Free songs
Home / समाचार / संक्षिप्त समाचार / पाँचजनालाई मानव सेवा आश्रममा लगियो

पाँचजनालाई मानव सेवा आश्रममा लगियो

 

दुर्गा विसी

सल्लीबजार । सुर्खेत सिम्ता गाउपालिकामा मानसिक सन्तुलन गुमेर फिरन्ते जीवन बिताइरहेका पा“चजनालाई गाउ“पालिकाको सहयोगमा शुक्रवार मानव सेवा आश्रम सुर्खेतमा वुझाइएको छ।

एक जना एक वर्षको दुधेबालकसहितकी महिला र तीनजना पुरुषलाई गाउपालिकाको पहलमा मानव सेवा आश्रममा लगिएको छ। मानसिक सन्तुलन गुमेका मागेर खाने, सडक पेटी किनारमा बास गर्नेहरुलाई गाउ“पालिकाले सुधार केन्द्रमा पठाएको छ।

गाउपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी, उपाध्यक्ष चन्द्रकला शाहीको टोलीले शुक्रवार नै उनीहरुलाई मानव सेवा आश्रममा लगेर बुझाउनु भएको छ। सिम्ता
घर भएका नीमबहादुर टमटा सहित पाचजनालाई पठाइएको छ। विभिन्न स्थानबाट गाउपालिका क्षेत्रमा मानसिक सन्तुलन गुमेर घुमन्ते जीवनयापनगरेकाहरुलाई उद्धार गरेको गाउ“पालिकाले जनाएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top