Free songs
Home / विचार / गिद्ध संरक्षणमा नेपाल सरकार र सरोकारवालाको भूमिका

गिद्ध संरक्षणमा नेपाल सरकार र सरोकारवालाको भूमिका

डिल्लीबहादुर रावत

काम नगर्ने मानिसहरुले संरक्षणका कामहरुलाई हलुका ढंगले सोच्ने गर्दछन्। संरक्षणका कामहरु आफैमा कठिन हुन्छन् । त्यसमा पनि गिद्धको संरक्षण अभियान सञ्चालन गर्नु आफैमा कठिन र चुनौतीपूर्ण छ। अझ त्यसमा पनि विभिन्न क्षेत्रबाट चुनौतीहरु खडा हुदा झन भन्दा झन समस्याहरु आइपर्दा रहेछन्। ती समस्याहरुस“ग दृढ भएर जुट्न नसक्ने हो भने सम्पूर्ण लगानी (आर्थिक, भौतिक र बौद्धिक) खेर जाने सिवाय उपलव्धि केही हु“दैन। विचारमा होस् वा पैसामा, काममा होस् वा सोचमा परतन्त्रमा भर पर्ने हामी नेपालीहरु आफ्नै सोच र लगानीमा काम गर्न झन कठिनाइ हुने नै भयो। कुरो हो प्रकृतिको निःशुल्क कुचीकार गिद्धको संरक्षण गर्ने। नेपाल सरकारले पहिलो पटक गिद्ध संरक्षणको लागि पञ्चवर्षीय कार्ययोजना बनाएपछि सरकारको कार्ययोजनालाई सफल पार्न जनस्तरबाट गिद्ध संरक्षण गर्ने अभियानको शुरुवात भयो। समुदायस्तरबाट पनि संरक्षणको कठिन काम गर्न सकिन्छ भनेर पहिलो पटक नवलपरासीमा नेपाल पन्क्षी संरक्षण संघको पहल र ग्ल्म्एरन्भ्ँरक्न्ए को आर्थिक सहयोगमा स्थानीय समुदायले गिद्ध रेष्टुरेण्ट बनाए। त्यसको सफलतापछि अहिले देशभरि सात वटा गिद्ध रेष्टुरेण्ट बनिसकेका छन्। यो नेपाली सोच र विचारले सबैलाई चकित पारिदियो। यसैबाट सिक्दै अहिले भारत पाकिस्तानलगायत एशियाका सबै देशमा गिद्ध रेष्टुरेण्ट खुल्ने क्रम शुरु हु“दैछ भने नेपाल सरकारले पुनः दोस्रो गिद्ध संरक्षण पञ्चवर्षीय कार्य योजना पास गरिसकेको छ।

गिद्ध ठूलो प्रजातिका पन्क्षीहरुमध्ये एउटा हो। विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन भने दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाइन्छन्। हाम्रो नेपालमा पनि पछिल्लो समयमा लामो ठ“ुडे गिद्ध देखा परेपछि नौ प्रजातिका गिद्ध देखिन थालिसकेका छन्। गिद्धले न खाद्यबाली खान्छ न त फलफूल नै। यसले आफै शिकार गरेर जिउ“दो प्राणीलाई मारेर खा“दैन। खान्छ त केवल मरेको सिनो र फालेको मासुजन्य फोहर मात्र। यसले मरेको सिनो खाएर रोग फैलिनबाट बचाउ“छ। त्यसैले यसलाई प्रकृतिको निःशुल्क कुचीकार भन्ने गरिन्छ। यति मात्रै होइन, यो मानव उपयोगी र मानवमैत्री पन्क्षी पनि हो। मानिसको सुस्वास्थ्य एवं स्वच्छ धर्ती बनाइराख्नको लागि प्रकृतिले गिद्धको सृष्टि गरिदिएको हुनुपर्दछ। गिद्ध तीब्ररुपमा लोप हु“दै जान थाले। अझ केही प्रजाति त नेपालमा ९५ प्रतिशतभन्दा बढी दरले लोप हुनथाले। यो मानव उपयोगी पन्क्षीले वर्षमा एउटा मात्र बच्चा जन्माउ“छ। यसले खोर बनाउ“दा देखि हुर्काउ“दासम्म आठदेखि नौं महिना समय लाग्छ। यो दौरान भाले वा पोथीमा कोही म¥यो भने बच्चा संकटमा पर्दछ। यसरी एउटा गिद्ध प्रकृतिमा आउ“दासम्म धेरै कठिनाइसंग जुध्नुपर्दछ। यति मात्रै होइन प्रकृतिमा आएपछि मानव अज्ञानताका कारण बा“च्नै नसक्ने अवस्थामा पुग्यो।

गिद्ध समूहमा बस्ने, समूहमा खाने एउटा मिलनसार पन्क्षी हो। यसले मरेको सिनो मात्र खाने भएकोले सानो भन्दा सानो सिनो खान पनि धेरै संख्यामा एकैचोटि आउने गर्दछन्। त्यसैले एउटा सिनो विषाक्त हुन गयो भने एकैचोटि धेरै गिद्धको एउटै चिहान हुन पुग्छ। यसरी अरु कुनै पनि वन्य जन्तुहरुले सामूहिक आहारा खा“दैनन्। अझ मांसाहारी वन्यजन्तुहरु आफै शिकार गर्दछन् । मरेको सिनो पनि सामूहिक रुपमा प्रयोग गर्दैनन्। त्यसैले उनीहरु तीब्र रुपमा लोप हु“दैनन्। तर गिद्धले सामूहिकरुपमा सिनो खाने भएकाले सामूहिक मृत्यु हुने गर्दा तीब्ररुपमा लोप हुन पुगेका हुन्। त्यसैले प्रकृतिको निःशुल्क कुचीकार गिद्धको संरक्षण गर्नुपरेको हो। मानव उपयोगी पन्क्षीको संरक्षणमा राज्यदेखि आमजनतासम्म जुट्नुपर्ने समय भइसकेको छ। हाम्रा भावी पुस्तालाई प्रकृतिले मानिसलाई दिएको अनुपम उपहार हस्तान्तरण गर्न सक्यांै भने मात्र हामी सचेत मानिस भएको सार हुनेछ। अन्यथा अज्ञानी र अदूरदर्शी भनेर भावी पुस्ताले सरापिरहने छन्। दक्षिण एशियामा गिद्ध तीब्र रुपमा विनाश हुनुको मुख्य कारण पशु बिमारी ह“ुदा दुखाइ कम गर्न प्रयोग गरिने डाइक्लोफेनक नामक औषधि नै हो। यो प्रयोग गरिएको पशु मर्न पुग्यो र गिद्धले खाए भने किड्नी तुरुन्त खराब भएर सबै गिद्धको एउटै चिहान हुन पुग्छ। बाहेक अवैज्ञानिक ढङ्गले तानिएका विद्युतका तार अनि विषादी प्रयोग गरी मारिएको जनावर वा मरेको सिनोमा विषादी प्रयोग गर्ने व्यवहारका कारणले पनि गिद्ध लोप हुदै गइरहेका छन्। डाइक्लोफेनक उत्पादन, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि लुकिछिपी मानिसमा प्रयोग गरिने डाइक्लोफेनक पशुमा प्रयोग गरेको सुन्नमा आइरहन्छ।

हाम्रो धर्ती गिद्धको निम्ति असुरक्षित भएपछि सामुदायिक नेतृत्वमा नवलपरासीको पिठौलीमा गिद्ध रेष्टुरेण्ट खोलियो। त्यहा“ बुढा गाईगोरुलाई पालेर राख्न वृद्धाश्रम बनाइयो। त्यहा“ राखेका गाई–गोरुहरु कालगतिले मरेपछि तिनको छाला निकालेर निश्चित स्थानमा राखिन्छ। यसरी निश्चित स्थानमा सिनो राखेपछि गिद्धहरु त्यही सिनो कुरेर बस्ने र खाने गर्न थाले। जसले गर्दा उनीहरुलाई आहाराको निम्ति अन्त नजानुपर्ने भयो। त्यसपछि पूर्व कोशीदेखि पश्चिम कैलालीसम्म गरी सातवटा गिद्ध रेष्टुरेण्ट खुल्न पुगे। नेपाल सरकारको पहलमा चितवनको कसरामा गिद्ध प्रजनन् केन्द्र खोलिएको छ। अहिले गिद्धको विनाश दरमा कमी आएको पुष्टि भएको छ। नेपालको पूर्व भन्दा पश्चिममा गिद्धको संख्या धेरै छ। अझै पनि गिद्धको निम्ति हाम्रो प्रकृति असुरक्षित छ। त्यसैले गिद्ध रेष्टुरेण्टको आवश्यकता अझै पनि सान्दर्भिक छ। गिद्ध रेष्टुरेण्टको पूर्वाधार विकास र व्यवस्थापनको निम्ति नेपाल पन्क्षी संरक्षण संघ ९द्यऋल्० ले आर्थिक एवं प्राविधिक सहयोग गरेको हो । तर दाङको स्यालापानीमा रहेको गिद्ध रेष्टुरेण्टको पूर्वाधार विकासमा तत्कालीन जिविस, घोराही नगरपालिका, तुलसीपुर नगरपालिका, बिजौरी र मानपुर गाविसको ठूलो भूमिका छ। यस्तैगरी दाङको विजौरी र पोखराको घाचोकमा रहेको गिद्ध रेष्टुरेण्ट बाहेक अरु पा“चवटा रेष्टुरेण्टमा ताल भन्ने संस्थाले पनि सहयोग गर्दै आएको थियो।
नेपालका गिद्ध रेष्टुरेण्ट व्यवस्थापनमा सहयोगी संस्थाहरुले पुनः सहयोग नगर्ने हो भने बन्द हुने अवस्थामा पुग्नेछन्। यही अवस्थालाई मध्यनजर गरेर यो स्तम्भकार गिद्ध संरक्षण राष्ट्रिय सञ्जालको अध्यक्षको हैसियतले नेपालका प्रत्येक रेष्टुरेण्टलाई वार्षिक एक लाख ५० हजारका दरले व्यवस्थापन खर्च दिनुप¥यो भनेर प्रस्ताव सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय सभामुख कृष्ण बहादुर महरा, माननीय वनमन्त्री शक्तिबहादुर बस्नेतलाई दिएको छ।

यो स्तम्भ तयार पार्दसम्म आश्वासनबाहेक अरु केही पाएको छैन । सरकारले यति सानो बजेट पनि छुट्याउन गाह्रो मानिरहेको छ। जब कि सरकारका लागि वार्षिक १०–१२ लाख केही होइन। तसर्थ राज्यले नै जिम्मा लियो भने रेष्टुरेण्टको दिगोपन हुने थियो भने लोप भइसक्न लागेको प्रकृतिको निःशुल्क कुचीकार गिद्धको संरक्षण हुने थियो। यस्तै गरी राष्ट्रिय जनावर हिन्दूहरुको आस्थाको प्रतीक गाई, गोरु तस्करी रोकिने थियो। जसले गर्दा गौ हत्यामा कमी आउने थियो। नेपालमा बृद्ध पशुआश्रमलाई गौपालनको रुपमा विकास गर्न सक्ने हो भने छाडा प्रथाबाट किसानले राहत पाउने थिए ।  गौ तस्कर गर्ने काम बन्द हुने थियो । यो नै समयको आवश्यकता र पर्यावरण संरक्षणको लागि महत्वपूर्ण योगदान हुनेछ।

लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्जमा एकै ठाउमा २८ वटा गिद्धका गुडहरु छन्। यस्तो नेपालभरि कहीं छैन। तर त्यहा गुड भएका रुखहरु वर्षेनि सुकाउने प्रथा बढ्दै गएकोले पर्यावरणीय दिगो विकासले गत माघ १९ गते कप्तानगञ्जमा एउटा गोष्ठी राखेको थियो भने फागुन २६ गते कप्तानगञ्जमा भएको वासस्थान र गु“ड कसरी संरक्षण गर्न सकिन्छ र पर्यटकीय क्षेत्र कसरी बनाउन सकिन्छ भनेर लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा सरोकारवालाहरु बीच छलफल भई विभिन्न निर्णयहरु गरेको छ। सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने अवश्य नै सफलता पाइनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top