Free songs
Home / विचार / प्रदेश २ ः जम्मु–कश्मीर बनाउने खेल नहोस्

प्रदेश २ ः जम्मु–कश्मीर बनाउने खेल नहोस्

धनबहादुर विसी

राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस् य संख्याको दुई तिहाई सदस् यको बहुमतवाट निर्णय भएमा त्यस् तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ। जनमत संग्रह र तत्सम्बन्धी अन्य व्यवस् था संघीय कानून बमोजिम हुनेछ। –नेपालको संबिधान,२०७२ धारा २७५ को उपधारा १ र २।

अहिले सामाजिक सञ्जाल, पक्ष–प्रतिपक्षका कुर्र्सीमा बस्ने राजनीतिक दल, विभिन्न मिडिया, मानवअधिकारको दुहाई दिने भजनमण्डलीहरु आदिले चन्द्र्रकान्त राउतलाई हिरो बनाउने काम गरिरहेका छन्, जब कि जनमत, जनअभिमत र जनमत संग्रहको अलग–अलग अर्थ त छ नै त्यसमाथि पनि नेपालको वर्तमान संविधानले जनमत संग्रह सम्बन्धी माथि उल्लेखित स् पष्ट उल्लेख गरेको छ। यस् तो हु“दाह“ुदै पनि राउतले पालनपोषण गरेर राखेका झुण्डमा ढुङ्गा हान्ने र उत्तेजित पार्ने काम गरिरहेका छन् माथि उल्लेखित समूह। उनीहरुलाई स् खलित गर्ने काम गरिरहेका छन्। सबैले आ–आफ्नै ढोल पिटेर आफूले गरेको ब्याख्या नै सही हो भनिरहेका छन्। चाहे त्यो सत्तापक्ष खेमाभित्रका विभिन्न सेक्सनलाई प्रतिनिधित्व गर्ने नेता हुन वा प्रतिपक्षका ११ बु“दे अध्ययन गरेर नगरेर बोलेको दावी गर्नेहरु हुन्। जनमत, जनअभिमत, जनमत संग्रह जस् ता स् पष्ट शब्दहरुको आ–आफ्नै बेतालेढंगले ब्याख्या गर्ने, नेपाली भाषालाई बिदेशी भाषासग साट्न खोज्ने डलरवादी विद्वानहरुको कारणले पनि यो समस् या उब्जाएको छ। अहिले जनमत, जनअभिमत, जनमत संग्रह जस् ता शब्दहरुको आफूलाई कताबाट अर्थ लगाउदा फाइदा हुन्छ, कसरी अर्थ लगाउ“दा थप अस् िथरता सिर्जना गर्न सकिन्छ, कसरी अर्थ लगाउ“दा सरकारलाई थप विवादमा तान्न सकिन्छ, कसरी अर्थ लगाउ“दा मिस् टर राउतलाई थप हाइलाइट गर्न सकिन्छ, कसरी अर्थ लगाउ“दा मधेशमा रहेका इयुको दानापानी ओसार्नेहरुलाई थप उत्तेजित पार्न सकिन्छ आदि इत्यादि स् कूलिङबाट प्रेरित समूहबाट पनि यो काम भइरहेको छ। त्यसमा बेलगामका मिडियाको त कुरै नगरौं। यस् ता गतिविधि तथा यस् तो प्रकारको वातावरणले प्रदेश दुई कतै नव जम्मु–काश्मिर बन्ने त होइन ? थप अस् िथरता ल्याउने त होइन भन्ने पनि बहस थपिएको छ। प्रदेश दुई मा हुने विविध गतिविधिले यस् तो शंकामा मलजल गर्ने काम गरेको छ। जसको बारेमा यहा“ छलफल गर्ने प्रयास गरिएको छ।

१. जब भारत र पाकिस् तानको बीचमा सम्बन्ध थप जटिल भयो, भारतले पाकिस् तानी भूमिमा आक्रमण गरेको समाचार छयाप्छयाप्ती हु“दा नेपालको प्रदेश नं. २ मा भने छुट्टै माहोल थियो। उता भाजपा सरकारले पाकिस् तान माथि चुनावी स् टन्ट रच्दा नेपालको राजपाले भने विजय ¥यालीलाई झल्को दिने खालका झाकी जुलुसको आयोजना ग¥यो। यो आफैमा हास् यास् पद त थियो नै अझ उदेकलाग्दो के भने नजिकका दुई छिमेकीको चिसो सम्बन्धमा नेपालजस् तो अल्पविकसित मुलुकको एउटा सानो राजनीतिक संगठनले गर्ने यस् तो हतकण्डाले पाकिस् तान जस् तो परमाणु शक्ति सम्पन्न मुलुकमा खासै अर्थ राख्दैन। भाजपालाई राजपाको चाप्लुसीवाला समर्थन बाहेक अरु केही पनि अर्थ थिएन यो हतकण्डाको। भारतीय मिडिया एकहोरो पाकिस् तानमाथि ओइरिनु नौलो नभए पनि पाकिस् तानले विश्व समुदायबाट पाएको सहानुभूतिले उसको धावा भारतभित्र मात्र सीमित थियो भनेर बुझ्न चाहि गाह्रो भएन। यसबाट के स् पष्ट हुन्छ भने राजपाले आफूलाई भारतीय आशीर्वाद ठान्दछ र भारतलाई खुशी पार्न ऊ जे पनि गर्न तयार हुन्छ भन्ने संकेत हो। यस् ता गतिविधि खुलेआम बढिरहे भने यसको असर के पर्दछ ? एकलाई चिढाउने र एकलाई चाप्लुसी गर्ने हतकण्डाले यो प्रदेशमा थप अस् िथरता ल्याउ“छ नै यस प्रदेशको कहिल्यै उन्नति र विकास हुनेछैन।

२. सरकारले सिके राउतस“ग ११ बु“दे सम्झौता ग¥यो। सम्झौतालाई प्रतिपक्षले समेत शुरुमा सकारात्मक कदम भएको कुरा बाहिर आयो। केही दिनपछि पौडेलले मुख खोले। यसमा प्रतिपक्षको भनाइ केही परिमार्जन भएर आयो। सरकारले गरेको सम्झौतामा जुन आसय नेपाली कंग्रेसले प्रकट ग¥यो त्यो हतारमा गरेको र राम्रोस“ग अध्ययन नगरिकनै बोलेको भनेर पौडेलले भन्न भ्याए। कंग्रेसभित्र पनि शेरबहादुरले समर्थन गरे पौडेलले विरोध गर्ने, पौडेलले समर्थन गरे शेरबहादुर विपक्षमा उभिने संस् कार नै छ। यसबाट पनि नेपाली कंग्रेसको भित्री आसय स् पष्ट हुन्छ। प्रतिपक्षको त कुरा छोडौं, सत्तापक्षमा पनि त्यही संस् कार ब्याप्त छ। अहिले ओलीले जुनसुकै काम गरे पनि नेपाल, रावल, खनाल जस् ता कुर्सीबाट बाहिर रहेकाहरु हात धोएर लागेकै छन्। सत्तापक्षकै केही नेताहरुले पनि यो सम्झौतालाई लिएर जिब्रो राम्रैस“ग सफा गरे। चिलाएको जिब्रोलाई केही दिनको लागि भए पनि थान्को लगाउने काम चाहि यिनीहरुले गरे। माथि नै भनिसकियो कि स् पष्ट शब्दहरुलाई पनि लिएर शंका र उपशंका गर्ने र थप विवाद निम्त्याउने काम गरे÷गरिरहे। वनको बाघले खाओस् कि नखाओस् उनीहरुलाई मनको बाघले चाहि“ अहिलेसम्म पनि लखेटिरहेको छ। शान्त लागेका जुकाहरुलाई बिउ“झाउने काम गर्न तछाड र मछाड गर्र्नेतर्फ तल्लिन रहे यिनीहरु। यी बिद्वानहरु तछाडमछाड गर्दै सिकेको पछि हात धोएर नलागेको भए यो सम्झौता र सिकेले त्यति चर्चा पाउने थिएनन्। उनका समर्थक भनिएकाहरुले पनि थप बल पाउने थिएनन् र जुलुस निकाले पनि जनमत संग्रह भन्ने शब्द पम्पलेटमा राख्न हिम्मत गर्नेवाला थिएनन्। नेपाली विद्वानहरुका जिब्राले उनीहरुलाई जिस् काउने काम पक्कै गरेका हुन्। यस् ता अपरिपक्व बहसले भविष्यमा अझ समस् या जटिल नहोला भन्न सकिन्न। यस् ता बहसले सिके चुप रहे पनि अरु सिके यसको नक्कल गरी यो प्रदेशमा जन्माउनमा बल मिल्दैन भन्ने कहा“ छ र ? यस् ता गतिविधिले पनि यो प्रदेशमा थप अस् िथरता मच्चाउन सहयोग गर्दछ।

३. नेपालले २०७२ को संविधान लागु गर्दाको क्षण हामीसामु बिर्सनै नमिल्ने घाउको रुपमा बसिरहेको छ। त्यो बेला मधेशवादी दलले गरेको ब्यवहार झनै ताजा छ। वारिपट्टि आएर ढुङ्गा हान्ने र पारि पट्टि गएर मेसमा खानेहरु नेपाली कम र भारतीय बढी लाग्नु कुनै नौलो कुरा होइन। उनीहरुले नेपाली भूमिको रक्षा गर्दछन् भनेर सोच्नु आकाशतिर फर्केर थुक्नु बराबर हो। जब हामीहरु नै यिनीहरुलाई बल पुग्ने बोलीमा लोली मिलाउ“छांै भने हामी पनि कम बिखण्डनकारी होइनांै। हाम्रो देशभक्तिमा पनि शंका गर्नुपर्ने हुन्छ। त्यस् तै भारतीय प्रम नरेन्ı मोदी जनकपुरको भ्रमणमा आउ“दा कार्यक्रम स् थलमा राखिएको नेपालको झण्डाको आकार प्रकार, त्यहा प्रयोग भएको भाषा तथा उनीलाईसम्मान सम्बोधन गर्दा ‘हाम्रा प्रधानमन्त्री’ भन्ने शब्दबाट पनि के कुरा स् पष्ट हुन्छ भने उनीहरुको नियत दक्षिणतिर ढल्केको भान हुन्छ। यस् ता कार्यलाई मलजल गर्ने काम हाम्रा व्यवहारले पनि सिद्घ गरेका छन्। दिनहु“ कालेस“ग किन हि“डेकी भनेर ठाउ“ न कुठाउ“ झपार्ने बा–आमाका कारण छोरी अन्त्यमा कालेस“ग नै पोइल जान बाध्य भए झै ब्यवहार हामी किन गरिरहेका छौं मधेश प्रदेशस“ग ? सिकेलाई त्यहा“ गएर एकै दिनमा थामथुम पार्न पनि त सजिलो छैन। कार्यकर्तामा रहेको स् वतन्त्र मधेशको स् कूलिङ एकै छिनमा मेटिने पनि त होइन। हामी अनाहकमा किन कराइरहेका छांै, मधेश खत्तम भो, मधेश छुट्टिने भो, अलग हुने भो आदि इत्यादि भनेर हामी आफै जम्मु–कश्मिर जन्माउन सहयोग त गरिरहेका छैनौ ?

४. अहिले पनि प्रदेश दुई बा“की प्रदेश भन्दा किन पृथक हुन खोज्छ ? त्यो पनि विकास निर्माण तथा जनतालाई सेवासुविधा दिने सवालमा पृथक होइन कि देशमा विद्यमान संविधान, ऐन, नियम कानुनको बर्खिलाप हुने कार्यमा। जसरी हुन्छ यो प्रदेश देशको संविधान र कानुन नमान्ने प्रदेशको रुपमा दर्ज छ। सार्वजनिक विदामा विभिन्न कार्यालयमा गएर धर्ना दिएर हुन्छ कि, खुलेका कार्यालयमा ताला लगाएर हुन्छ कि त्यहा“का मुख्यमन्त्री पृथक बन्न खोजेको सबै सामु छर्लङ्ग छ। त्यति मात्र होइन, प्रदेश दुई ले समानान्तर प्रहरी विधेयक ल्यायो । यसको बारेमा केन्द्र सरकारस“ग लामो समयसम्म द्वन्द्व सिर्जना भयो। अहिले पनि प्रदेश दुई मा सिडिओको समानान्तर हुने गरी अर्को संयन्त्र खडा गर्दै छ भन्ने समाचार आएको छ। कहिले कर्मचारी नदिए आफै भर्ना गर्छौ, यस् तो गर्दछौ, उसो गर्र्दछौ भनेर धम्काउने काम त्यहा“बाट भइराखेको पनि हामी सामु छर्लङ्ग छ। संविधान, कानुन लागु भएको भोलिपल्टबाटै सबै कुरा निमिट्यान्न हुनेछ, मन्त्रको भरमा विकास भइहाल्ने कही कतै पनि सम्भव छैन । झन हाम्रो जस् तो अल्पविकसित मुलुकमा कसरी सम्भव होला? शताब्दियौंदेखिको हाम्रो मान्यता, मानसिकतामा सिन्कोसम्म पनि परिवर्तन नहुने तर देशमा गणतन्त्र आएको भोलिपल्टै, संघीयता लागु भएको भोलिपल्टै, देशमा सात प्रदेश सिर्जना भएको भोलिपल्टै बुद्घिचालका गोटी हातले उठाएर राखे सरहको विकास हामीले खोजेर सम्भव नै छैन। यदि नेपालमा संघीयता असफल हुन्छ भने हाम्रा नेता भनाउ“दाका बेलगामका बोली, यस प्रदेशप्रति गरिने छेडखानी र प्रदेश दुईको आफ्नो क्रियाकलापले नहोला भन्न सकिन्न।

५. विश्वमा भएका दुई ठूला युद्घ, पहिलो र दोस्रो विश्व युद्घ हुनमा विविध कारणहरुमध्ये त्यतिखेरका पत्रपत्रिकामा प्रयोग भएका भाषा र शब्द नै थिए भन्ने कुरा विश्व इतिहास पढ्ने जो कोहीले पनि बुझेको छ। यो युगमा मिडियाको अहम् भूमिका छ। जसरी विश्वमा सञ्चारको विकास हु“दै गइरहेको छ सोही अनुसार सञ्चार माध्यमले निम्त्याउन सक्ने समस् याहरुलाई रोक्न विभिन्न देशले कानुन बनाएका छन्। सबै सञ्चार माध्यमले सकारात्मक कार्य मात्र गर्दछन् भन्ने छैन। यसभित्र पनि विविध विकृतिहरु छन्। त्यसैले हाम्रो देशमा हुने विविधखाले घटना तथा परिघटनालाई सोसल मिडिया तथा अन्य मिडियाले तोडमोड गर्ने र भ्रम फैलाउने काम पनि भएका छन्। पत्रपत्रिका, रेडियो, फेसबुक, ट्वीटर आदिलार्ई कानुनको दायरामा ल्याउन ढिला भएमा भ्रमको खेती अझ मौलाएर जान्छ र यस् ता कुराले मौका पर्खेर बसेका पृथकतावादी तथा बिखण्डनकारीलाई नै सहयोग पु¥याउ“छ। अधिकांश नेपालीले हेर्ने फेसबुक र यसैको आधारमा बा“की धारणाहरु बन्ने गर्दछन्। मानिसहरु थप उत्तेजित हुने र उत्तेजित पार्ने कामलाई रोक्न मुस् िकल नपर्ला भन्न पनि सकिन्न।

राजपाले सरकार छोडनु, चन्द्रकान्तस“ग सरकारको सम्झौता हुनु, रेशम चौधरीलगायतलाई अदालतले जन्मकैद तोक्नु, लोकतान्त्रिक फोरम सरकारमै रहनुले प्रदेश दुई को प्रमुख शक्ति राजपा ओझेलमा परेको निश्चित हो। राजपाको ठाउ“ अब चन्द्रकान्तले ओगट्लान् भन्ने ठूलो चिन्ता राजपा र उस“ग गफ मिल्नेहरुमा लाग्नु स् वाभाविक हो। त्यसैले जसरी हुन्छ विषय वा शब्दलाई तोडमोड गरेर भए पनि देशमा अस् िथरता सिर्जना गर्न खोज्नु प्रदेश दुईका जनतामा भ्रम सिर्जना गर्नु हो। र, अस् िथरता फैलाउन मौका छोपेर बसेकाहरुलाई उक्साउन खोज्नु र आगोमा घिउ थप्नु हो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top