Free songs
Home / फिचर समाचार / प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु

प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु

 

सागर रिजाल

प्युठान । प्युठानमा पहिलो पटक प्रदेशस् तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ। खेलको शनिवार प्रदेश नम्बर ५ का सदस् य कृष्णध्वज खड्काले उद्घाटन गर्नुभएको हो। प्रतियोगिता उद्घाटन गर्दै उहाले पूर्ण सफलताको शुभकामना दिनुभयो। खेल क्षेत्र सबै दृष्टिकोणले उपयुक्त भएको उहाले बताउनुभयो। खेलले मानिसलाई स् वस् थ हुनुका साथै मर्यादित, असल, अनुशासित बनाउने उहाले बताउनुभयो। उहाले भन्नुभयो– ‘खेल सबै क्षेत्रका लागि उपयुक्त भएकाले खेलप्रेमीलाई सम्मान गर्नुपर्छ।’ पछिल्लो समय खेलकूद क्षेत्रलाई राम्रोसग नहेरिएको उहाले बताउनुभयो। उहाले भन्नुभयो– ‘बजेटको कमी र पूर्वाधार नहुनुले खेलको विकास नभएको हो।’ खेलप्रेमीको रुची हुदाह“ुदै पनि खेल क्षेत्रको विकास गर्न नसकिएको उहाले बताउनुभयो।

विभिन्न समयमा राष्ट्रिय खेलकूद प्रतियोगिता भइरहेको उल्लेख गर्दै २०३९ सालमा तेक्वान्दो संघ स् थापना गरी खेल खेलाउन थालिएको उहा“ले बताउनुभयो। तेक्वान्दो पछिल्लो समयमा लोकप्रिय खेल भएको उहा“को भनाइ थियो। ‘खेल क्षेत्रलाई व्यावसायिकरुपले अगाडि बढाउनुपर्छ’– उहा“ले भन्नुभयो– ‘व्यावसायिकरुपले खेल खेलाउन सके पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ।’

छनोट प्रतियोगिताका प्रमुख अतिथिसमेत रहनुभएका प्रदेश सदस् य खड्काले प्रदेश सरकारले खेलकूदको विकास गर्न विभिन्न कामहरु गर्दै आएको बताउनुभयो। सरकारले प्रदेशका एक सय नौ वटा स् थानीय तहमा खेलकूदको विकास गर्न बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहा“का अनुसार विद्यालयमा पनि खेलको विकास गर्न बजेट विनियोजन गरिएको छ।

खेलबाटै प्रदेशलाई समृद्ध गर्न सकिने खड्काले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘खेलकूद क्षेत्रमा सबैको सहयोग भएमा समृद्ध बनाउन सहज छ।’

प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले खेलकूद क्षेत्र राजनीतिस“ग मुछिएको बताउनुभयो। ‘राजनीतिक खिचातानीने खेलको विकास हुन सकेको छैन’– उहा“ले भन्नुभयो– ‘सा“च्ची खेलको विकास गर्ने हो भने राजनीतिबाट बाहिर निस् कनुपर्छ।’ पछिल्लो समयमा थुप्रै खेलाडीहरु राजनीतिमा पिल्सिएको उहा“ले बताउनुभयो। प्युठान नगर क्षेत्रमा तेक्वान्दो छनोट प्रतियोगिता आयोजन गरेकोमा आफू खुशी भएको उहा“ले बताउनुभयो । नगरपालिकाले खेलको विकास र विस् तारका लागि नगरस् तरीय खेल नीति बनाउने योजना बनाएको बताउनुभयो।

२ सय ५३ खेलाडी प्रतियोगितामा सहभागी
५ नम्बर प्रदेश खेलकूद विकास समितिको आयोजना, खेलकूद विकास समिति प्युठानको सहआयोजना तथा होटल व्यवसायी संघ प्युठानको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्रदेशका १२ जिल्लाका दुई सय ५३ खेलाडीको सहभागिता रहेको निर्णायक मण्डलका प्रमुख जंगबहादुर नेपालीले बताउनुभयो। जसमा छात्र एक सय ३१ र छात्रा एक सय २२ जना रहेका छन्।

प्रतियोगितामा थुम्से विधा, पेयर विधा, गेरुङ्गी विधामा गरी २२ जना छनोट गरिने उहा“ले बताउनुभयो। छनोट भएका खेलाडीले चैत २३ गतेदेखि नेपालगञ्जमा सञ्चालन हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग हुन पाउनेछन्। प्युठानमा गरिएको छनोट खेल चैत ५ गतेसम्म सञ्चालन हुने निर्णायक प्रमुख नेपालीले बताउनुभयो। खेलकूद विकास समिति प्युठानका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सदस् य विजयविराज विष्ट, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि लालबहादुर राउत, खेलकूद विकास समिति प्युठानका पूर्वअध्यक्ष रोशन अधिकारीलगायतले छनोट प्रतियोगिताको पूर्णसफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top