Free songs
Home / फिचर समाचार / पोशाकमै खुसुक्क भारतीय प्रहरी

पोशाकमै खुसुक्क भारतीय प्रहरी

भारतीय प्रहरीको सांकेतीक तस्विर

गिरिराज नेपाली

घोराही। बिहीवार साझ करीव ८ बजे पोशाकसहित भारतीय नम्वर प्लेटको गाडीमा तुलसीपुर बजारमा प्रवेश गर्दैगर्दा इलाका प्रहरी कार्यालय तुलसीपुरले फूलवारीको दमारगाउबाट दुईजना भारतीय प्रहरीलाई नियन्त्रणमा लियो। बाके ह“ुदै दाङ भित्रिएका भारतीय प्रहरी सवार गाडी कतै पनि न जाच भयो न इन्ट्री नै गरियो। एकाएक तुलसीपुर छिरिसकेपछि मात्रै थाहा भयो पोशाकमै भारतीय प्रहरी दाङ छिरेको। जसका बारेमा कसैलाई थाहा छैन भारतीय प्रहरी किन र के का लागि आयो भन्नेबारे। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भन्नुभयो– ‘हामीलाई केही थाहा छैन भारतीय प्रहरी किन आएको हो ?’

कुनै जानकारी, समन्वय नगरी एक्कासी आउन नमिल्ने उहाको भनाइ छ। पोशाकमै भारतीय प्रहरी देखा पर्दा नागरिक सशंकित भए। तर कुनै अनुसन्धान वा व्यक्तिको पहिचानका लागि आएको भए पनि स्थानीय प्रशासन र प्रहरीसग आपसी समन्वय गरी आउनुपर्ने उहा“को भनाइ छ। तर एक्कासी देखा पर्दा स्थानीय प्रशासन पनि अन्यौलमा परेको उहाले बताउनुभयो। पक्राउ गरिसके पनि केका लागि यहा आएको हो भन्नेबारे धेरै सोधखोज गरिए पनि त्यसबारे केही नबताएको उहाले जानकारी दिनुभयो। उहाले भन्नुभयो– ‘कुनै कारण पत्ता लाग्न सकेन। सोधखोज गरिसकेपछि शुक्रवार बिहान प्रहरी पोशाक खोलेर भारत पठाइएको छ।’ उनीहरु किन र केका लागि आएको भन्नेबारे सीमा सुरक्षाको बैठकमा कुरा राख्ने प्रजिअ रिजालले बताउनुभयो। यसरी कुनै जानकारीबिना नै एक्कासी सीमा क्षेत्रभन्दा धेरै टाढाको जिल्लामा प्रवेश गर्दा सशंकित हुन सक्ने देखिन्छ।

आपसी समन्वय र जानकारी बिना नै भारतीय प्रहरी बाके ह“ुदै खुसुक्क दाङ भित्रिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताउनुभयो। अमिलिया प्रहरी चौकीको चेकपोष्टमा समेत गाडी इन्ट्री नगरी फूलवारीको बाटोतर्फ मोडिदा त्यहा कार्यरत प्रहरीले पोशाकमा भारतीय प्रहरी देखा परेको जानकारी दिएको बताउनुभयो। त्यसपछि लगत्तै इलाका प्रहरीको टोली फूलवारीमा गई नियन्त्रणमा लिएको बताउनुभयो। बिहीवार सा“झ नियन्त्रणमा लिई शुक्रवार बिहान आवश्यक सोधखोज गरी भारत फिर्ता गरिएको उहा“ले बताउनुभयो। उत्तर प्रदेश सारजहा भन्ने स्थानका दुई प्रहरी र चार भारतीय नागरिक नियन्त्रणमा लिएको उहा“ले जानकारी दिनुभयो। ‘प्रहरी पनि चोर जस्तो गरी आउनु गलत हो’– उहा“ले भन्नुभयो।

प्रहरीले पोशाकसहित भारतीय प्रहरी दाङ भित्रिएको भन्नेबारे केही जानकारी नभए पनि तुलसीपुर–१७ वनकट्टीमा न्यू राप्ती इटा उद्योग सञ्चालक कमलबहादुर केसीले भारतीय प्रहरी उद्योगमा कार्यरत कामदारलाई जबर्जस्ती लैजान आएको बताउनुभयो। गत मंसिर १५ गते भारतीय ठेकेदार पिन्टुले १६ घरपरिवारलाई उद्योगमा ल्याएको र त्यसवाफत नौ लाख रुपैया लगेको बताउनुभयो। मंसिरदेखि हालसम्म ती कामदारले करीव दशलाख रुपैया (रासन र हप्ता गरी) लगिसकेकाले ठग्ने नियतका साथ प्रहरी आफैले जबर्जस्ती लैजान भन्दै दाङ आएको बताउनुभयो। जसमा नेपाल प्रहरीको हात रहेको उहॉको आरोप छ।

केसीले बुधवार बिहान करीव नौ बजे भारतीय प्रहरीले +९१९४१५२६५८०८ नम्वरबाट फोन गरी भारतीय कामदारलाई बन्धक बनाई राखेकाले तिनीहरुलाई लिन बिहीवार सा“झ ७ बजे सम्म दाङ आइपुग्ने भनेको बताउनुभयो। त्यस लगत्तै इलाका प्रहरी कार्यालयबाट एक प्रहरी उद्योगमा आई निरीक्षण गरी इलाकालाई रिपोर्टसमेत गरेको बताउनुभयो। बुधवार त्यसो गरे लगत्तै बिहीवार भारतीय प्रहरी दाङ आइपुगेको उहा“को भनाइ छ। दादागिरी गरी जबर्जस्ती कामदार उठाउने र ठग्ने नियतले भारतीय प्रहरी आएको उहा“को आरोप छ। धेरै पैसा कामदारले लगिसकेकाले उक्त पैसा ठग्ने नियत कामदारमा भएपछि प्रहरी आएको उहा“को भनाइ छ।

तर यस विषयमा आफूलाई कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालयका डिएसी प्रेम शाहीले बताउनुभयो। उहाले भन्नुभयो– ‘खबर पाए लगत्तै हामी नियन्त्रणमा लिन फूलबारी पुगेका थियांै। त्यो भन्दा केही थाहा छैन, किन र केका लागि आएका हुन्।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top