Free songs
Home / समाचार / संक्षिप्त समाचार / क्रिकेटको जुनियर टिम सार्वजनिक

क्रिकेटको जुनियर टिम सार्वजनिक

युगबोध समाचारदाता

घोराही । क्रिकेट संघ दाङले जुनियर टिम सार्वजनिक गरेको छ। भविष्यमा हुनसक्ने जुनियर प्रतियोगितालाई मध्यनजर गरी ३५ सदस् यीय जुनियर टिम तयार पारेको संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो।

शान्ति निकेतन विद्यालयको आयोजना तथा तपस् या टे«डर्सको मुख्य प्रायोजन र क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा गत फागुन २१ गतेदेखि २५ गतेसम्म घोराहीमा भएको तपस् या कप जिल्लास् तरीय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताबाट १६ वर्षमुनिको जिल्लाको क्रिकेट टिम तयार पार्ने उद्देश्यले खेलाडी छनोट गरेको अध्यक्ष मजगैयाले जानकारी दिनुभयो। विद्यालयस् तरमा क्रिकेटको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागी खेलाडीहरुले अत्यन्तै उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अध्यक्ष मजगैयाले छनोट भएका खेलाडीहरुलाई नियमित प्रशिक्षण दिने र अन्य जिल्लाका खेलाडीहरुस“ग मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गर्दै लैजाने बताउनुभयो।

छनोट चरणको प्रतियोगिता भनेर विद्यालयमा पत्राचार गरे पनि सबै विद्यालयले प्रतियोगितामा सहभागिता नजनाएकाले प्रतिभावान खेलाडीहरु अवसरबाट बञ्चित भएको बताउ“दै अध्यक्ष मजगैयाले भन्नुभयो– ‘हाम्रो आधिकारिक संस् था क्यान निलम्वनमा भए पनि हामीले प्रतियोगिता सञ्चालन गरिरहेका छौं। विभिन्न संस् थाले आयोजना गर्ने प्रतियोगितालाई संघको निगरानीमा राखेर सञ्चालन गरिरहेका छौं। शान्ति निकेतनले आयोजना गरेको प्रतियोगिताबाट जिल्लाको जुनियर टिम छनोट गर्ने भने पनि राम्रा खेलाडी भएका विद्यालयले टिम नपठाउ“दा दुखित तुल्याएको छ। आगामी दिनमा टप खेलाडीहरुलाई पनि यो टीममा समावेश गर्दै जिल्लाको टिमलाई बलियो बनाउने छौं।’

 

विद्यालयस् तरीय प्रतियोगितामा जिल्लामै पहिलोपल्ट हार्डवलको प्रयोग गरिएको भन्दै अध्यक्ष मजगैयाले अब हार्डवल बाहेकका प्रतियोगितामा संघको सहयोग नरहने बताउनुभयो। जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताबाट छनोट खेलाडीहरुलाई केही समयभित्रैबाट अभ्यास गराइने अध्यक्ष मजगैयाको भनाइ छ।

छनोट भएका खेलाडीहरुमा सन्दीप पोख्रेल, विपीन खड्का, अभिषेक केसी, संगीत केसी, युवराज सुवेदी, वसन्त रिजाल, युकेश थापा, पदम घर्ती मगर, आशीष ओली, आयुष ओली, आर्यान घिमिरे, आयुष अधिकारी, संस् कार पछाई, प्रशान्त जीएम, गगन थापा, इशान चौधरी, शरद सुवेदी, सुमन दसौदी, सुदन भण्डारी, दक्ष ठाकुर, सुप्रिम रोका, प्रकाश खनाल छन। यसैगरी कमल बिएम, सुप्रिम घिमिरे, रोहन कर्ण, रविन्द्र अधिकारी, प्रदीप अधिकारी, जीवन आले मगर, अभिषेक खनाल, आकर्ष पाण्डे, प्रभाकर जीएम, नविन मोतीखर्के, अर्पण सेन्चुरी, विजय पौडेल र विभव पोख्रेल पनि चयन भएका छन।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top