Free songs
Home / विचार / भाइरल बनेको ‘पुत्रलाभ’समाचारभित्रको अन्तर्य

भाइरल बनेको ‘पुत्रलाभ’समाचारभित्रको अन्तर्य

रञ्जित लामा

मान्छे आफ्नै  वाद र सिद्धान्तका लागि मरिमेटिरहेका हुन्छन्। आफ्नो ब्रह्मले भ्याएसम्म फरक समय वा फरक भूगोलमा सत्यलाई परिभाषित गरिरहेका हुन्छन्। एउटै  वस्तुको मान्छेपिच्छेको फरक–फरक परिभाषाहरुमध्ये कुन परिभाषालाई शाश्वत सत्य मान्ने त ? सत्यमाथि पनि प्रश्न तेर्सिएको छ अहिले। सत्य÷असत्य भन्ने कुरा बेतुकको कुरा हो। आफूले मानिआएको कुरा पुरै  सत्य र नमानेको कुरा पुरै  गलत हो भन्नु तर्कहीन छ, निराधार छ। सबै  सत्यमा भ्रामक अंश मिसिएको हुनसक्छ र सबै  असत्यमा आंशिक भए पनि सत्य मिसिएको हुन सक्छ भन्ने तर्कमा हामी कत्तिको संबेदनशील रह्यौ ं ? कुनै  पनि वस् तु आफै मा असल र खराब हु“दै न । त्यो हेर्नेको चित्तवृत्तमा निर्भर रहन्छ भन्ने कुराप्रति हामी कत्तिको गम्भीर छौ ं ? आ–आफ्नो देखाइ, भोगाइ र बुझाइहरुलाई मात्र सत्य मान्ने भए सत्य÷असत्य भन्ने कुरा नै  रह“दै न संसारमा। किनकि मान्छेले मानेको, जानेको र ठानेको भुक्तभोगी बुझाइहरुबाटै  सत्यलाई प्रतिबिम्बित गराउने कुरा हो। अतः मान्छेपिच्छेको बुझाइलाई शाश्वत सत्य मान्नुको कुनै  अर्थै  छै न।

एउटा नेताले, कलाकारले, ब्यापारीले, खेलाडीले विवाह गरेनन् भन्ने विषय प्राथमिकताको साथ सञ्चार माध्यममा छाउ‘“छ। शरीरमा तापक्रम घटबढ भएको सामान्य कुरादेखि प्राकृतिक सहजता र दै निक क्रियाकलापको समेत समाचार बन्छ। तर समाजका प्रतिबिम्बहरुलाई अवलोकन गर्दै  खुकुरीको धारमा आफ्नो घा“टी ददारेर जनतालाई सुसुचित गराउने राज्यको चौ थो अंग पत्रकारलाई पुत्र वा पुत्री लाभ भएको घटना किन समाचार नबन्ने ? पत्रकारका मातृशोक, पितृशोक, दुर्घटनामा हातको सानो छाला ताछिए समाचार बनाउने हामीले पुत्र वा पुत्री लाभ भएको समाचार बन्दा आश्चार्य किन ? के सधै  नकरात्मक विषयको मात्र समाचार बन्नुपर्छ भन्ने छ र ?
‘कुरा काट्ने’ अर्थात ‘आलोचना गर्ने’ यो बानी हाम्रो गाउ“ समाजमा यति प्रभावकारी र सशक्त बनि जरा गाडिएको छ जसको जरा उखेलिन वा उखाल्न असम्भव झै  देखिएको छ। किनभने नियतबश भनौ ं या भूलबश हामी पनि यस् तै  प्रकारको जरालाई मलजल गरिरहेका हुन्छौ ं। आज मात्र है न यो सदियौ ंदेखि चल्दै  आएको सर्बब्यापी प्रचलन हो। समाजमा ब्याप्त आलोचनाको घेरा निकै  ब्यापक र बलियो बन्दै  गएको छ। यस् तो लाग्छ समाजमा आलोचकै  आलोचकहरुले मात्र टन्न भरिभराउ भएको छ। केही हदसम्म यो कुरालाई नकार्न पनि मिल्दै न। घरको पालीदेखि गाउ‘“‘को चोक र गल्लीसम्म, चिया पसलदेखि सिंहदरबारसम्म आलोचनाको खेती फल्न अनि फुल्न थालेको छ। तथ्यगत र बस् तुगत आलोचनाले ब्यक्तिलाई सुधारोन्मुखतर्फ डो¥याउन सक्छ भने कपोकल्पित, भ्रामक र सुनेकै  भरमा गरिएको आलोचनाले समाजलाई दिगभ्रमित पारिरहेको हुन्छ जसले गर्दा समाज दृष्टि भएर पनि दृष्टिबिहीन झै ं छामछुमे पारामा चलायमान रहनुपर्छ। आउजी दम्पतीलाई पुत्रलाभ भएको समाचारको विरुद्धमा केही विद्वान मित्रहरुद्वारा प्रयोग भएका मेटाफर र सिमिलीले यो कुरालाई प्रष्ट पार्दछ। मोती गहिरो समुद्धमा पाइन्छ । सतहमा मिल्केको सेतो टल्कने ढुङ्गालाई नै  मोती सम्झी त्यसको उपदेयता र गुण दोषलाई केलाउनु किमार्थ राम्रो कुरा है न। गाली नै  गर्नुछ, आलोचना नै  गर्नु छ भने त्यसको गहिराइमा पुगेर, त्यसको तथ्यमा टेकेर गाली गर्नु उत्तम हुन्छ। सुनेकै  र भनेकै  आधारमा सत्य मानिहाल्नु, सुनाउनेको शै लीगत कौ शलता अनि सुन्नेको अनुसन्धानहीन सुनवाइले समाज पक्कै  राम्रो बाटोतर्फ डोरिन सक्तै न। मान्नै पर्ने मान्छेहरु अमानी र बै मानीहरु मानी भएर हिडिरहेको अवस् थामा सत्यमार्गीहरुको लागि यो प्रसङ्गहरुले उनीहरुको मन मुटुलाई चिथोरिरहेको हुन्छ। अतः मान्ने र ठान्ने कुराहरुमा हत्तार नगरिहालौ ं।

आउजी दम्पतीलाई पुत्रलाभ भएको समाचार पत्रकारिता जगतमा नया“ र नौ लो हुनसक्छ । तर समाचार बन्नै  हुन्न भन्ने कहा“ छ र ? बिभिन्न जोखिम उठाएर आर्थिक संकटस“ग पै ठेजोरी खेल्दै  समाजलाई सुसूचित गराउने राज्यको चौ थो अंग पत्रकारको समाचार बन्नलाई गोदाइ नै  खानुपर्ने ? मर्नै पर्ने ? यदि यसो भने यो परिपाटी बदलिन आवश्यक छ।

‘संसारलाई बदल्नु छ, शुरु आफै बाट गर्नु छ’भन्ने डा. योगी विकाशानन्दको भनाइ जस् तै  समाज परिवर्तन गर्नलाई सर्बप्रथम परिवर्तनको शुरुवात स् वयं आफै बाट हुनु जरुरी छ। हामी सामाजिक प्राणी हौ ं । हामीलाई समाज हरहालतमा चाहिन्छ । समाजमा छरिएर रहेका कु–संस् कारहरुलाई हामीले नै  निमिट्यान्न पार्न सक्नु नै  एउटा असल नागरिकको पहिचान हो। तर सामाजिक हुनुको नाममा राज्य विरोधी कार्य गर्न प्रेरित हुनुहु“दै न। झिंगालाई फोहोर मन पर्छ भन्दै मा आफू फोहोरी बन्न खोज्नु कहा“सम्मको बुद्धिमत्ता होला ? त्यसै ले समाज कस् तो छ भन्नु भन्दा पनि समाज कस् तो हुनुुपर्छ भन्ने सन्दर्भमा हाम्रो सदै व ध्यानाकार्षण हुनुपर्दछ। एउटा आदर्श समाज र एउटा परिकल्पित समाजको रुपरेखा कोर्दै  लै जानु हरेक नागरिकको कर्तव्य हो। अकर्मण्य र पुरातनवादी सोचहरुलाई चिर्दै  एउटा नवीन नूतन समाजको विस् तार गर्न सक्नु आजको टड्कारो आवश्यकता पनि हो। दृष्टिबिहीनको देशमा महादृष्टिबिहीन पुजिनु र बहिरोको देशमा महाबहिरो पुजिनु कुनै  नौ लो कुरा है न। तर दृष्टिबिहीनको देशमा गएर इन्द्रधनुष रङ्गको कुरा गर्नु र बहिरोको देशमा गएर सङ्गीतको कुरा गर्नु जस् तो अप्ठ्यारो अरु केही हुन सक्तै न। तर अप्ठ्याराकै  डरले यसको चर्चा नगर्ने परिपाटीले आज हामीस“ग आ“खा भएर पनि दृष्टिबिहीन र श्रवण इन्द्रिय भएर पनि बहिरो समान भएका छौ ं।

यसर्थ आ“खासहितको दृष्टिबिहीन हुनु भन्दा त आ“खाबिहीन दृष्टिबिहीन हुनु कै यांै  गुणा समाज सुहाउ“दो व्यवहारमान्न सकिन्छ। त्यसै ले दृष्टिबिहीनलाई मार्गदर्शन गराउनु दृष्टि हुनेहरुको पूर्ण जिम्मेवारी है न र ? समाजको आलोचनको डरले नया“ काम गर्न डराउनु कायरता र कॉ“तरपनबाहेक अरु केही है न। कुनै  समय इटालियन वै ज्ञानिक ग्यालिलियोले पृथ्बी गोलो छ भन्दा झण्डै  ज्यान गुमाउनुपरेको थियो। त्यो बेलाको समयमा पृथ्बीलाई च्याप्टो छ भन्ने मान्यता बोकेकाहरुले पनि पछि यस कुरालाई स् वीकार नगरिरहन सकेनन। फलस् वरुप एउटा नौ लो अध्यायको प्रारम्भ भयो। त्यसै ले नौ लो अध्याय र कायापलट गर्नलाई नवीनतम सोच र थौ रै  आट भर्नै पर्छ। पत्रकारको समाचार बन्नलाई गोदाइ खानै पर्ने, मर्नै पर्ने भन्ने अध्यायको अन्त्यको लागि यो बहसको आरम्भ होस् भन्ने मेरो यतिखेर यही उत्कट अभिलाषा छ।

मान्न र ठान्नलाई कुनै  बौ द्धिकताको आवश्यकता पर्दै न। बनिबनाउ बाटाहरुमा हिड्नु नवीनता है न । नवीनता त त्यो हो जो आफै  बाटाहरु निर्माण गर्दै  हिड्छन् र हिडाल्छन् पनि। सदियौ ंदेखि चलेको चलन हो, प्रचलन हो भनेर इटालियन ग्यालिलियो पनि मानेको भए सायद आज सत्य अर्कै  हुन्थ्यो होला। समाजमा यस् ता कै यौ ं संस् कारहरु छन्, कै यौ ं कार्यव्यवहारहरु छन् जसलाई परख गर्नु अत्यावश्यक रहेको छ। समय सापेक्ष मानेका कुराहरु मान्न योग्य नहुन पनि सक्छ। हिजोको सत्य तथ्य आजलाई समय सान्दर्भिक नहुन पनि सक्छ। त्यसै ले नया“को धर्म नै  परिवर्तन हुनु हो। पुरातनलाई विस् थापित गराउ“दै  नवीनताको प्रविष्ट हुनु आजको अभीष्ट पनि हो।

आउजी दाम्पतीलाई पुत्रलाभ भएको समाचार सोमवार एकाएक भाइरल भयो । विभिन्न किसिमका टिकाटिप्पणीहरु सामाजिक सञ्जालका भित्ताहरुमा छर्पष्टिए । कतिले त खसीबोकादेखि निकृष्टताको सीमा समेत नाघे भने कसै ले आउजी दम्पतीको पुत्र लाभ भएको विशेष घटनालाई नै  लघुताभाषको चश्मा लगाएर हेरे। अरुको जन्म मृत्यु जस् तो जीवनका विशेष क्षणलाई सामान्यीकरण गरेर हेर्ने केही विद्वान मित्रहरुको टिप्पणप्रति मेरो घोर आपत्ति छ। आउजी दम्पती विशिष्ट र अन्य सामान्य हुन् भन्ने मेरो तर्क होइन। तर्क हो पत्रकारका दुःखको समाचार बन्ने तर सुखको किन नबन्ने भन्ने मात्र हो।

तथ्य जस् तै  लाग्ने तथ्यहीन प्रसङ्गहरुलाई बिना जाच, बिना परख र बिना अनुसन्धान नै  तथ्य मानिहाल्ने बुद्धिजीवी, भलाद्मी र हामीहरुकै  मथिङ्गलको उपजले आज आउजी दम्पत्ति खुशीको क्षणमा पनि मुस् काउन सकिरहेका छै नन्। दोष कसलाई दिने ? आउजी दम्पत्तीको खुशीको क्षणलाई एउटा पत्रकारले खुशी साटेर समाचार लेख्ने पत्रकारलाई दोष दिने कि ? खसी बोकादेखि   निकृष्टताको सीमा समेत नाघ्ने विद्वान मित्रहरुलाई ?

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top