Free songs
Home / फिचर समाचार / प्रेरणा अभियानको प्रेरणादायी कदम : मानसिक रोगीका लागि सामूहिक घर

प्रेरणा अभियानको प्रेरणादायी कदम : मानसिक रोगीका लागि सामूहिक घर

गिरिराज नेपाली

घोराही। कुइरेपानी घोराही–लमही सडकखण्डअन्तर्गत पर्ने घोराही उपमहानगरपालिका वडा नं. ३ मा रहेको एउटा सुन्दर गाउको नाम हो। जुन घोराही र लमहीबीच पर्ने जंगलको पहिलो र अन्तिम गाउ हो। जुन गाउको बीचमै अर्थात कुइरेपानीचोकको पूर्व उत्तरतर्फ करिब १४ कट्ठा क्षेत्रफलमा एउटा घर निर्माणाधीन छ।

जुन घर मानसिक रोगीहरुको बसोवासका लागि बनाइदैछ। प्रेरणाका लागि अभियान नेपाल दाङले निर्माण गर्न लागेको नौ कोठे उक्त भवनको निर्माण कार्य तीब्रताका साथ सञ्चालन भइरहेको छ। मानसिक रोगीहरुको सेवा र संरक्षणका लागि दाताहरुको सहयोगमा संरचना निर्माण गरिरहेको प्रेरणाका लागि अभियान नेपाल दाङका अध्यक्ष श्रीधरकुमार लम्सालले बताउनुभयो। उक्त क्षेत्रमा करिब दुई करोड लागतमा मानसिक रोगीहरुको आवासीय सेवा सुविधाका लागि आवश्यक संरचना निर्माण भइरहेको बताउनुभयो।

निर्माणाधीन नौ कोठे भवनमा हालसम्म करिब ७५ लाख लगानी भइसकेको उहाको भनाइ छ। जहा आगामी वैशाखदेखि मानसिक रोगीहरुका लागि परामर्श सेवा सञ्चालन गर्ने तयारी रहेको उहा“ले बताउनुभयो।  मानसिक रोगीको सेवा, सुरक्षा र संरक्षणसगै निरोगी बनाउन सक्ने उहा“को भनाइ छ। १५ जनासम्म रहनसक्ने गरी भौतिक संरचना निर्माण भइरहे पनि हालसम्म २३ जना सम्पर्कमा रहेको उहा“ले जानकारी दिनुभयो।

मानसिक रोेगी भन्दा, सुन्दा र देख्दा बित्तिकै सबैले अपहेलना र घृणाको नजरले हेर्ने गर्दा नै उनीहरु अलपत्र परिरहेकाले उनीहरुको सेवा र संरक्षणका लागि प्रेरणा नेपालले यो काम थालनी गर्न लागेको उहाले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘मानसिक रोगीहरु अलपत्र छन्। न परिवारवाट सेवा र संरक्षण पाउन सकेका छन्। न राज्यले नै उचित व्यवस् थापन गर्न सकेको छ। जसका कारण उनीहरु मानव भएर पनि मानवताको अधिकार पाउनबाट बञ्चित हुनुपरेको छ। जुन घटना समाजमा प्रशस् तै देख्न सकिन्छ।’

कसैको पनि संरक्षण र सेवा पाउन नसक्दा सडकमै अलपत्र परिरहेका मानसिक रोगीहरुलाई उचित स् वास् थ्य उपचार, खानपान, सरसफाइ सहितको सेवा सञ्चालन गरी निरोगी बनाई पुनः परिवारमा पुनःस् थापन गर्ने उद्देश्यका साथ सेवा सञ्चालन गर्न लागिएको उहाले बताउनुभयो। जसका लागि हेल्थ फाण्डेशन नेपालले स् वास् थ्यकर्मी सहितको औषधि उपचार सेवा निःशुल्क रुपमा प्रदान गर्न लागेको उहा“ले जानकारी दिनुभयो।चरम आर्थिक अभावमानसिक रोगीहरुको सेवा र संरक्षणका लागि भन्दै गत असोज १ देखि ९ गतेसम्म घोराहीमा ज्ञान महायज्ञ सञ्चालनबाट १८ लाख रुपैया संकलन भएको थियो। जसमा नगद १० लाख र उठ्न बा“की आठ लाख गरी १८ लाखको हिसावकिताव सार्वजनिक भएको थियो। तर उठ्न बा“की आठ लाख रुपैयाअझै उठ्न नसक्दा संरचना निर्माणमा चरम आर्थिक संकट परेको अध्यक्ष लम्सालले बताउनुभयो। करिब दुई करोडको योजनाका साथ काम शुरु गरिए पनि उठ्न बाकी रकमसमेत उठ्न नसक्दा चरम आर्थिक अभाव सिर्जना भइरहेको उहा“को भनाइ छ। उहा“ले भन्नुभयो– ‘सहयोग खोजिरहेका छौं। तर अझै पाउन सकेका छैनौं।’

आगामी वैशाखदेखि सेवा सञ्चालन गर्ने तयारी गरे पनि आर्थिक अभावका कारण आवासीय सेवा सञ्चालन गर्न नसकिने अवस् था देखिएको उहाले बताउनुभयो।

परामर्श सेवा तत्काल सञ्चालन भए पनि आवासीय सेवा केही संरचना निर्माणको काम अझै बा“की रहेकाले केही समय लाग्ने उहाको भनाइ छ।  संरचना निर्माणका लागि घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पा“च लाख रुपैया“ दिएको उहा“ले बताउनुभयो।राज्यको कम चँसो मानसिक रोगीको सेवा र संरक्षणका लागि दान माग्दै काम थालनी गरे पनि राज्यले यसतर्फ त्यति ध्यान दिन नसकेको उहॉ“ले बताउनुभयो। दाताहरुको सहयोगले नै यहा केही संरचनाहरु सम्पन्न हुने तयारीमा रहेको बताउनुभयो। जसको विकास र विस्तारका लागि घोराही उपमहानगरपालिकाले मात्रै पाच लाख रुपैया दिए पनि त्यो बाहेकका अन्य सरकारले केही चासो नदेखाएको उहा“को भनाइ छ। उहा“ले भन्नुभयो– ‘यो काम राज्यकै हो तर हामी गर्दैछौं। त्यसमा राज्यको चासै छैन।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top