Free songs
Home / समाचार / संक्षिप्त समाचार / बहुविवाह र बालविवाह मुख्य चुनौती

बहुविवाह र बालविवाह मुख्य चुनौती

 जीवन नेपाली

कमिरेचौ। बहुविवाह र बालविवाह सामाजिकरुपमा मुख्य चुनौतीको रुपमा देखा परेको बंगलाचुलीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। उनीहरुले बहुविवाह र बालविवाहविरुद्ध कानुन बने पनि कानुनको अवज्ञा हुने काम जारी रहेको बताए।

बंगलाचुली गाउ“पालिका महिला तथा बालबालिका शाखाको आयोजनामा शुक्रवार भएको लंैगिक हिंसा निवारणका लागि न्यायिक समितिका सदस् यहरुलाई क्षमता विकास तालिमको अवसरमा बोल्ने वक्ताहरुले यस् तो बताएका हुन्। उनीहरुले बालविवाह र बहुविवाह कानुनले वर्जीत गरेको भए पनि बालविवाह झनै चुनौतीको रुपमा अगाडि आएको भन्दै यस विषयमा सबै गम्भीर हुन आवश्यक रहेको बताए। कार्यक्रममा बोल्दै बंगलाचुली गाउ“पालिकाका अध्यक्ष भक्तबहादुर ओलीले समाजको पछौटेपन र अशिक्षाका कारण अहिले पनि बालविवाह भइरहेको भन्दै यसलाई रोक्न बृहत योजनाका साथ लाग्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले बालविवाह रोक्न सबैभन्दा पहिला अभिभावक सचेत हुनुपर्ने बताउनुभयो। उहा“ले अहिलेका नया“ युवा पुस् तालाई बालविवाहका कारण हुने वेफाइदाको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउपालिकाका उपाध्यक्ष यमुना थापा मगरले महिला हिंसाको मुख्य कारक तत्व भनेकै बालविवाह रहेको बताउनुभयो। उहा“ले १५÷१६ वर्षको उमेरमा हुने प्रेम विवाहले गर्दा नै महिलाहरु हिंसाको शिकार बन्न पुगेको बताउनुभयो। उहा“ले सानो उमेरमा हुने विवाहका कारण बहुविवाह पनि हुने गरेको बताउनुभयो। यसलाई रोक्नका लागि कानुनको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो। उहा“ले वर्तमान कानुनको बारेमा सबैलाई जानकारी समेत गराउन आवश्यक रहेको बताउनुभयो। बंगलाचुली गाउ“पालिका न्यायिक समितिका संयोजकसमेत रहनुभएका उपाध्यक्ष यमुना थापा मगरले बालविवाह र बहुविवाह रोक्न सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो।

 

कार्यक्रममा बंगलाचुली गाउ“पालिकाका विभिन्न वडाका वडाध्यक्ष, गाउ“ कार्यपालिका सदस् य, स् थानीय रेडक्रस सोसाइटी, विभिन्न संघसंस् थाकाका प्रतिनिधि,स् थानीय प्रहरीलगायतको सहभागिता थियो।

कार्यक्रममा बंगलाचुली गाउ“पालिकाका न्यायिक समितिका सल्लाहकार अच्युत न्यौपानेले विभिन्न ऐन, नियम, काननुको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा वडा नं. १ का अध्यक्ष पदमबहादुर खत्री, ३ का शोभाराज विश्वकर्मा, ४ का नारायण डागी, ५ का ऐनुराज खत्री, ६ का वेदुलाल घर्ती क्षेत्री, ८ का गिरराज बा“ठालगायतको सहभागिता थियो। उहा“हरुले विभिन्न कानुनी विषयमा जानकारी लिनुभएको थियो।

बंगलाचुली गाउ“पालिका न्यायिक समितिका संयोजक यमुना थापा मगरको अध्यक्षता एवं गाउ“पालिका अध्यक्ष भक्तबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण बंगलाचुली गाउपालिका महिला तथा बालबालिका शाखा प्रमुख पार्वती रानाले गर्नुभएको थियो।

यसैबीच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले बंगलाचुली गाउ“पालिकाका आमा समूह, स् वास् थ्य स् वयंसेविकाहरुलाई सुरक्षित मातृत्व घुुम्तीकोष कार्यक्रमअन्तर्गतको रकम हस् तान्तरण गरेको छ। बंगलाचुली गाउ“पालिका वडा नम्वर ३ र ४ का प्रत्येक स् वास् थ्य आमा समूहलाई पाच हजारका दरले रकम प्रदान गरिएको हो। बंगलाचुली गाउपालिका वडा नं. ३ का अध्यक्ष शोभाराज विश्वकर्माको अध्यक्षता एवं गाउ“पालिका अध्यक्ष भक्तबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो। सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखा सभापति चूरामणि नेपाली, नेरेसोका कार्यक्रम संयोजक विश्राम अधिकारी, वडा नं. ५ का अध्यक्ष ऐनुराज खत्रीलगायतले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण काभ्रे स् वास् थ्य चौकीका अहेव किरण विष्टले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top