Free songs
Home / फिचर समाचार / विश्व उपभोक्ता दिवस, ‘नियमित अनुगमन नहुँदा उपभोक्ता ठगिए’

विश्व उपभोक्ता दिवस, ‘नियमित अनुगमन नहुँदा उपभोक्ता ठगिए’

 ओपेन्द्र बस्नेत

तुलसीपुर। उपभोग्य वस्तुको नियमित अनुगमन नहुदा उपभोक्ताहरु ठगिने क्रम बढेको एक कार्यक्रमका वक्ताले बताएका छन्।

विश्व उपभोक्ता दिवसका अवसरमा तुलसीपुर उपमहागनरपालिका उपभोक्ता तथा हित संरक्षण शाखाले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले नून, तेल, चामल दाल, विस्कुटलगायतका खाद्यान्न तथा तयारी अवस्थामा रहेका उपभोग्य वस्तुको गुणस्तरीयता र त्यसको मूल्यमा समेत एकरुपता हुनुपर्ने बताए।

विगतमा गरिएका फितलो अनुगमन, त्यसमा पनि आउदैछौं भनेर गरिएको अनुगमन प्रक्रिया पु¥याउने मात्रै भएको बताउ“दै उनीहरुले दिवसमा मात्रै कोठामा गरिने भाषण र कुराले कुनै अर्थ नराख्ने बताए।

सो अवसरमा नगरप्रमुख घनश्याम पाण्डेले वस्तु मात्रै नभएर सेवाका बारेमा पनि अनुगमन हुनुपर्ने बताउनुभयो। नेपालमा गुणस्तरको वर्तमान मापदण्डका बारेमा छलफल हुनुपर्ने उल्लेख गर्दै उहा“ले जनता सचेत भएमा कसैले पनि ठग्न नसक्ने दाबी गर्नुभयो। इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले उपभोक्ता अधिकारका बारेमा सबैलाई चासो हुनुपर्ने बताउ“दै पाठ्यक्रममा समेत उपभोक्ताका बारेमा सम्वन्धित विषयवस्तु राख्नुपर्ने कुरामा जोड दिनुभयो। सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माले उपभोक्ता हित संरक्षण र हाम्रो कार्यभार विषयमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो।

उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख गिरिराज मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सूचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो।

उपभोक्तालाई सचेत बन्न आग्रह
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ।

गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको सरोकार भन्ने नाराका साथ घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १८ ले आयोजना गरिएको अन्तर्राष्ट्रिय उपभोक्ता दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले उपभोक्ताहरुलाई सचेत बन्न आग्रह गर्नुभएको हो।

उहा“ले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो। उहा“ले उत्पादनलाई विषादीरहित र व्यवसायीहरुले मिसावटरहित बनाउनुपर्ने बताउनुभयो।

उहा“ले कीरा मार्ने र धेरै फलाउने नाममा बिषादी छर्केर मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको प्रति उपभोक्ता र उत्पादनकर्ता सचेत हुनुपर्ने बताउनुभयो। गुणस्तरीय वस्तु उत्पादन र बिक्री गरेर आर्थिक आर्जन गर्न सकिने भन्दै उहा“ले छिटो र धेरै कमाउने नाममा स्वास्थ्यलाई जोखिममा पार्न नहुनेतर्फ सचेत गराउनुभयो।

वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका कमल गौतम, रझेना टोल विकास संस्थाका सचिव किरण रेग्मी, गिठेपानी टोलका सचिव मातृका पाण्डे, भाडा व्यवसायी मधु अधिकारीले वस्तुहरुको गुणस्तर जा“चका लागि स्थानीय सरकारले प्रविधि ल्याउनुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो।

कार्यक्रममा वडा नम्बर १४ र १८ का टोल विकास संस्थाका पदाधिकारीहरुलाई सहभागी गराइएको थियो। कार्यक्रमको सहजीकरण वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डा“गीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top