Free songs

आँखा तालिम

लमही। नेपाल नेत्रज्योति संघ राप्ती आखा अस्पतालको प्राविधिक सहयोगमा राप्ती प्राविधिक शिक्षालय लालमटियाले अप्टिकल डिस् पेन्सर तह एकको ६५ दिने तालिम लमहीमा शुरु गरेको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत उक्त निःशुल्क तालिम नेत्रहीन संघ रातोडा“डा लमहीमा शुरु गरेको हो। शिक्षालय प्रमुख मोतीलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेत्रज्योति संघका केन्द्रीय सदस् य तथा जिल्ला सभापति कृष्णकुमार गिरीले गर्नुभएको थियो।

उहाले सहभागीहरूलाई तालिम अवधिभर दत्तचित्त भएर लाग्न र लापरवाही नगर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा लमही ऑखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले सबै सहभागीहरूलाई स्वावलम्बी बन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। सभापति मोतीलाल चौधरीले सरकारले वैदेशिक रोजगारलाई निराकरण गर्नका लागि स् वदेशका जनतालाई स्वरोजगार र समृद्ध बनाउने उद्देश्यले सरकारले यस् ता तालिमहरू दिने गरेको बताउनुभयो।

तालिममा सप्तरी, महोत्तरी, अर्घाखा“ची, भैरहवा र दाङका २० जनाको सहभागिता छ। सहभागीमध्ये अधिकांश महिला रहेका छन्। तालिममा दृष्टि विशेषज्ञ मदन चौधरी प्रशिक्षक रहनुभएको छ। नेपाल सरकार स् वरोजगार अवधारणा अनुरूप शुरु गरिएको यो तालिम दाङ जिल्लामा पहिलो हो। तालिम संयोजक कुलराज चौधरीले जानकारी गराउनुभएको थियो। शिक्षालयका लेखा अधिकृत खेमराज गौतमले कार्यक्रमको विस् तृत जानकारी तथा स् वागत मन्तव्यबाट शुरु गरिएको उक्त उद्घाटन कार्यक्रमको सञ्चालन बालाराम खड्काले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top