा टोलहरुले त्यस्ता घरको विवरण उपमहानगरमा पठाउनुपर्नेछ। दुई महिनाभित्र घरको तथ्यांक संकलन गरेर कार्यान्वयनको चरणलाई कडा पारिनेछ। अबदेखि बन्ने मापदण्ड विपरीतका कुनै पनि घर, पर्खाल, टहरालगायतका भौतिक संरचना उपमहानगरपालिकाले भत्काउनेछ। उपमहानगरले आफैले देखेन भने पनि त्यसको लागि टोल विकास संस्थाले आधिकारिक पत्र वा नचिनेको व्यक्तिले बेनामी उजुरी गर्न सक्ने उहा“ले बताउनुभयोे। उहाले भन्नुभयो– ‘उपमहानगरले सूचना पाएको आधारमा तत्कालै भत्काउने छ।’

मापदण्ड अनुसार बनेका घर भूकम्प आउ“दा ढले पनि बढीमा २० प्रतिशतसम्म असुरक्षित हुने श्रेष्ठको भनाइ छ। उहाका अनुसार मानवीय क्ष ति असाध्यै न्यून हुन्छ। धेरैमा शतप्रतिशत सुरक्षित हुन्छन्। त्यस्ता घर भत्किए पनि मान्छे मर्दै मर्दैनन्। पर्खालका ठूला–ठूला फक्ल्याटा हुने भएकाले लुक्ने ठाउ“ प्रशस्त हुन्छ। त्यसमै लुकेर ज्यान जोगाउन सक्छ। ढलेर भुइ“मा लम्पसार हुन्न वारिपारि जता पनि अड्किन सक्छ। मापदण्ड विपरीतका घर माटोको थुप्रो जसरी फिंजिन्छ। भित्र रहेको मानव, पशु चौपाया तथा धनमाल सबै पुर्छ। बचाउन सक्ने कुनै पनि उपाय हु“दैन। थुप्रो खोतल्दा खोतल्दै प्राण गइसक्छ। उहाका अनुसार पूर्ण क्षतिबाट जोगाउन मापदण्ड अनुसारको घर बनाउनुपर्छ। नागरिकको सुरक्षाको लागि घोराही उपमहानगरपालिकाले नक्सापासमा कडाइ गरेको छ।

नक्सापास गरेका घरमा तीनदेखि सात प्रतिशत बढी खर्च लाग्ने र एक सय प्रतिशत सुरक्षित हुने इञ्जिनियर श्रेष्ठको भनाइ छ। घर नक्सा पास गरेपछि खर्च धेरै लाग्छ भनेर केहीले अफवाह फैलाएको उहा“ले जानकारी दिनुभयो। उहा“का अनुसार दुई मिटर चार मिटरका बाटोमा घर बनाउनुपर्ने समस्या देखिएको छ। त्यसैगरी ढुंगा र माटोका घरहरु पनि छन्। कच्ची माटोले जोडाइ गरेका घर छन्। सुकुम्वासी समस्या पनि छ। सबै समस्या हल गर्न कार्ययोजना बनाएर अघि बढेको उहा“ले जानकारी दिनुभयो। उहा“ले घोराही–१४ का अगुवाहरुलाई नक्सापास सम्बन्धी प्रशिक्षण दिने क्रममा आइतवार उक्त कुरा बताउनुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top