Free songs
Home / समाचार / संक्षिप्त समाचार / रुन्टिगढी विकास सम्मेलनको समीक्षा

रुन्टिगढी विकास सम्मेलनको समीक्षा

नन्दराम खड्का

होलेरी। रुन्टिगढी गाउपालिकाले केही समयअघि आयोजना गरेको विकास सम्मेलनको समीक्षा गरेको छ।

कार्यक्रम सफल भएको र दशबु“दे घोषणापत्र जारी गरिएको अध्यक्ष बालाराम बुढाले बताउनुभयो। त्यस्तै चैत ७ र ८ गते रुन्टिगढी गाउ“पालिकाको आयोजनामा होलेरीमा हुने प्रथम राष्ट्रिय अक्षर महोत्सवको तयारीबारे पनि छलफल भएको थियो।

जीवनभर साहित्य क्षेत्रमा कलम चलाउ“दै आएका व्यक्तिलाई ल्याएर पर्यटन र समृद्धिको नया सम्भावना खोजी गरिने अध्यक्ष बुढाले बताउनुभयो। शुक्रवार गाउ“पालिकाको प्राङ्गणमा बसेको निर्देशन समितिको बैठकमा उहाले पर्यटन विकासका लागि अब हुने अक्षर सम्मेलनले ठूलो टेवा पु¥याउने र यहा“को पर्यटन र समग्र विकासका लागि आफूहरु लागिपरेको बताउनुभयो। उहाले कार्यक्रमको समय नजिकै आउ“दै गरेकाले सम्पूर्ण उपसमितिहरुलाई तीब्ररुपमा तयारी गर्न आग्रह गर्नुभयो।

साहित्यमार्फत मोफसल र केन्द्रलाई जोड्ने योजना भएकाले जीवनभर साहित्यमै कलम चलाएका राष्ट्रिय सर्जकहरुबाट स्थानीयस्तरमा पनि देशमा साहित्यको महत्व र भूमिकाबारे बुझ्ने अवसरआफूहरुले सिर्जना गर्न लागेको बताउनुभयो। कार्यक्रमका लागि प्रचारप्रसारको ठूलो भूमिका रहने भन्दै अध्यक्ष बुढाले स्थानीय सञ्चार माध्यमहरुलाई ब्यापक प्रचारप्रसार गर्न आग्रह गर्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top