Free songs
Home / फिचर समाचार / एउटै कक्षामा पाँच निरीक्षक !

एउटै कक्षामा पाँच निरीक्षक !

ओपेन्द्र बस्नेत

तुलसीपुर। सामान्यतया एउटा कक्षामा कतिजना निरीक्षक हुन्छन् ? जतिसुकै ठूलो स्तरको भए पनि एक या दुईजना। तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षामा पा“चजना निरीक्षक एकै कोठामा निरीक्षण गरिरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ। विद्यार्थीमा रहेको परीक्षाको त्रास हटाउन, अनियमितता नगर्न र उनीहरुलाई आवश्यक सामग्री उपलब्ध गराउनका लागि व्यवस्था गरिएका निरीक्षकहरु एकै कोठामा पा“चजना हु“दा विद्यार्थीलाई कस्तो असर पर्ला ? सहजै अनुमान लगाउन सकिन्छ।

परीक्षा चलिरहेका बेला परीक्षा हलभित्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा, सदस्य दीपक कुमाल, नेपाल शिक्षक महासंघका प्रदेश सचिव भागवत पौडेललगायतका व्यक्तिहरु तस्विरमा रहेको देखिन्छ। विद्यार्थीहरुलाई अनुगमनका लागि गएका उनीहरुले पोज दिएर फोटो खिचेको
देखिन्छ। ‘परीक्षाको अनुगमन गरेको हो कि फोटो सेसन गरेको हो बुझ्न सकिएन’– एक अभिभावकले भने।

कक्षामा आएर फेसबुकमा राख्नका लागि तस्विर खिच्दा आपूmहरुलाई लेख्न असर गर्ने गरेको एक विद्यार्थीले बताए। ‘कक्षा कोठामा आएर कस्तरी राम्रो फोटो आउ“छ भनेर पोज मिलाई–मिलाई फोटो खिच्नुहुन्छ अनि अप्ठेरो भइहाल्छ नि’– उनले थपे। विद्यार्थीहरुलाई शान्त वातावरणमा परीक्षामा समावेश गर्नुको साटो उनीहरुलाई मानसिक दबाब दिने गरेको पाइएको छ। शिक्षा समितिले बनाएको अनुगमन समितिका सदस्यहरुको जथाभावी तस्विर मोहका कारण विद्यार्थीहरुलाई परीक्षामा अवरोध भएपछि अहिले सामाजिक सञ्जालमा यसको विरोध हुन थालेको छ।

विद्यार्थीहरुलाई कक्षा कोठामा मोबाइल लैजान नपाइने भन्ने अनि आफैले लगेर फोटो खिच्नुले विद्यार्थीमा मानसिक असर पर्ने पूर्वप्रधानाध्यापक माधवप्रसाद लामिछानेले बताउनुभयो। लामो समय केन्द्राध्यक्षको अनुभव स“गाल्नुभएकालामिछानेले विद्यार्थीलाई उपयुक्त वातावरण मिलाइदिनुपर्नेले आफै वातावरण बिगार्न नहुने तर्क गर्नुहुन्छ।

कार्यविधि मिचेर अनुगमन समिति
तुलसीपुर उप–महानगरपालिकाले आधारभूत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७४ ले तोकेका नभएर बाहिरी क्षेत्रका व्यक्तिसमेत अनुगमन समितिमा रहेका छन्।

‘भत्ताको लोभमा जथाभावी अनुगमनमा गएको देखिन्छ, यसरी कार्यविधि नै मिच्न कहा पाइन्छ ?’– तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले भन्नुभयो। कार्यविधिले सामाजिक विकास समितिका संयोजकलाई अनुगमन समितिको सदस्य तोकेको भए पनि आफूलाई जानकारी नदिएको संयोजक तथा १० नम्बर वडाध्यक्ष कुमार लामिछानेले बताउनुभयो। औपचारिकरुपमा आपूmलाई कुनै जानकारी नआएको उहा“ले बताउनुभयो। उहॉ“ले मनपरी हिसावले अनुगमन गरेको र तोकिएका व्यक्तिहरुलाई वास्ता नगरिएको गुनासो गर्नुभयो।

परीक्षामा समस्या परेको विद्यार्थीको गुनासो

अनुगमनकर्ताले भत्तासहितको आफ्नो घुम्ने पालो पु¥याएर दायित्व पूरा गरे पनि परीक्षार्थी र अभिभावकले यसलाई उत्ताउलोपन भनेका छन्। नर्सरीदेखि कक्षा आठसम्मको दौरानमा कहिल्यै अनुहार नदेखेका मान्छेहरु घरीघरी परीक्षा चलिरहेका बेला कोठाभित्र पस्दा परीक्षार्थीलाई डिस्टर्व भएको बताए। एकोहोरोरुपमा परीक्षामा बसेर विषय अनुसारको उत्तरपुस्तिकामा उत्तर लेखिरहेका बेला अनुगमनका नाममा गएका नचिनेका मान्छेहरुले सोधपुछ गर्ने, उठाउने, खानतलासी गर्नेलगायतका कामले परीक्षालाई अमर्यादित बनाएको विद्यार्थीहरुले आरोप लगाएका छन्। विशिष्ट व्यक्ति भन्नेहरु हुल बा“धेर जाने गरेको उनीहरुले बताए।

‘परीक्षा दिइरहेका हुन्छौं एकदमै ठूलो मान्छे बनेर आएका अनुगमनकर्ताहरु के छ नानी यहा भनेर कापी पल्टाउने, प्रवेशपत्र हेर्ने र अलमल्याउने गर्छन्’– गुरुजजुर माविमा परीक्षा दिएर फर्किदै गरेकी एक छात्राले भनिन्। निरीक्षकले कक्षामा हेर्ने मात्रै तर बोल्न नहुने तर्क राख्नुहुन्छ विद्यालय निरीक्षक मुकुन्द रिजाल। नया अनुहार देख्दा विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुने भएकाले सकभर झ्याल या ढोकाबाट मात्रै हेर्नुपर्ने रिजालले बताउनुभयो। ‘निरीक्षकले विद्यार्थीहरुलाई उत्प्रेरणा दिने काम गर्नुपर्दछ तर हामीकहा डराउन दिने मात्रै काम भएको छ’– रिजालले भन्नुभयो।

यता अभिभावकहरुले अनुगमनको शैलीले परीक्षालाई मर्यादित नबनाउने बताएका छन्। वर्षदिनको पढाइमा एक पटक पनि कक्षा नकुच्ने व्यक्तिहरु परीक्षामा सुटेटबुटेट भएर जानु राम्रो काम नभएको नरबहादुर डा“गीले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top