Free songs
Home / समाचार / प्रमुख समाचार / जनताको लगानीमा विद्युत उत्पादनको तयारी

जनताको लगानीमा विद्युत उत्पादनको तयारी

युगबोध समाचारदाता

काठमाडौं । सरकारले जलविद्युत आयोजनाहरुमा जनताको लगानी शुरु गर्ने तयारी गरेको छ। ‘नेपालको पानी जनताको लगानीः सबै नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ लगानी संकलन शुरु गरिने भएको हो।

चैत ७ गतेदेखि त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर बिक्री गरेर अभियान शुरु गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार पा“च सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्षका साथ यो कार्यक्रम लागु गर्न थालेको हो।

कार्यक्रमको पहिलो आयोजनाको रूपमा त्रिशुली जलविद्युत कम्पनीको साधारण शेयर बिक्री गर्न लागिएको मन्त्रालयले जनाएको छ। कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख पा“च हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ। ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत कम्पनी हो। सो कम्पनीको शेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ।

कम्पनीको जारी पू“जी रु. दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु. ३७ करोड पा“च लाख बराबरको रु. १०० अङ्कित दरको ३७ लाख पा“च हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो। अग्रिमरूपमा शेयर बिक्री गर्न लागिएकाले हाल प्रतिशेयर रु. १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल आठ अर्ब २२ करोड ७४ लाख रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको घोषणा गर्दै सो कार्यक्रमको पहिलो शेयर आफूले लिने यसअघि नै बताइसक्नुभएको छ। सरकारको तयारी अनुसार कूल स्वपू“जीको ४९ प्रतिशत लगानी नागरिकबाट जुटाउने तयारी गरिएको छ। सरकारले उक्त कार्यक्रमअन्तर्गतका आयोजनामा लगानी गर्ने शेयरधनीलाई व्याजवापतको रकम समेत उपलब्ध गराउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा बोर्डले धितोपत्र निस्कासन गर्नेसम्बन्धी व्यवस्थालाई थप सहज र सरल बनाएको छ। उच्च प्रतिफल दिने आयोजना छनोट गरेर नागरिकलाई लगानीका लागि आग्रह गरिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। सो आयोजनामा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाले समेत लगानी गरेका छन्।

आयोजना होल्ड गरेर नबस्न मन्त्रीको चेतावनी

यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कानुनी दायराभित्र रहेर तोकिएको काम गर्न र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर जलविद्युत आयोजनामा तीब्रता साथ काम गर्न आग्रह गर्नुभएको छ। विभिन्न जलविद्युत आयोजनाका प्रवद्र्धकस‘“ग मन्त्रालयमा शुक्रवार आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै उहा“ले आयोजना मात्रै जिम्मा लिएर बस्ने र काम नगर्ने प्रवृत्ति त्याग्न र तोकिएको समयमा निर्माण सक्न ध्यानाकर्षण गराउनुभएको हो।

उहा“ले काम नगर्ने र केवल आयोजना मात्रै लिएर बस्ने प्रवृत्ति त्याग्न प्रवद्र्धकलाई आग्रह गर्नुभयो। उहा“ले सरकारले उत्पादन भए जति सबै विद्युत खरीद गर्ने प्रतिबद्धता जनाइरहेको बेला निजी प्रवद्र्धकले समेत सरकारको सोच र चाहनालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो। वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्ति तथा अन्य समस्यासमेत समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको र अन्तर सरकारी निकायबीच समेत समन्वयको प्रयास गरिएको उल्लेख गर्दै मन्त्री पुनले आयोजनाको अनुमति मात्रै लिने र काम नगर्ने प्रवृत्ति भने सरकारलाई सह्य नभएको बताउनुभयो। छलफलमा विभिन्न १७ आयोजनाका प्रवद्र्धकको सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top