Free songs
Home / विचार / गोरखा स्कूलको अनुकरणीय अभिभावक कक्षा

गोरखा स्कूलको अनुकरणीय अभिभावक कक्षा

गोविन्द खड्का

परीक्षा दिन पस्नेहरुको जस्तै रहर र उत्सुकता गत फागुन २४ गते घोराहीको पतञ्जली हलभित्र छिर्नेहरुमा देखिन्थ्यो। त्यो लहरमा विद्यार्थी होइन गोरखा पब्लिक इन्टरनेशनल स्कूल घोराहीमा अध्ययनरत बच्चाका अभिभावकहरु थिए।

मञ्चमा उभियो नै सबैलाई झर्लक्क देख्न सकिने, प्रतिध्वनि नआउने, बीचमा कुनै अवरोध नभएको भब्य पतञ्जलीको हल अभिभावकले भरिएको थियो। तपाइ“ले मलाई पूरै सुन्नुभयो भने बच्चालाई सुधार्न सक्नुहुनेछ। आधा मात्रै सुन्नुभयो भने अन्योलमा पर्नुहुनेछ, सुन्दै सुन्नुभएन भने आएको व्यर्थ हुनेछ भनेर प्रमुख प्रशिक्षक मनोविज्ञ डा. सुशील क“डेलले ध्यान खिच्नुभयो।

यो शुरुवात हो, धेरै समस्या भएकालाई व्यक्तिगत रुपमा चिट्ठी लेखेरै विद्यालयमा बोलाउने छौं। बच्चाको समस्या थाहा भएपछि उसस“ग छलफल गर्न शिक्षकहरुलाई पनि सजिलो हुनेछ। शिक्षकलाई पनि कस्तो स्वभावको बच्चास“ग कुन व्यवहार गर्ने भनेर तालिम दिनेछौं भनेर गोरखा ग्रुपका प्रमुख कार्यकारी निर्देशक नवलसिंह जीएमले उद्देश्य प्रष्ट पार्नुभयोे।

एक दिनमा २९ सय बच्चालाई हेर्न भ्याएको अनुभूतिसहित प्रशिक्षकले आफ्नो कक्षा शुरु गर्नुभयो। जन्मिदा कोही बच्चा कोही जस्तो हु“दैन। त“ फलानो जस्तो भइनस् भनेर दबाब दिने काम कहिल्यै नगर्नुहोला। ऊ जे हो त्यही बन्ने वातावरण बनाइदिनुहोला। इच्छा बेगरेकोे दबाबले अल्छी बनाउ“छ । हातमा पसिना आउ“छ। यसरी डा. क“डेलले आफ्ना कुरा राख्नुभयो।

उहा“ले थप्दै जानुभयो– बच्चाको चिन्ता हरबखत गर्ने, आफ्नो चिन्ता नगर्ने, आफूले गल्ती गरेको स्वीकार कहिल्यै नगर्ने बरु दोष उसैमा थुपार्न खोज्ने चलन छ। मेरो बच्चाले सोचेजस्तो पढेन, जानेन, फलानोको जस्तो नम्बर ल्याएन यस्तै–यस्तै कुराले अभिभावक बोझिला हुन्छन्। त्यसको असरले विद्यालयमा गएर वा पुस्तक फिंजेर बस्ने तर नबुझ्ने समस्या आउ“छ। बच्चाको साथी बनेर उसस“ग दिनमा न्यूनतम २० मिनेट बिताउने समय कसैस“ग छैन। त्यसले गर्दा बच्चाको अन्तरंग कुरा थाहै हु“दैन। उसको वास्तविक समस्या र चाहना अभिभावकले बुझेकै छैन। यसरी डाक्टरले भनिरह“दा झनै ध्यानले सुने।

घरको खाना खान मन नगर्ने समस्या छ, हो ? डा. क“डेलले प्रश्न गर्नुभयो– सिंगै हलले एक स्वरमा हो, भनेर जवाफ दियो। हामी सबैले बच्चालाई टिफिन पैसा दिने गरेका छौं हो ? त्यसमा पनि हो भनेर हा“स्दै सहमति जनायो। अनि त“ आउनेहोस् कि म त्यहीं आउ“ भनेर थर्काउनुहुन्छ ? झन् हा हा हा हो हो गर्दै लगभग उपस्थित जति सबैले हा“सेर सहमति जनाए। पैसा खर्च गर्न प्रेरित नगर्नुस्। घरकै खाना बनाएर टिफिन दिनुस्। तपाई फेसबुक, सिरियल अन्य काममा व्यस्त हुने अल्छी लागेको छ पैसा लैजा भनेर बिगार्नुभएको छ। घरको खाना लैजाने अनिवार्य गर्नुस्। यसरी डा. कडेलले सुझावमूलक मन्तव्य राख्नुभयो।

बच्चालाई दबाब दिएर आफू प्रेसरमा नपर्नुस्। उसलाई स्कूलले दिएको होमवर्कको प्रेसर भारी भएको हुन्छ, तपाइ“ होमवर्क गर, पढ भनेर थप्नुहुन्छ। त्यो भारीले आफू के बन्ने भन्ने भनी सोच्ने मौकै पाउ“दैन। यसो भनिरह“दा डाक्टरले धेरैलाई गल्ती गरेको महसुस गराउनुभयो। हल शान्त बन्यो। आफू तनावमा रहेपछि बच्चा त्यसै तर्सिन्छ। चुकुल लगाएर लुक्छ। एकान्तमा साथीहरुस“ग कुलतमा लाग्न रमाउ‘“छ। ध्यान पुस्तकमा हु“दैन, फिज्ने मात्रै हो।

एउटा चीजमा धेरै समय ध्यान दिएर बस्न नसक्ने, चाहिने भन्दा बढी चकचके अस्थिर स्वभावको बच्चा छ ? उहा“ले सोध्नुभयो– त्यस्तो बच्चाले आफ्ना कुरा बताउन नसक्ने, झिंजिने, स्थीर भएर बस्न नजान्ने, शरीर पाटे अल्छी हुने तर दिमाग सामान्य भन्दा ८७ प्रतिशत बढी चल्ने हुन्छ। शौचालय बाथरुममा धेरै बेर बितायो भने पनि समस्या आयो भन्ने अनुमान गर्नुस्। क“डेलले यसरी भनि रह“दा मेरै बच्चालाई भन्नुभयो जस्तै धेरैलाई महसुस गराउनुभयो। बच्चाको बानी व्यहोराका बारेमा धेरैले घोत्लिएको हुनुपर्छ, निकै गम्भीर थिए।

त्यसपछि केहीबेर प्रश्न उत्तरको खुला सत्र शुरु भयो। अधिकांश आमाहरुले बच्चाको चिन्ता गर्दै प्रश्न गर्नुभयो। एकजना आमाले उठेर भन्नुभयो– सधंै डिफरेन्ट चिज बनाएर राखिदिन्छु टिफिन लिन आउनै मान्दैन। जति मिठो भए पनि लिन आउ“दै आउ“दैन के भा को होला ? पढ भन्छौं पढ्दैन जिद्दी गर्छ।

त्यसको जवाफमा डाक्टरले टाउको जोडेर सबै आमाले सल्लाह गर्नुस् भोलिबाट कसैले पनि टिफिनमा पैसा नदिने। तपाइ“लाई सिरियल, फेसबुकले समात्छ अल्छी लाग्छ। अनि पैसा दिएर पठाउन सजिलो मान्नुहुन्छ। अर्को खतरनाक बानी इष्र्या गर्नेछ। त्यसले २० लगेको छ म ३० रुपैया“ दिन्छु भनेर प्रतिस्पर्धा गर्नुहुन्छ। एक अर्काबीच समन्वय हु‘“दै हुन्न, यसले सबैलाई बिगारेको छ। छोरीका अगाडि लिपिष्टक र क्रीम नलगाउनुस्। छोरीहरुलाई हिल नदिनुस्। त्यो एउटा अग्लो अर्को होचो हुन्छ । सद्दे मान्छेलाई पनि बांगो देखाउ“छ।

समस्याहरु थपिदै गए। बिहान ७ देखि ९ र सा“झ ७ देखि १० बजेसम्म टाइमटेबल बनाएको छ। त्यही पनि पढाइमा ध्यान दिएको जस्तो लाग्दैन। किताव पल्टाउने, लेख्ने तर ध्यान नहुने कारण के होला ? मेरो बच्चा सातमा पढ्छ । टाइममा उठ्दै उठ्दैन, उठाउनैपर्छ, उठे पनि पढ्दैन। मेरी  नातिनी नास्ता खा“दा खा“दै पनि टिभी हेर्छे। टिभीमा बहुतै आदत भयो। होमवर्क पनि टिभी हेर्दै गर्छे, कसरी हटाउने ? यो सुनेर पुरै हलका सहभागी हा“से। मेरो छोरा बिहान तीन बजे उठ्छ, टिउसन पढ्न जान्छ। घरमा हु“दा किताव फिंज्छ । पढ्न मन पटकै गर्र्दैन। पढ्ने चिन्ता लाग्छ भन्छ, पढ्दैन। तर सा“झ बाबुले पढाउन लाग्दा पटकै मुन्टो फर्कान्न। मेरो बच्चा आठमा पढ्छ पढ भन्दा हा“स्छ जे भन्दा पनि हॉ“स्छ। पढ्दै पढ्दैन। डिप्रेसन हो कि ? मेरो छोरा सातमा पढ्छ टियुसन पढिरहन्छ, कमजोर छ। माक्र्स राम्रो आउ“दैन। यसरी अभिभावकले बोलिरह“दा एकजना शिक्षकले थप्नुभयो, जुन विद्यार्थी वर्षभरि ट्यूसन पढ्छ खर्च पनि उसको बढी हुन्छ र नम्बर पनि कम ल्याउ“छ। म ट्यूसन बिरोधी हु“। हलभरिका मान्छेलाई मन परेछ गललल हासे।

त्यसपछि डाक्टरको जवाफ दिने पालो थियो। यति फलफूल खानैपर्छ भनेर धेरै दिए तपाइ“ के गर्नुहुन्छ ? सकेको खानुहुन्छ टन्न भएपछि छोडेर भाग्नुहुन्छ। त्यही हो। बिहानै ट्यूसनदेखि रातिसम्म स्कूलमा व्यस्त हुन्छ। घरमा पुगेपछि होमवर्क गर भनेर उसलाई बोझ थपिदिनुहुन्छ। यति जवाफ दिनेबित्तिकै धेरैका जिज्ञासा सामसुम भए। बच्चाको जिन्दगी बिगार्नु भन्दा आ“खामा पा“च मिनेट आ“सु बग्न दिनुस्। मोबाइल दिदै नदिनुस्। टिभी बन्द गरिदिनुस्। मोबाइल, टिभी, ल्यापटप उसका लागि बनेका हु“दै होइनन्। तिनले १२ नपढेसम्म काम छैन। स्कूलले सबैलाई बराबर पढाएको हो। बरु उनीहरुले कति बुझे, घरको वातावरण म्यानेज गर्नुस्। पढेको पढ्यै, लेखेको लेख्यै गरेर एकैदिनमा पिएचडी गर्ने हो ? किताव समातेर बस्नु वेष्ट अफ टाइम हो। किचेनमा बोलाउनुस्, काम गर्न लगाउनुस्। आइज बाबु÷नानी भन्नुस्, जा बाबु पढ । म खाना बनाउ“छु कहिल्यै नभन्नुस्।

जन्मिदा अप्रेसन गरेर अस्पतालमा धेरै रोएको बच्चा स्वभावैले नर्मल डेलिभरीको भन्दा तेजिलो हुन्छ। क्षमतावान हुन्छ। जति जोडले रुन्छ त्यति फोक्सोको सबै भाग फुलिन्छ। स्वासलाई पम्प गर्छ र दिमागसम्म पुग्छ। त्यसले तीक्ष्ण दिमागको बनाउ“छ भनेर डाक्टरले कारण दिनुभयो। त्यसबाहेक बाबु आमाको उचित माया। बच्चाले घरमा पाउने साथीसंगी जस्तैको व्यवहार। उसलाई समाजमा घुलमिल बनाउने। खुला ठाउ‘“मा सबैले देख्ने गरी बस्न र पढ्न लगाउने। एक्लै कोठामा बसेर गलत अभ्यास गर्न नदिने।

शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुन्छ भनेपछि भूमिका धेरैलाई थाहा थिएन। गोरखाले सबैको भूमिका किटान गरेको छ। नया“ अभ्यास थालेको छ। जसलाई अभिभावकले रुचाएका छन्। सबै विद्यालयमा यस्तै कार्यक्रम गर्नुहोला भनेर सुझाव दिनेहरु धेरै थिए। गम्भीर देखिने त्यति बोल्न नरुचाउने प्रमुख कार्यकारी निर्देशक नवल जीएमको मिसन भिजन शिक्षा क्षेत्रमा निकै आक्रामक देखिएको छ। त्यसै विद्यालयका शिक्षक वसन्त पुन लागूऔषधविरुद्धको अभियानमा सक्रिय रहेर पनि विद्यालयकै प्रचार भएको छ। विभिन्न क्षेत्रका विज्ञहरुको सम्पर्क सम्बन्ध विकसित भएको छ। प्रिन्सिपल मानसिंह जीएमको मिलनसार र समन्वयकारी भूमिकाका कारण पहिलो पटक यो अभिभावक कक्षा सफल हुनसक्यो भने मेरो बुझाई रहेको छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top