Free songs
Home / विचार / ऐतिहासिक पृष्ठभूमिमा काश्मीर समस्या

ऐतिहासिक पृष्ठभूमिमा काश्मीर समस्या

शशिधर भण्डारी

काश्मीर प्राकृतिक स्रोत साधनले सम्पन्न एउटा समृद्ध र सौन्दर्यपूर्ण देश थियो। यो भूगोलको मनोरम टुक्रालाई लेखक, साहित्यकार तथा प्रकृतिपे्रमीहरुले ‘पृथ्वीको स् वर्ग’ भनेर परिभाषा गरेको पाइन्छ। यो पृथ्वीको स् वर्गमा ७७ प्रतिशत मुस् िलम, २० प्रतिशत हिन्दू र बा“की तीन प्रतिशत बौद्ध, सिख, इसाई धर्मावलम्बीहरु बस् छन्। काश्मीरको कुल क्षेत्रफल ८४,४७१ वर्गमाइल छ। त्यसमा ५०,५१६ वर्गमाइल भारतीय सेनाको कब्जामा परेको छ भने २३,९५८ वर्गमाइलमा पाकिस् तानले कब्जा जमाएको छ। सन् १९४७ पछि भारत र पाकिस् तानको द्वन्द्वको अखडामा परिणत भएको यो स् वर्गको टुक्रामा सेतो कपास जस् तो हिउ“माथि निरपराध जनताको रातो रगत बगिरहन्छ। आज दक्षिण एशियामा अफगानिस् तानपछिको डरलाग्दो आतंकका घटनाहरुको कहाली लाग्दो तस् िवर बोकेको काश्मीर उपत्यकाका जनता सयौं वर्षदेखि बेचैन र त्रासपूर्वक बा“च्न विवश छन्। यहा“को जनसंख्या सवा करोड छ।

काश्मीरका जनता आत्मनिर्णयको अधिकारको माग गरिरहेका छन्। त्यो मागले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ। तिनीहरुले भारत र पाकिस् तान दुबैबाट अलग रहेर स् वतन्त्र काश्मीर स् थापना गर्न चाहन्छन् वा भारत अथवा पाकिस् तान कसैको पनि सार्वभौमिकता स् वीकार्छन्। त्यो तिनीहरुको आत्मनिर्णयको प्रश्न हो। यो अन्तर्राष्ट्रिय मान्यतालाई सोभियत संघ र चीन जस् ता मुलुक मात्र होइन स् वयं भारत र पाकिस् तानले समेत स् वीकारेको बताउ“छन्। तर पछि गएर भारत र पाकिस् तान दुबै अन्तर्राष्ट्रिय फोरममा आफूले स् वीकार गरेका मान्यताहरुबाट पछि हट्दै गए। भारत र पाकिस् तानले समग्र काश्मीरलाई आफ्नो हकदावीका रुपमा आवाज उठाएर सैन्य परेड खेलाउन थालेपछि काश्मीरको प्रश्नलाईं लिएर भारत पाकिस् तानको द्वन्द्वले उग्र रुप लिदै गयो। यही द्वन्द्वहरुमा शक्ति राष्ट्रहरुले खेल्ने मौका पाए। जसको परिणाम काश्मीर समस् या दक्षिण एशियाको राजनीतिको अशान्तिको विषय बनेको छ। त्यो विषयले दक्षिण एशियाको राजनीति मात्र होइन। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क समेत थला परेको छ। यो समस् याको जड भारत पाकिस् तानको द्वन्द्वमा रहेको छ। प्राकृतिक सुन्दरताका हिसाबले ‘पृथ्वीको स् वर्ग’ का रुपमा परिचित काश्मीरको इतिहास हेर्दा यहा“का जनता कति ‘अभागी वीर’ रहेछन् ? भन्ने प्रश्न उब्जन्छ। काश्मीरका जनता शान्ति र स् वाधीन काश्मीर चाहन्छन्। तर त्यहा“का जनता आतंकवाद, अशान्ति र पराधिनताको सामना गर्न विवश छन्। आतंकवाद समाधान होइन तर इतिहास र समयको मजाक † आज आतंकवाद नै काश्मीरको परिचय जस् तो भएको छ।

काश्मीरको इतिहास पा“च हजार वर्ष पुरानो छ। त्यसको सांस् कृतिक ऐतिहासिकता वैदिक सभ्यता र आर्य आगमनसित पनि जोडिन्छ। त्यसैगरी त्यो मनोरम ठाउ“ खस आर्यहरुको निवासस् थलका रुपमा रहेको पनि खस जातिका अनुस् ान्धानकर्ताहरुले उल्लेख गरेका छन्। तिनीहरुले खसमिर हु“दै काश्मीर भएको पनि बताउ“छन्।

सन् १५८६ को एउटा छोटो कालखण्डलाई छोडेर हेर्दा त्यसपूर्वको काश्मीरको इतिहास स् वतन्त्र र स् वाधीन मुलुकका रुपमा रहेको देखिन्छ। बितेका चार सय वर्ष यताको काश्मीरको इतिहास निरन्तरको द्वन्द्व र तनावहरुले भरिभराउ रहेको देखिन्छ। यो कालमा औपनिवेसिक आधिपत्य, जातीय संकीर्णतावाद, विदेशी आक्रमण आदि कारणबाट आक्रान्त बनेको यो भूगोलका जनताले न्यायिक प्रतिरोधको गौरवपूर्ण इतिहासको पनि निर्माण गरेका छन्। दक्षिण एशियाली उपमहाद्वीपमाथि आर्य जातिहरुको विस् तार नै वैदिक सभ्यताको युग थियो। यो युगमा समाज सामूहिक वा माक्र्सवादी भाषामा आदिम साम्यवादी प्रकारको थियो। वैदिक परिवारमा पिता नै पुरेतका रुपमा थिए। विस् तारै समाजमा किसान र सिपाहीको अस् ितत्व कायम हु“दै आयो। काम अनुरुपको पेशागत मूल मान्यतालाई आर्यहरुले कठोर जातपातको व्यवस् थाका रुपमा परिमार्जन गरे। ऐतिहासिक समतायुक्त समाजलाई जातपात र दास समाजमा रुपान्तरण गर्दै लगियो। अन्तरजातीय विवाहमा समेत रोक लगाइयो। काश्मीरमा विजेताका रुपमा रहेका ब्राह्मण क्षेत्रीहरुको संकीर्ण जातीय सामाजिक बनोट स् थापित थियो। यसैबीच क्राइस् ट जन्मनु भन्दा तीन शताब्दी अगाडि सम्राट अशोकले काश्मीरमाथि आक्रमण गरेर जातीय विभेद र असमानता बिरोधी बुद्ध दर्शनको प्रचार गरे। त्यसले काश्मीरी समाजमा सकारात्मक प्रभाव पा¥यो। जातीय विभेद र असमानतामा जकडिएका काश्मीरका जनता हिन्दु धर्म छोडेर भटाभट बौद्ध धर्मका अनुयायी बने। प्रगतिशील विचार राख्ने ब्राह्मणहरुको ठूलो पङ्ति बुद्धवादको पक्षमा खडा भयो तर अशोकको आधिपत्यपूर्ण शासनले काश्मीरका जनतामा विस् तारै असन्तोषको ज्वार उठाउन थाल्यो। बुद्धको दर्शन मन पराए पनि अशोकको नियन्त्रणकारी शासनप्रति जनताको वितृष्णा पैदा भयो। राजा अशोकको मृत्युपछि काश्मीरले फेरी स् वतन्त्रता र स् वाधीनताको आवाज उठायो। त्यसपछि वैदिक र बुद्धवादीहरुका बीचबाट काश्मीरमा जनताको साझा धर्म, सभ्यता र संस् कृतिका रुपमा शैववादको उदय भयो। वैदिककालीन असमानता, विषमता जातपात व्यवस् थामा खास परिवर्तन आउन सकेन। चौधांै शताब्दीमा काश्मीरमा पसेका मुस् िलमहरुले जातिप्रथा नभएको, धनी गरिब नभएको, शासक र शासितबीच, उचनीचका बीच भेद नभएको भनेर मुस् िलम धार्मिक मान्यताको प्रचार गरे। जातिप्रथा र विभेदबाट पीडित काश्मीरका जनताले इस् लाम धर्म अपनाए।

मुस् िलमहरुले हजारौं हिन्दुहरुलाई जबरजस् ती मुस् िलम पनि बनाएका थिए। यो बहुसंख्यक काश्मीरका जनताले जातिप्रथा र ब्राह्मणवादी संस् कारबाट मुक्ति खोजेको दोस्रो काल थियो तर व्यवहारतः त्यस् तो भएन। इस् लामहरुले पनि जाति प्रथा कायमै राखे। आज पनि काश्मीर र पाकिस् तानमा शासक वर्गका प्रत्येक समूह जसले इस् लामी व्यवस् था निर्माणको माग गर्दछन्। त्यहा जातिप्रथालाई आधिकारिकरुपमा मानिएको छ। त्यो प्रथालाई कोम भनेर सम्बोधन गरिन्छ। यो अवस् थाले काश्मीरका जनतालाई तावाको माछो भुंग्रामा परेजस् तो बनायो।

यो त सांस् कृतिक आक्रमणको व्यथा भयो। काश्मीरमा बितेका चार सय वर्षयता पटक–पटक विदेशी सैन्य आक्रमणहरु भएका छन्। सात पटकको पराजय पछि सन् १५८६ मा भारतका मुगल शासकहरुले काश्मीरमाथि आठौं पटक हमला गरेर कब्जा जमाए। सन् १७५२ सम्म मुगलहरु काश्मीरमा मन्द्राए। त्यसपछि अफगानिस् तानका शासकहरुले मुगलहरुलाई धपाएर सन् १८१९ सम्म शासन गरे। मुगल र अफगानी शासनकालमा हिन्दूहरुमाथि निकै दमन भयो। कैयौंलाई जबरजस् त इस् लाम बनाउने गरियो। मुिस् लम अतिवाद र संकीर्णवादले सीमा नाघेको अवस् थामा सन् १८४६ मा पञ्जावका सिखहरुले काश्मीरमाथि आक्रमण गरेर विजय प्राप्त गरे। तिनीहरुले हिन्दूहरुको सहानुभूति बटुल्ने प्रयत्न स् वरुप गो हत्यालाई मृत्युदण्डको अपराधका रुपमा सजाय गर्ने व्यवस् था गरे। गाई काट्ने मुस् िलमहरुलाई फा“सीसम्म दिइयो। द्वन्द्वमा हिन्दू मारियो भने पीडितले चार रुपैया“ पाउने, मुस् िलम मरेमा दुई रुपैया“ मात्र पाउने नियम बनाए। सिखबाट राज्यको कुनै नागरिक मारिएमा १६ देखि २० रुपैया“ सम्म जरिवाना गर्ने नियम पनि बनाए। मुगल र अफगान शासकहरुको कालमा जनताले धेरै सास् ती व्यहोर्नुपरेको थियो। राज्यलाई अत्यधिक कर तिर्न पर्ने, अनिवार्यरुपमा राज्यले चाहेमा ब“धुवा मजदुर बस् नुपर्ने अवस् था थियो। समाज अनिकाल र रोगव्याधीले थला परेको थियो। त्यो कालमा धेरै जनता देश छोडेर भागेका थिए र कैयनले अनिकालमा ज्यान गुमाएका थिए। त्यतिबेला काश्मीरको जनसंख्या आठ लाखबाट घटेर दुईलाखमा झरेको थियो। अत्याचारी शासनका बिरुद्धमा काश्मीरका जनता लगातार लडिरहे। त्यही क्रममा काश्मीर माथि फेरि बेलायती साम्राज्यवादको प्रहार भयो।

गुलाब सिंह जम्मु शहरको हिन्दू दोग्रा वंशको राजपुत परिवारका व्यक्ति थिए। उनले सिखहरुका उग्र विरोधी विर मियान हिन्दूको टाउको काटेरपंजावका शासक रणजीत सिंहलाई बुझाएका थिए। त्यही कार्यको पुरस् कार स् वरुप उनलाई जम्मुको राजा बनाइएको थियो। गुलाब सिंहको शासनका विरुद्धमा जनआक्रोस पैदा भयो। सो आक्रोश दबाउन उनले गठन गरेको सिख दोग्रा सेनाबाट असंभव भएपछि अंग्रेजको सहयोग मागे। अंग्रेज फौज जम्मु पुगेर हमला ग¥यो र आफ्नो कठपुतली दोग्रा शासन कायम ग¥यो। दोग्रा शासनको एक सय वर्ष काश्मीरमा निकै अन्यायपूर्ण शासन चल्यो। हिन्दू जातिवादी संकीर्णवाद हावी भयो। सो शासनको प्रतिरोधमा उत्रेका रामा खा“, सरदार शब्दअलि खा“ र सरदार मिल्नी खा“को जिउ“दै छाला काढियो अनि छालामा पराल भरेर सार्वजनिक स् थानमा राखियो। दोग्रा शासनकालमा सबैभन्दा बढी किसानहरुलाई निचोर्ने काम भयो। विशेषतः मुस् िलम किसानहरुलाई काम गर्न नसक्ने भएपछि पहाडको अग्लो ठाउ“बाट लडाउनेसम्मका अपराधका कार्यहरु भए। सरकारी सामानको ढुवानी, बाटो मर्मत आदि काम किसानहरुलाई बिना ज्यालामा लगाइन्थ्यो। त्यो थिचोमिचोका बिरुद्धमा काश्मीरका जनताले १९३१ सम्म निरन्तर प्रतिरोधको युद्ध लडे। दोग्रा शासनलाई जोगाउन अंग्रेज सेना काश्मीर पस् यो तर विशाल जनलहरका अगाडि अंग्रेजका तोप र राइफल पनि नकाम भए। जुलाई १३ का दिन सरकारी सेनाले काश्मीरका सयौं निहत्था जनताको संहार ग¥यो। काश्मीर स् वाधीन भयो। १९३२ मा काश्मीरमा ‘मुस् िलम सम्मेलन’ भन्ने पहिलो साम्प्रदायिक पार्टीको स् थापना भयो। सो धर्मको नाममा गठन भएको साम्प्रदायिक प्रकारको पार्टी हुनाले जनसमर्थन बढ्दै गयो। १९३९ मा त्यो पार्टीको नाम ‘राष्ट्रिय सम्मेलन’ भन्ने राखियो। त्यसपछि त्यो पार्टीले गरिब हिन्दु–मुस् िलम भाइ–भाइको नारा लगायो। त्यसपछि सो पार्टीले प्रगतिशील र बुद्धिजीवीहरुको समेत समर्थन प्राप्त गर्दै गयो। तर त्यो पार्टीले भारतको शोषक तथा पू“जीपति वर्गको हितसाधना गर्ने भारतीय राष्ट्रिय कांग्रेसको समर्थन गर्न थालेपछि त्यही पार्टीबाटै ‘किसान मजदुर आन्दोलन’ भन्ने पार्टी गठन भयो। त्यसपछि अखिल भारत मुस् िलम लिग, काश्मीर मुस् िलम सम्मेलन, काश्मीर राष्ट्रिय कांग्रेस जस् ता पार्टीहरु जन्मे। जसले साम्प्रदायिकता र धार्मिक जडताको दिशा लिएपछि काश्मीरको राजनीति अत्यन्त खराब मोडतिर घुम्यो। काश्मीरमा वर्णशंकर विचारधाराका पार्टीहरु उम्रन थाले। तिनमा पर्याप्त जडताहरु थिए। ती न कुनै कार्यनीतिमा आधारित थिए न कुनै रणनीतिमा।

१५ अगस् त १९४७ मा भारत आजाद भएपछि भारतीय स् वतन्त्रता विधेयकअन्तर्गत काश्मीर पनि स्वतन्त्र भएको थियो। दोग्रा सरकारको अन्त्यपछि अंग्रेज काश्मीरलाई भारतमा गाभ्न चाहन्थ्यो। तर त्यहा“का जनताले प्रतिरोध गरे। १९४७ अक्टुबर ४ मा काश्मीरका जनताले स् वतन्त्र स् थायी सरकारको घोषणा गरे। राजा हरिसिंह राजधानी श्रीनगर छोडेर आफ्नो घर जम्मुमा गएर बसे। भारत सरकारले काश्मीरलाई भारतमा मिलाउनुपर्छ भनेर राखेको प्रस् तावमा राजाले सहीछाप गरे। त्यही बहानामा भारतले अक्टुबर २७, १९४७ मा काश्मीरमाथि हमला ग¥यो र सैन्य अड्डा पनि राख्यो। त्यही दिनबाट भारत र काश्मीरका बीचमा द्वन्द्व सञ्चालन हु“दै आएको छ। पाकिस् तानका संस् थापक मुहम्मद अलि जिन्नाले १० जुलाई १९४७ मा भनेका थिए– ‘यदि काश्मीरले राज्य चाहन्छ भने त्यसले स् वतन्त्रताको घोषणा गर्न सक्छ।’ जनवरी २५, १९४८ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई सम्बोधन गर्दै भारतीय राजदूतले भनेका थिए– ‘हामीले एउटा स् वाधीन राज्य बन्ने र संयुक्त राष्ट्रसंघको सदस् यको माग गर्ने काश्मीरका जनताको मागलाई मान्यता दिएका छौं।’ अन्तर्राष्ट्रिय फोरमहरुमा भारत र पाकिस् तानका नेता तथा कूटनीतिज्ञहरु त्यस् तै बोल्छन्। तर तदनुरुप काम गर्दैनन्। स् वतन्त्र काश्मीरको अक्टुबर ४, १९४७ काश्मीर स् वतन्त्रताको घोषणालाई भारतले पाकिस् तानीसित काश्मीर मिलाउने पाकिस् तानको षड्यन्त्र बताएर प्रतिवाद ग¥यो।

आज काश्मीरको प्रश्नलाई लिएर काश्मीरमा हुने सम्पूर्ण गतिविधिको योजनाकार पाकिस् तानको हो भन्ने आरोप भारतको छ। पाकिस् तानले त्यसलाई अस् वीकार गर्दै आएको छ। भारत र पाकिस् तानको बीचमा अहिलेसम्म दुईवटा ठूला–ठूला युद्धहरु भइसकेका छन्। सीमामा सानातिना घटनाहरु भइरहन्छन्। भारत र पाकिस् तान काश्मीर समस् याका जड हुन्। काश्मीरको प्रश्नले ती दुई देशका बीचमायति तिक्तता बढाएको छ कि एउटा अन्तर्राष्ट्रिय फोरममा तात्कालिन प्रधानमन्त्री बेनजीर भुट्टोले ‘इण्डियन कुत्ता’ भनेर बोलेकी थिइन्। आज विषेशतः काश्मीरको प्रश्नलाई लिएर भारत पाकिस् तानको विरुद्धमा पैदा भएको तनावले सार्कको सम्मेलन हुन सकिरहेको छैन। सार्कको अध्यक्ष नेपाल छ तर सार्क एउटा बिरामी संस् था बनेको छ। सार्क बडापत्रका अनुसार दुई देशीय मुद्दा सार्कमा उठाउन पाइ“दैन। भर्खरै काश्मीरमा झण्डै चार दर्जन भारतीय सैनिकहरुको आतंकवादी हमलाका कारण मृत्यु भयो। भारतले त्यसको जवाफमा पाकिस् तान माथि हवाई आक्रमण ग¥यो। पाकिस् तानले पाकिस् तान छिरेको विमान अपहरण गरेर त्यसका पाइलटलाई गिरफ्तार ग¥यो र रिहा गरिदिएर मानवीय काम पनि ग¥यो।

यस् तो ऐतिहासिक विषय बोकेको काश्मीरको प्रश्नलाई लिएर पैदा भएका अन्तर्विरोधहरुले दक्षिण एशियाले विश्व राजनीतिक मञ्चहरुमा संस्थागत र संगठितढंगले आफ्ना क्षेत्रीय हितका मुद्दाहरु उठाउन सकेको छैन। काश्मीरको झट्टै निको नहुने जस् तो देखिने चहराइरहेको घाउले त्यसै पनि पिछडिएको दक्षिण एशियालाई अरु पछाडि धकेल्दै छ। काश्मीरको घाउ निको पार्ने मलम दक्षिण एशियाका आणविक शक्ति सम्पन्न दुई मुलुक भारत र पाकिस् तानको गोजीमा छ। बिडम्बना † तिनीहरु सो घाउमा मलम लगाएर निको पार्न तयार छैनन्। त्यसैले काश्मीर घाटीको सेतो हिउमा निहत्था जनताको रातो रगत बगिरहन्छ। अहिले काश्मीरमा पैदा भएको संकट मत्थर भएजस् तै देखिन्छ। तर समस् याहरु मत्थर भएका छैनन्।

(लेखक प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वर्तमान सल्लाहकार हुनुहुन्छ।)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top