Free songs
Home / सम्पादकीय / जलविद्युतमा जनताको लगानी

जलविद्युतमा जनताको लगानी

‘नेपालको पानी जनताको लगानीः सबै नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ सरकारले जलविद्युत आयोजनामा आम जनताको लगानी केन्द्रित गर्ने तयारी थालेको छ। त्यसका लागि चैत ७ गतेदेखि त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ। सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार पा“च सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्षका साथ उक्त कार्यक्रम लागु गरेको हो। यो कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशुली जलविद्युत कम्पनीको साधारण शेयर बिक्री गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ। जसअनुसार पहिलो चरणमा ३७ लाख पा“च हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ। ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत कम्पनी हो। ३७ मेगावाट विद्युत उत्पादनको आ“कलन गरिएको यो योजनामा निर्माण अवधिको व्याज समेत गरी कूल आठ अर्ब २२ करोड ७४ लाख लगानी लाग्ने अनुमान गरिएको छ।

सबैभन्दा पहिलो कुरा त यो अवधारणा आफैमा निकै महत्वपूर्ण छ। लामो समयदेखि जनस् तरबाट आवाज उठ्दै आए पनि सरकारले तत्कालीन ‘पुष्पकमल दाहाल प्रचण्ड’ नेतृत्वको सरकारका ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने कार्यक्रम औपचारिकरुपमा अघि सार्नुभएको थियो। अहिले केपी ओली नेतृत्वको सरकारका ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले यसमा थप संशोधन गर्दै ‘नेपालको पानी जनताको लगानीः सबै नेपाली विद्युतको शेयरधनी’ कार्यक्रम अघि सार्नुभएको छ। यसपटक कार्यक्रम मात्र अघि सारिएको छैन, कानुन निर्माण र कम्पनीसमेत निर्माण गरेर शेयर आह्वानको चरणसम्म पुगिसकेको छ। त्यसो त प्रधानमन्त्री ओलीले पहिलो शेयर आफूले लिएर अभियानको शुरुवात गर्ने बताइसक्नुभएको छ। जनस् तरमा मात्रै चर्चामा रहने यो अभियानले मूर्तरुप लिने भएको छ, यो महत्वपूर्ण उपलब्धि हो।

यो कार्यक्रम किन जरुरी छ भने यो मुलुकको समृद्धिको आधार बन्नसक्छ। यसले एकातिर जलविद्युत उत्पादन बृद्धि गर्न नयाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भने अर्कोतिर नेपाली जनताको लगानी सुनिश्चित गर्नेछ। नेपालमा ८३ हजार मेघावाट विद्युत उत्पादन गर्न सकिने जलस्रोत छ। तर, अहिले मुस् िकलले एक हजार मेघावाटको हाराहारीमा उत्पादन भइरहेको छ। हामीलाई चाहिएको अहिलेलाई एक हजार पाँच सय मेघावाट मात्रै हो। केही भारतबाट किनेर अनि किफायती अपनाएर विद्युत पु¥याउने गरिएको छ। त्यसो त यहाँ उल्लेख गर्न नभुल्ने एउटा कुरा के छ भने छोटो समयमै नेपालमा लोडसेडिङको अन्त्य भएको छ। राज्य बलियो हुँदै जाँदा राजनीतिक नेतृत्वमा देखिएको इच्छाशक्ति र खासगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सफल व्यवस्थापनका कारण विद्युतको चोरी तथा चुहावट मात्रै रोकिदा पनि लोडसेडिङ अन्त्य हुन सक्यो। अब यही स तरको व्यवस् थापनबाट नै जनताको जलविद्युत आयोजना पनि सफल बनाउनुपर्छ।
योजना र लगानी सुरक्षाको आधार तयार पार्ने हो भने नेपालमा पैसाको अभाव छैन।

त्यसैले भन्ने पनि गरिन्छ, देश गरिब छ तर जनता धनी छन्। अहिले केही हुनेखानेहरुले पुख्र्यौली जग्गा बिक्री गरेर नयाँ लगानीको संभावना खोजिरहेका छन् भने नहुनेहरुले पनि वैदेशिक रोजगारीबाट ठूलो रकम भित्रिने गरेको छ। यो दुबैथरि रकमलाई जलविद्युतमा लगानी गर्ने वातावरण बनाउनेबित्तिकै विद्युत उत्पादन ह्वात्तै बढ्नेछ भने जनताको जीवनस् तरमा धेरै माथि उठ्नेछ। हुण्डीलगायतको बाटोबाट आउने रकम नजोड्ने हो भने पनि वर्षमा आठदेखि १० खर्बसम्म वैधानिकरुपमै विप्रेषण भित्रिने गरेको छ। यसको दश प्रतिशत मात्रै जलविद्युतमा लगाउने हो भने पनि विप्रेषणबाट आएको रकमबाट वर्षेनि आठदेखि १० अर्बसम्म रकम संकलन हुनसक्छ। यो भनेको ४० मेघावाट विद्युत उत्पादन गर्ने लगानी हो। मानौं कुनै युवाले विदेशमा पाँच लाख कमाउँछ भने राम्रो वातावरण बने उसले ५० लाख जलविद्युतमा लगानी गर्नु असम्भव कुरा पनि होइन। त्यसो त बिप्रेषणबाट आउने झण्डै ९५ प्रतिशत रकम अहिले पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। विप्रेषणको केही हिस् सा मात्रै जलविद्युतमा लगाउने हो भने एकातिर विद्युत उत्पादन बढ्नेछ भने अर्कोतिर विदेशबाट फर्कदा हरेक नेपाली कम्पनीका मालिक भएका हुनेछन्। त्यसैले यो कार्यक्रममा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई बढी केन्द्रित गर्नु आवश्यक छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top