Free songs
Home / फिचर समाचार / जीर्ण खम्बाको सुधारमा ध्यान नजाँदा त्रास

जीर्ण खम्बाको सुधारमा ध्यान नजाँदा त्रास

नन्दराम खड्का

हालेरी। रोल्पा रुन्टिगढी गाउ“पालिकाको वडा नं. ६ का सरेचौर, निगालपानी, डुब्रिङ लगायतका ठाउ“मा बिजुली जाने होलेरी नजिकैको विद्युतको खम्बा जीर्ण अवस् थामा छ।

शुरुमा राम्रै ठाउ“मा गाडिए पनि पछि डुब्रिङ जाने मोटर बाटो फराकिलो बनाउ“दा उक्त खम्बा बाटोको माथिल्लो छेउमै जीर्ण बन्न पुग्यो। लामो समयसम्म पनि यस विषयमा कसैको ध्यान नजा“दा अहिले उक्त बाटोमा पैदल वा सवारी साधनमार्फत हिड्ने यात्रु र नजिकै सरेचौर गाउ“का वासिन्दाहरु विद्युतको खम्बा कतिबेला ढल्छ र क्षति गर्छ भनेर चिन्तित र त्रसित बन्न थालेका छन्।

‘बाटो हि“ड्दा कतिबेला खम्बा ढल्छ र मार्छ भन्ने डरले सताउछ। घरमा हुदा ढल्यो भने गाउमा ठूलो क्षति गर्छ कि भन्ने डरले सताइरहन्छ’– स् थानीय एवं डुब्रिङ गाविसका पूर्वअध्यक्ष कृष्णबहादुर चन्दले चिन्ता ब्यक्त गर्नुभयो। उहाले भन्नुभयो– ‘माथि तारमा करेन्ट बहने विद्युतको खम्बा ढल्यो भने निकैनै ठूलो क्षति गर्न सक्छ। झन यो त बाटो नजिकै माथिल्लो छेउमै छ। अहिल्यै ढल्छ कि जस् तो छ।’

अब वर्षातको समय आउने भएकाले अझ समस् या आउने स् थानीयको चिन्ता छ। यस् तो संबेदनशील विषयमा छिट्टै ध्यान दिन स् थानीयको आग्रह छ। आफूहरुको खम्बा सार्ने तयारी भएको तर नजिकै गाउ“पालिकाको फिल्ड बनाउने योजना भएकाले फिल्ड बनाइसकेपछि मात्र खम्बा सार्ने भनिएको गाउ“पालिकाको निर्देशन पालना गर्दा अझै खम्बा नसारिएको विद्युत प्राधिकरण हालेरीका प्रमुख दिलराज खत्रीले बताउनुभयो।

रुन्टिगढी गाउ“पालिकाका अध्यक्ष बालाराम बुढाले भने खम्बा भएको ठाउमा बसपार्क बनाउने गाउपालिकाको योजना रहेको र अबको १०–१५ दिनभित्रै उपयुक्त ठाउ“मा खम्बा सारिने बताउनुभयो। उहा“ले भन्नुभयो– ‘खम्बा भएको स्थानमा हामीले बसपार्क बनाउने योजना बनाएका छौं र अहिले हामी त्यसैको प्रक्रियामा छौं। बसपार्क बनाइयो भने प्राविधिक दृष्टिकोणले खम्बा उपयुक्त ठाउ“मा सारिनेछ।’ साथै अबको १०–१५ दिनभित्रै खम्बा सारिने अध्यक्ष बुढाले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top