Free songs
Home / फिचर समाचार / कर्णालीमा सुरक्षा चुनौती विप्लव ः डिआईजी शाह

कर्णालीमा सुरक्षा चुनौती विप्लव ः डिआईजी शाह

 

बुद्धि पुन

सल्यान  कर्णाली प्रदेशका प्रहरी प्रमुख तथा डिआईजी महेशविक्रम शाहले कर्णाली प्रदेशको पहिलो सुरक्षा चुनौती विप्लव समूह भएको बताउनुभएको छ।

चन्दा आतंक र आपराधिक क्रियाकलापमा सक्रिय विप्लव समूह नै सुरक्षाको प्रमुख चुनौती भएको उहाले बताउनुभयोे। कर्णालीमा महिला हिंसा, लागूऔषध चुनौतीको रुपमा भए पनि पछिल्लो समय विप्लव समूह मुख्य चुनौतीको रुपमा रहेको उहा“ले बताउनुभयो।

सुरक्षाकर्मीलाई आवश्यक निर्देशन गर्नुका साथै वर्तमान सुरक्षाको अवस्थाका बारेमा जनप्रतिनिधिहरुस“ग छलफल गर्न सल्यान आउनुभएका उहा“ले आइतवार खलंगामा पत्रकार भेटघाटका क्रममा यस्तो बताउनुभएको हो। ‘सरकारले नै घोषणा गरिसक्यो, उनीहरुको यो आपराधिक समूह हो’– उहा“ले भन्नुभयो– ‘हामी उनीहरुलाई जहा“ भेट्यो, त्यहीं पक्रन्छौं र कारवाही गर्छौं।’

शाहले विप्लव समूहले जनप्रतिनिधिहरुलाई धम्क्याउ“दै चन्दा माग्ने गरेको गुनासो आफूस“ग गरेको बताउनुभयो। उहा“ले चन्दा माग्दैमा, फोनमा धम्काउ“दैमा नडराउन जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो। ‘चन्दा माग्दैमा, फोनमा धम्क्याउदैमा डराउनुपर्ने केही छैन, तपाइ“हरु जनताले जिताएका जनप्रतिनिधि हो, स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी तपाइहरुको का“धमा छ’–उहाले भन्नुभयो।

विप्लव समूहले आफ्नो स्वार्थपूर्तिका लागि दुई वटा चरित्र देखाएकाले सरकारले प्रतिबन्ध लगाइसकेको उहा“ले बताउनुभयो। ‘विप्लवले बम बिष्फोट गराउने, जनतालाई तर्साउने, जनप्रतिनिधिस“ग चन्दा माग्ने एकातिर गरिरहेको छ, अर्कोतिर सांस्कृतिक कार्यक्रम गर्ने, जनतालाई भेला गर्ने काम गरिरहेको छ’– उहा“ले भन्नुभयो– ‘यो विप्लवका दुईवटा चरित्र हुन्।’

उहा“ले विप्लवका नाममा कुनै कार्यक्रम कसैले गरेमा त्यहींबाटै पक्राउ गरिने बताउनुभयो। उहॉ“ले आपराधिक गतिविधि रोक्न सबै सुरक्षा निकायहरुलाई संयुक्तरुपमा परिचालन गर्ने र गाउ–गाउमा गएर स्थानीय नागरिकका समस्याहरु बुझ्ने बताउनुभयो। उहा“ले नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सुरक्षा निकाय तयार रहेको बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top