Free songs
Home / विचार / डेरी व्यवसायमा विदेशी लगानी कति ठीक ?

डेरी व्यवसायमा विदेशी लगानी कति ठीक ?

रामचन्द्र उप्रेती

मानिसको खाद्य संरचनाभित्र डेरी (दूध र दुधजन्य परिकार) को महत्व परापूर्वकालदेखि नै रह“दै आएको छ। नेपाली समाजमा यसको धार्मिक महत्व समेत रहेको छ। स्वस्थ रहन बच्चादेखि बृद्धबृद्धा र रोगी बिरामीले समेत दूधको सेवन गर्ने गरिन्छ। मानिसले खेती गर्नुपुर्व नै पशुपालन गरेको, पशुबाट प्राप्त हुने मासु, दूधको सेवन गर्ने गरेको लामो परम्परा रहेको छ।

नेपाली समाजमा घर–घरमा गाईभैंसी पालेर दूधको उत्पादन गर्ने र दूध र दूधका विभिन्न परिकार घरमै बनाएर प्रयोग गर्ने चलन अभैm निकै बलवान छ। पछिल्लो २०÷२५ वर्षमा नेपाली समाजमा ठूलो उथलपुथल आएको छ। धेरै मानिसको गाउ“बाट शहरमा बसाइसराइ भएको छ। धेरै ठूलो संख्यामा युवा विदेशिएका छन्। यसको प्रभाव अन्य क्षेत्रमा जस् तै डेरी व्यवसाय र डेरी उद्योगमा पनि पर्ने नै भयो।

गाउ“मा मानिसले गाईभैंसी पालेर आपैm दूध उत्पादन गर्थे। खेतीपातीका लागि पशु पालन अनिवार्य थियो। तर अहिले मानिसको शहरको बसाइले गर्दा घरघरमा गाईभैंसी पाल्ने कुरा असान्दर्भिक भएको छ। खेतीपातीमा औजार उपकरणको बढ्दो प्रयोगको कारण पशुपालन पातलिदै गएको छ। पहिला पशुपालन निर्वाहको कुरा मात्रै थियो भने अब यो व्यवसाय बन्दै गएको छ। निर्वाहमा लागत मूल्य र उत्पादन मूल्यको हिसाव हु“दैन तर व्यवसायमा यो अनिवार्य बन्छ।

गाउ“बाट शहर बसाइ सरेकाले पनि दुध र दुधजन्य वस् तुको सेवन गर्ने परम्परालाई स“गै लिएर शहर आएका छन्। गाउ“मा दुःखले दूधको उत्पादन हु“दैछ। तर गाउ“का उत्पादकले शहरका उपभोक्तासम्म सोभैm पु¥याएर सेवा दिन असम्भव प्राय हुन्छ। त्यसैले त्यहा“ विभिन्न तहका विचौलियाको जन्म भएको छ। गाउ“बाट दूध संकलन गरेर बजारका खुद्रा दूध व्यवसायी र घर–घरमा पु¥याएर बेच्ने र जीविका चलाउने ठूलै समूह सक्रिय छ। उता शहरमा पनि फ्रिज डेरी गल्ली–गल्लीमा खुलेका छन्। यस् ता डेरी र घर–घरमा पु¥याएर दुध बेच्ने समूहका कारण गुणस् तर जस् तो भए पनि शहरमा बस् नेले सहजै दुध र दुधजन्य वस् तुको सेवन गर्न पाएका छन्।

डोकामा दूध ः भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिदैन भनेको सुनेको थिए“। तर अहिले अरुले दोएको दुध पहेंला हरिया जर्किनमा भरिएर गाउ“बाट शहर आइपुग्छ र शहरमा कुच्चिएका प्लाष्टिकका बोतलमा भरिएर डोको, थुन्चे र झोलामा पा“जिएर मानिसका घरघरमा पुग्छ। यो अवस् थाले मानिसको स् वास् थमा गम्भीर असर नगर्ने कुरै भएन। त्यसैले औषधि पसल, अस् पताल र डाक्टर थपिनु परेको छ। उता मासु, तरकारी, फलपूmल, पोकाका खानेकुरा सबैले अस् पताल थप्ने कुरालाई सघाइरहेकै छन्।

कच्चा दूध प्रशोधन गरेर विभिन्न परिकार र प्रशोधित दूध बनाउने र शहरको उपभोक्तासम्म पु¥याउने आधुनिक उद्योग खुल्न थालेको पनि धेरै भयो। तिनले विगतमा केही ठूला शहरमा मात्र सेवा दिएको भए पनि अब यसको आवश्यकताको विस् तार तीब्र गतिमा ह“ुदैछ। उद्योगको आवश्यकता अनुसारको दूध संकलन गर्ने गरी दुध चिस् यान केन्द्रको विस् तार पनि भइरहेको छ। शहरको दूधको माग धान्न गाउ“मा व्यवसायिक गाईभैंसी पालनमा तीब्रता आएको छ। सरकारका कर्मचारीले पनि धेरथोर कमिशन लिएर किसानलाई सघाउने गरेका छन्। जेहोस् गाउ“मा धेरथोर दुधको उत्पादन बढेको छ र त्यसले शहरको माग धानेको छ।
सरकारले २०७५ असोजमा डेरी व्यवसायको बारेमा गोठदेखि ओठसम्मको एउटा मार्गचित्र कोरिएको निर्देशिका जारी गरेको छ। यसलाई छ महिनाको समय दिएर लागु गर्ने भनियो। लागु कसरी हुन्छ त्यो पर्खाइको विषय भएको छ। यदि लागु भयो भने उपभोक्ताको स् वास् थमा थोरै भए पनि न्याय हुन्छ। दूध उत्पादक किसानदेखि शुरु भएर चिस् यान केन्द्र, उद्योग र खुद्रा बिक्रेता ह“ुदै उपभोक्ताको भान्सामा पुग्नुपर्ने नियम छ। खुला दूधको व्यापार गर्ने हजारौं मानिसले यो नियम लागु गरेर दूध बेच्न सक्ने छैनन्। नियम नपु¥याई बेच्न नदिने नीति सरकारको हो। यदि यो नियम लागु भयो भने उद्योगले पनि अहिलेको जस् तो नाममात्रको सरसफाइ र उपभोक्ताको स् वास् थ्यस“ग खेलवाड गर्ने कतिपय डेरी उद्योगको लापरवाही स् वीकार्य हुनेछैन। यस् तो अवस् थामा उत्पादक किसान, दूध संकलन गर्ने चिस् यान केन्द्र, प्रशोधन गर्ने उद्योग र बिक्री गर्ने व्यवसायी सबैले तोकिएको मापदण्ड पूरा गरेर मात्र उपभोक्तासम्म पुग्न पाउने छन्। यसले उपभोक्तामा विश्वास बढाउ“छ उपभोक्तालाई न्याय गर्छ। तर व्यवसायीको लागत केही मात्रामा बढाउ“छ। लागत बढे पनि व्यवसायको दिगो विकासको आधार तयार हुन्छ भने उपभोक्ताले गुणस् तरहीन दुध र दूधजन्य परिकार पैसा तिरेर खरीद गर्नुपर्ने छैन।

शुरुमा चल्दै गरेको चलन बदल्नुपर्ने, पाएको नाफा गुमाउनुपर्ने, लगानी बढाउनुपर्ने, उपभोक्ताले भान्सामै पाएको दूध पसलमा गएर खरीद गर्नुपर्ने जस् ता केही असहज लाग्ने भए पनि विस् तारै यो सबै व्यवस् िथत बन्दै जान्छ र मानिसले नया“ चलनलाई अपनाउनेछन्। किनकि नया“ चलनले उत्पादकदेखि उपभोक्तासम्म सबैलाई न्याय गर्छ। सबैभन्दा बढी उपभोक्तालाई न्याय गर्छ। यसको प्रभाव बिस् तारै उपभोक्ताको विश्वास बढ्छ। विश्वासले खपत बढ्छ। खपतले उत्पादन बढाउन माग गर्छ। यसरी हेर्दा अर्को ५÷७ वर्षमा नेपालमा डेरीको बजार कम्तिमा पनि दोब्बरले बृद्धि हुनेछ।

यो माग धान्न उत्पादक किसान र प्रशोधन गर्ने उद्योगले क्षमता विस् तार गर्नुपर्छ। यसमा सरकारले सघाउनुपर्छ। यसो हुन सक्दा स् वदेशी उत्पादनले बजार भेटाउने, धेरैले रोजगारी पाउने, सीप क्षमताको विकास हुने र सबैभन्दा महत्वको कुरा उपभोक्ताको स् वास् थमा सकारात्मक सुधार हुने हुन्छ। आम जनताको पैसा औषधि, डाक्टर र अस् पतालमा कम खर्च हुन्छ र आम्दानी बढ्छ।

सरकारको नजिकमा भएका एकथरि मानिस यो तमाम सम्भावनालाई देखेर यो माग धान्न नेपाली व्यवसायीमा सामथ्र्य छैन त्यसैले विदेशीलाई यो व्यवसायमा ल्याउनुपर्छ भनेर लविड. गरिरहेका छन्। खास गरिकन भारतीय ठूला डेरी उद्योगले यसमा चासो देखाएको अवस् था छ। उनीहरु नेपाली बजारको यो सम्भावनालाई आप्mनो पोल्टामा पार्न चाहन्छन्। यो उनीहरुको धर्म हो। नेपालमा विदेशी लगानी ल्याउने धुनमा डेरी उद्योगमा विदेशी लगानी ल्याउने कसरत हुन थालेको छ। संसदमा पेश गर्न ऐनको मस् यौदा बन्न थालेको छ। उच्च पदस् थहरुस‘ग यस् ता विदेशी व्यवसायीको उठबस बाक्लिएको छ।

गत वर्ष अलि बढी दुध उत्पादन भएको र त्यो सबै खपत नभएर किसानले दुध सडकमा पोखेको कुरालाई आधार बनाएर किसानको समस् या समाधान गर्न नेपाली डेरी उद्योगी सक्षम भएनन् भन्ने गरिन्छ। त्यसैगरी बजारमा गुणस्तरीय डेरी जन्य वस् तु उपलव्ध हुन सकेन पनि भन्ने गरिन्छ। केही ठूला तारे होटल र महलहरुमा विदेशबाट डेरी जन्य वस् तु आयात पनि हुने गरेका छन्।

धुलो दूध, बटर, घ्यु, चकलेट, आइक्रिम, चिज, केण्डी मिल्क, लेक्टोज आदि अहिले पनि आइरहेको छ। देशको उत्पादनलाई बढावा दिएर, उद्योगलाई सक्षम बनाएर आयातलाई निरुत्साहित गर्नुपर्छ। यदि विदेशी लगानी डेरी व्यवसायमा ल्याउने हो भने त्यो निकै खतरनाक सावित हुनेछ। पहिला कुरा यहा“ भएका डेरी उद्योगले तिनीहरुस“ग प्रतिस् पर्धा गर्ने प्रयाप्त क्षमताको विकास गरिनसकेकाले टिक्न मुस् िकल पर्छ। विदेशीको एकाधिकार बढ्दै जान्छ। राष्टिय पू“जी धरासायी बन्छ। दोस्रो र महत्वपूर्ण कुरा विदेशीले यहा“ उद्योग चलाउन चाहिने कच्चापदार्थ अर्थात दूधको आपूर्ति नेपालमा हुन नसके विदेशबाट ल्याउन सक्ने भन्ने प्रावधान राख्न लगाउनेछन्। अहिले राखेनन् भने पनि पछि थप्न लाउने छन्। किनकि उनीहरुलाई यहा“ उद्योग चलाएर यहा“का उपभोक्ताले तिर्ने पैसामा आप्mनो नाफाको खोजी गर्ने हो। यहॉ“का किसानले दूध उत्पादन गरुन वा नगरुन त्यसस“ग खासै सरोकार हु“दैन। उद्योग चलाउन जहा“ कच्चा पदार्थ सस् तो हुन्छ उनीहरु त्यहींबाट ल्याएर चलाउने हुन्।

भारतीय पू“जी डेरी उद्योगमा आउ“दा उनीहरुले कच्चा दूध भारतबाटै ल्याउन बल गर्नेछन् किनकि नेपालमा भन्दा भारतमा दूधको उत्पादन लागत निकै न्यून छ। त्यहा“ डेरी उद्योगको लामो इतिहास छ। विधि, प्रविधि, सरकारी सहयोग आदिका कारण भारतीय किसानले नेपाली किसानले भन्दा सस् तोका कच्चा दूध उत्पादन गर्ने गरेका छन्। यस् तो अवस् थामा नेपाली किसानको दूध विभिन्न बहानामा नकिनेर वा अभाव सिर्जना गराएर उद्योग चलाउन दूध ल्याउनैपर्ने भयो अनुमति देउ भनेर भारतीय कच्चा दूध नेपाल भित्रिने छ। यस् तो अवस् थामा भारतीय कच्चा दूध मात्रै होइन कतिपय प्रोडक्ट नै पनि आजको भन्दा धेरै भारतबाटै आउ“छ। किनकि यताभन्दा उतै उत्पादन गर्दा सस् तो पर्छ। यहा“को बजारमा उनीहरुको ब्राण्डले पहिचान बनाइसकेको हुन्छ। यहा“ भएको रोजगारी समेत गुम्ने अवस् था आउ“छ।
विशेष गरी कृषिमा विदेशी लगानी ल्याउनुभन्दा विदेशी प्रविधि, सीप, ज्ञान, केही समयका लागि विशेषज्ञ ल्याएर यहीको पू“जी उत्पादनमा लगाउनुपर्छ। धेरैले रोजगारी पाउन सक्ने, सजिलै बजारमा पहु“च राख्न सकिने, उपभोक्ताको अभाव नहुने, थोरै सिकेर धेरै गर्न सकिने व्यवसाय भनेको कृषि व्यवसाय हो। कृषिमा आज हामीले धेरै गर्न सकेनौं भनेर विदेशी लगानी ल्याउने हो भने अहिले जसले कृषिमा केही गर्ने जा“गर देखाएर लगानी, समय, सीप लगाइरहेका छन् तिनीहरु पछि हट्न बाध्य हुनेछन्। अहिले केही गरौं भन्ने उत्साह धेरै मानिसमा देखिएको छ। विशेष गरी विदेशबाट फर्किएका युवामा। हो, समस् या छन्। विचौलियाको दबदबा छ, प्रविधिको अभावमा उत्पादन लागत बढी हुने गर्छ। समस् या छ भनेर काम नै नगर्ने हो भने हामीले कहिल्यै सिक्ने छैनौं।
कृषि उत्पादन क्रमशः बढिरहेको छ। यसको गतिलाई अभैm बढाउनुपर्छ।

बजार व्यवस् िथत गर्नुपर्छ। गुणस् तरमा जोड दिनुपर्छ। उपभोक्तालाई पनि न्याय गर्नुपर्छ। दूध सडकमा पोखिनु, टमाटर बाटामा मिल्काउनु, बन्दाकोपीको बारीमा डोजर लगाउनु, भारतीय तरकारी बोकेका गाडी छेकिनु नराम्रो मात्रै होइन। राम्रो हुन थालेको संकेत पनि हो। यसलाई व्यवस् िथत बनाउन सबै लागौं। सानो समस् या देखिने बित्तिकै कमिशनखोरको कुरा सुन्ने र आत्तिएर विदेशी लगानीका लागि जताततै ढोका खोल्नु गल्ती हुन्छ भन्ने बुभ्mनु आवश्यक छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top