Free songs
Home / फिचर समाचार / पूर्वमन्त्रीको कृषिकर्म

पूर्वमन्त्रीको कृषिकर्म

एकराज भण्डारी

बिहान ७ बजेतिरको समय, तारजालीले बारिएको एउटा ठूूलो कम्पाउण्डभित्र कसैले खन्दै थिए, कसैले बिरुवा रोप्दै थिए भने पूर्वपर्यटन तथा स्वास्थ्यमन्त्री लोकेन्द्रबहादुुर विष्ट बेल्चाले माटो मिलाउन व्यस्त हुुनुुहुुन्थ्यो ।

हाल १० जना मजदुरसहित उहाँ पनि काममा तल्लीन हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘पैसा कमाउन खाडी पुग्नैपर्दैन, नयाँ सोचका साथ व्यवसायमुखी कृषिमा लाग्नुस् । जीविकोपार्जनमुखी काम गर्दा खासै प्रगति हुँदैन र सन्तुष्टि पनि हुन्न ।’ अहिले उहाँ पाँचजना साथीहरुसहित ६४ कट्ठा जग्गा भाडामा लिएर ड्रागन फ्रूटको व्यावसायिक खेतीमा जुट्नुभएको छ । कहिले कालो धान त कहिले ड्रागन फ्रूटको खेती गर्दै उहाँ व्यवसायमा नयाँपन भिœयाउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘म नयाँ कृषि उत्पादनमा बढी चासो राख्छु । त्यसैले होला नयाँ काम गर्न मन लाग्छ । मान्छेहरु हरेक कुरामा केही नयाँपन चाहन्छन् । त्यसैले हामीले जुनसुकै काम गर्दा पनि केही नयाूपन दिने कोसिस गर्नुपर्छ ।’

 


तुुलसीपुर–१७ बिजौरीस्थित घोराही–तुलसीपुर सडकखण्डको दक्षिणतर्फ करीब तीन विगाह क्षेत्रफल जग्गामा ‘ड्रागन फ्रूूट’ को व्यावसायिक खेती गरिदैछ । चार दशकभन्दा बढी समय सक्रियताका साथ राजनीतिमा बिताइ पर्यटन र स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुुभएका विष्टले विगत डेढ वर्षदेखि राजनीतिक जीवनलाई पूूर्णविराम लगाउँदै । पूूर्णरुपमा व्यावसायिक बन्ने सोचका साथ यो पेशामा लाग्नुुभएको हो । उहाँ भन्नुुहुन्छ– ‘अर्धचेत र अचेत अवस्था हुँदासम्म राजनीतिमा झुण्डिरहनुुको अर्थ हुुँदैन । उमेरसँगै भावी पुुस्तालाई जिम्मेवारी सुुम्पेर आफूू व्यावसायिक बन्न सक्नुुपर्छ । मैले त्यसै गरें ।’

१५ वर्षअघिदेखि ट्रागन फ्रूटको बारेमा अध्ययन गरिरहनुभएको थियो उहाँले । हाल ड्रागन फ्रूटको खेतीका लागि २५ लाख लगानी गरिसक्नुभएको छ । २५ सयभन्दा बढी बिरुवा रोपिसकिएको छ भने बाँकी चार हजार बिरुवा रोप्ने तयारी हुँदैछ । बिरुवाको साइज अनुसार रोपेको दुईदेखि चार वर्षबाट फल दिन शुरु गर्छ । एउट स्वस्थ बोटबाट २०–२५ वर्षसम्म फल पाउन सकिन्छ । प्रति विरुवा तीनदेखि पाँच सयसम्म मूल्य पर्दछ । जेठदेखि कार्तिक महिनासम्म यो फलको मुख्य सिजन हो । एउटा बोटले एक सिजनमा ३५ देखि ४० किलोसम्म फल दिन्छ भने हाल नेपालमा यो छ सयदेखि एक हजार रुपैयाँसम्म प्रतिकिलोका दरले बिक्री हुने गरेको उहाँले बताउनुभयो ।


ड्रागन फ्रूटको उत्पति दक्षिण अमेरिकाको मेक्सीको देशमा भएको हो । पछिल्लो चरणमा अन्य विभिन्न देशहरुमा यसको व्यावसायिक खेती हुँदै नेपालमा पनि भित्रिएको छ । नेपालको सन्दर्भमा विशेष गरेर भित्री मधेश तथा तराई क्षेत्रको वातावरण यसका लागि उपयुक्त मानिन्छ । ‘१५ वर्षको उमेर अर्थात विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा शुरु गरेको हुँ । तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीमा रहेर २१ वर्ष काम गरेें । दुईपटक मन्त्री भएँ । बाँकी जिम्मेवारी भावी पुस्तालाई छोड्दै व्यवसायमा फर्किएँ’– उहाँ भन्नुहुन्छ– ‘मेरा सहकर्मी साथीहरुले पनि यही गर्न सक्नुपर्छ । अनि मात्रै राजनीति स्वच्छ हुनसक्छ ।’

 

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top