Free songs
Home / फिचर समाचार / छाडा चौपायाको विगविगी

छाडा चौपायाको विगविगी

आभास बुढाथोकी

घोराही । लमही–तुलसीपुर सडकखण्डमा हुने दुर्घटनाको १० प्रतिशत कारक हुन् पशु चौपाया। सडकमा छाडा छाडिएका चौपायाको विगविगीले सडक अवरुद्ध र दुर्घटनामात्रै निम्त्यिाएको छैन ठूला बजार क्षेत्रमा समस्या बनेका छन्।

जिल्लाका स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि लाखौं रकम छुट्याएका छन्। घोराही उपमहानगर, तुलसीपुर उपमहानगर र लमही नगरपालिकाले मात्रै छाडा चौपायाका व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा करीब आठ लाख रुपैया“ छ्ट्याएका छन्। गत वर्ष लमही नगरपालिकाले छाडा चैपाया व्यवस्थापनका लागि भनेर ४४ गाई कपिलवस्तुको गौशालामा पठायो। घोराही उपमहानगरपालिकाले पनि गत वर्ष छाडा चौपाया नियन्त्रणमा लिई करीब १० वटा गाई कृषक समूहलाई हस्तान्तरण गरेको थियो भने दुई ट्रक गाई तथा छाडा चौपायाहरुलाई रिहारमा पु¥याएको थियो।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि गाई संरक्षण केन्द्रका लागि पाच लाख रुपैया छुट्यायो। ‘बजारमा देखिएका छाडा गाई व्यवस्थापनस“गै संरक्षणका लागि पा“च लाख छुट्याएर व्यवस्थापन ग¥यौं’– वातारण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने भन्नुहुन्छ– ‘वर्षदिन नपुग्दै फेरि सडकमा छाडा चौपायाहरु आइपुगेका छन्।’ उहाको भनाइमा प्रयोग हुदासम्म पशु चौपाया पाल्ने र बुढो भएपछि सडकमा छाड्ने प्रवृत्ति छ। त्यस्तै सीमावर्ती क्षेत्रबाट पनि छाडापशुहरु जिल्लामा आइपुग्ने गरेको उहाको भनाइ छ।

यता घोराही उपमहानगरपालिकाको बजार क्षेत्र र लमही नगरपालिकाको बजार क्षेत्रमा पनि छाडाचौपायाहरुको विगविगी छ। सडकखण्ड र बजारका बीच सडकमा देखिन थालेका छाडा चौपायाले दुर्घटनाका हिसाबले जोखिम निम्त्याएका छन्। ‘बीच सडकमा र बजारका छेउछाउमा आइपुगेका छाडा चौपायाबाट हैरानी व्यहोर्नुपरेको छ’– घोराही उपमहानगरपालिकाका प्रतीक आचार्य भन्नुहुन्छ– ‘कहिले छाडा पशु धपाएर सवारी साधन चलाउनु पर्छ।’ आफै साघुरिदै गएको बजारमा छाडाचौपायाले झन् समस्या निम्त्याएको उहाको भनाइ छ।

छाडाचौपाया नियन्त्रणका लागि पटक–पटक प्रयास भए पनि केही समयपछि पुनः सडकमा आइपुग्दा टाउको दुखाइ भएको जनप्रतिनिधिहरु बताउ“छन्। त्यस्तै नियन्त्रणका लागि प्रयास थालनी गर्दा धर्म र भूगोलको कुरा लिएर नियन्त्रणमा तगारो बन्न आउ“दा थप समस्या भएको घोराही–१४ का अध्यक्ष शक्तिराम डा“गी बताउनुहुन्छ।

‘गाई तथा छाडाचौपाया नियन्त्रण गरी व्यवस्थापन गर्नु त्यति ठूलो समस्या छैन’–उहा“ भन्नहुन्छ– ‘तर गौहत्या जस्ता अनेकथरी कुरा र सोचाइले भनेको ठाउमा व्यवस्थापन गर्न सकिएको छैन।’ नियन्त्रण चाहने तर सोचाइ बदल्न नसक्दा थप जटिलता थपिएको उहाको भनाइ छ।

विपत व्यवस्थापन समितिका संयोजक एवं तुलसीपुर उपमनपा वडा नं. ६ का वडाध्यक्ष लामिछानेले छाडा चौपाया नियन्त्रणका लागि प्रत्येक स्थानीय तहले आफ्नो योजना बनाउन आवश्यक रहेको उहा“ बताउनुहुन्छ। ‘छाडा चौपायालाई व्यवसायमुखी क्षेत्र कृषिमा पनि प्रयोग गर्न सकिन्छ’– उहा“ले भन्नुभयो– ‘त्यस्तै बढ्दो छाडाचौपाया नियन्त्रणका गर्न प्रत्येक स्थानीय तहले आ–आफ्नो ठाउ“मा व्यवस्थानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top