Free songs
Home / समाचार / संक्षिप्त समाचार / दिगो वन व्यवस्थापन गर्न उपभोक्ता सक्रिय

दिगो वन व्यवस्थापन गर्न उपभोक्ता सक्रिय

 

बुद्धि पुन

सल्यान। सामुदायिक वनको दिगो ब्यवस् थापन र पुनर्उत्थानका लागि प्राकृतिक स्रोतको व्यवस् थापन अपरिहार्य छ। सल्यानको कालीमाटी गाउ“पालिका वडा नम्बर ३ मा रहेको धनारी सामुदायिक वनमा दिगो वन व्यवस् थापनअन्तर्गत बिभिन्न कार्यहरु गरेस“गै यस सामुदायिक वनको मुहार नै फेरिएको छ। पहिले जथाभावी चरिचरन, मनपरी घा“सदाउरा काट्ने, वनको गोडमेल नगर्ने जस् ता कारणले उजाड बन्दै गएको वन अहिले दिगो वन व्यवस् थापनअन्तर्गत विभिन्न कार्यहरु गरेपछि हराभरा भएको छ।

अहिले वनजंगल हराभरा हुनुका साथै काठ, दाउरा, घा“स प्रशस् त मात्रामा पाइने गरेको धनारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नयन सिंह मगरले बताउनुभयो। उहा“ले वनमा भएको झा“डी कटान, रुखहरुको गोडमेल, हा“गा कटान, अग्निरेखा निर्माण गरेर वनजंगलको दिगोपनको लागि अगाडि बढेको बताउनुभयो। दुई सय ४१.३० हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा दुई सय १४ जना उपभोक्ता रहेका छन्।

अहिले वनबाट चरिचरन, घासदाउरा प्रशस् त पाइनुका साथै वर्षेनि ८० हजार बढी रुपैया“ आम्दानी हुने गरेको उहाले बताउनुभयो। यसस“गै पानीको मूल संरक्षण, अम्लिसो खेती र नाङ्गा डाडाहरुमा बृक्षारोपण गरिएको उहा“ले बताउनुभयो। विगतमा परम्परागत तरीकाले वनको संरक्षण गर्दै आए पनि दलित विकास समाज सल्यानद्वारा सञ्चालित पहल कार्यक्रमको प्राकृतिक स्रोत व्यवस् थापनअन्तर्गत सरसल्लाह तथा प्राविधिक ज्ञान र औजार उपकरण सहयोग गरेपछि दिगो वन व्यवस् थापन गर्न शुरु गरेको उहाले बताउनुभयो।

पहल कार्यक्रमका प्राकृतिक स्रोत व्यवस् थापन जिल्ला अधिकृत प्रमोद सुवेदीले दिगो वन व्यवस् थापन सम्बन्धी छलफल तथा सहयोग गरेपछि स् थानीयहरु यस कार्यमा सरिक भएको बताउनुभयो। उहा“ले धनारी सामुदायिक वनलाई हेल्मेट, हा“गा काट्ने औजार, आरा, बञ्चरोलगायतका औजार उपकरण सहयोग गरेको बताउनुभयो। यस् तै पहल कार्यक्रमकै सहयोगमा करीब चार हेक्टर वनमा अम्लिसो खेती गरिएको जानकारी दिनुभयो।

उक्त वनको स् थलगत अध्ययन अवलोकन गर्दै कालीमाटी गाउ“पालिकाका अध्यक्ष दानबहादुर केसीले दिगो वन व्यवस् थापनको शुरुवात राम्रो भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहा“ले वनजंगलको संरक्षणस“गै फाइदाका क्षेत्रहरुमा पनि काम गर्नुपर्नेमा जोड दिनुभयो। उहा“ले खेर गएको काठको प्रयोग गर्दै फर्निचर उद्योग, सालका पातहरुको प्रयोग गरेर दुनाटपरी उद्योग सञ्चालन गरेर रोजगारीका अवसरहरु सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो।

सामुदायिक वनको अध्ययन, अवलोकन तथा छलफल गर्दै कालीमाटी गाउ“पालिका–१ का अध्यक्ष रविलाल बस् नेत, २ का अध्यक्ष इन्द्रबहादुर ओली,
३ का अध्यक्ष वीरबहादुर ओली, जनप्रतिनिधि, दलित विकास समाज सल्यानका अध्यक्ष नीमबहादुर नेपाली, सहायक वन अधिकृत पहलमान शेरभुजा मगर, पत्रकारलगायतले दिगो वन व्यवस् थापन अहिलेको आवश्यकता भएको बताएका थिए। पहल कार्यक्रमको प्राकृतिक स्रोत व्यवस् थापन कार्यक्रम कालीमाटी गाउ“पालिकाका पा“चवटा वनमा लागु गरिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top