Free songs
Home / फिचर समाचार / सरकारले भन्यो–‘विप्लव समूहलाई संगठित अपराधअन्तर्गत कारवाही’

सरकारले भन्यो–‘विप्लव समूहलाई संगठित अपराधअन्तर्गत कारवाही’

युगबोध समाचारदाता

काठमाडौं  । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा रोक लगाउने निर्णय गरेको सरकारले बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उसका नेता कार्यकर्तालाई संगठित अपराध ऐनअन्तर्गत कारवाही गरिने जनाएको छ।

सरकारले मन्त्रिपरिषद्बाट नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि विभिन्न क्षेत्रबाट कानुनमै नभएको दल प्रतिबन्ध गर्न नहुने टिप्पणी आएको थियो। बिहीवार सञ्चारमन्त्री गोकुल बा“स् कोटाले यसमा थप स् पष्ट गर्ने प्रयास गर्दै निर्वाचन आयोगमा दर्ता नै नभएको दलमाथि प्रतिबन्ध भन्दा पनि कुनै आपराधिक गतिविधिमा प्रतिबन्ध लगाउने र संगठित अपराध ऐन २०७० अनुसार कारवाही गर्ने निर्णय गरिएको बताउनुभयो।

उहा“ले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिस् ट पार्टी नामको समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुने या सहयोग पु¥याउने व्यक्ति, संस् था वा समूहलाई आपराधिक तथा विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानुनबमोजिम कारवाही गरिने निर्णय गरिएको छ। त्यसैगरी अबैध हातहतियार तथा खरखजानाको नियन्त्रण गर्न सूचना जारी गर्ने निर्णय गरिएको छ।’ साथै उहा“ले कुनै पनि व्यक्ति वा समूहस“ग भएका अबैध हतियार ३५ दिनभित्र बुझाउन सूचना जारी गरिएको बताउनुभयो।

विप्लव शान्तिपूर्ण प्रक्रियामा नआए राज्यले आफ्नो कर्तव्य पूरा गर्ने चेतावनी दिंदै उहा“ले भन्नुभयो– ‘अवस् था दुःखद पनि आउनसक्छ, राजनीतिक र आपराधिक कुरा फरक हुन्छ। प्रतिपक्षी दलको नेताले पनि प्रतिबन्ध सही छ भनिसक्नुभयो। यसमा अब राष्ट्रिय सहमति भइसक्यो, उनीहरु वार्तामा आउन खोजे रातो कार्पेट बिछ्याएरै स् वागत गरिनेछ।’ उहा“ले पछिल्लो समयमा विप्लव नेकपाले गरेका हिंसात्मक गतिविधिको विवरण पनि पेश गर्नुभएको थियो।

हामीलाई मार्न टोली नै खटाइयोः प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको हत्या गर्न कमाण्डर नै तोकेर विप्लवले टोली परिचालन गरेको खुलासा गर्नुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा उहाले त्यसमा पनि आफ्नो नाम एक नम्बरमा राखिएको जानकारी दिंदै भन्नुभयो–
‘मलाई मारेर यो परिवर्तन बाच्ने हो त ?’

यसैबीच बिहीवार मात्रै एक अनलाइन पत्रिकामा विप्लव नेकपाको गत साउन ६, ७ र ८ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयको माइन्यूट नै सार्वजनिक भएको छ। जसमा प्रचण्ड, ओली र देउवाको ‘सफाया’ गर्न कोड नाम दिएर कमाण्डर खटाउने निर्णय गरिएको उल्लेख छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top