Free songs
Home / विचार / शैक्षिक क्षेत्रमा खुशी दिन नसक्नेहरुसँगको दुखेसो

शैक्षिक क्षेत्रमा खुशी दिन नसक्नेहरुसँगको दुखेसो

जीतबहादुर शाह

ऊ अहिले जापानमा छ। जापानको एउटा कलेजमा खुशी र उत्साहका साथ अध्ययन गरिरहेको छ। कक्षामा उसलाई अनुशासित, लगनशील र जेहेन्दार विद्यार्थीको रुपमा चिन्छन्। उसले अध्ययन गर्ने कक्षामा विभिन्न देशका विद्यार्थीहरु छन्। उसले उनीहरु स“गस“गै अध्ययन गर्छ। सबै देशका विद्यार्थीहरुलाई उछिन्दै उसले अहिले टप थ्रीभित्र आफ्नो स्पेस बनाएको छ। त्यहा“ उसले आफ्नो पहिचान मात्र होइन, नेपालको पहिचानलाई समेत उच्च बनाउन कोसिस गरिरहेको छ। कतिपय देशका विद्यार्थीहरुले नेपाल भन्ने पनि देश छ र ? भन्ने जिज्ञासा राख्दा उसले गर्वका साथ भन्ने गर्दछ– ‘नेपाल भन्ने देश छ। त्यो मेरो देश हो। यदि तिमीले माउण्ट एभरेष्ट र बृद्धको जन्मभूमि लुम्बिनीको नाम सुनेका छौं भने त्यो मेरो देशमा पर्दछ।’ उसको कतिपय समय त नेपालको बारेमा केही थाहा छैन भन्नेहरुलाई धेरै कुरा थाहा दिने कार्यमा बित्ने गर्दछ।

उसको कक्षामा एकपटक शिक्षकले अध्यापन गर्दागर्दै लुम्बिनीको बारेमा बहस चल्छ। शिक्षक र केही विद्यार्थीहरुको बीचमा लुम्बिनी त भारतमा पर्दछ भनेर छलफल अघि बढ्छ। त्यतिबेला त्यो कक्षामा ऊ मात्र एउटा ब्यक्ति हुन्छ जसले लुम्बिनी नेपालमा पर्दछ भनेर आफ्ना अभिमतहरु दरो किसिमले अघि सार्दछ। शिक्षकले प्रमाण देखाऊ भन्छ। उसले गुगल अर्थ सर्च गरेर नेपालको मध्यभागमा रहेको एवं लेखिएको लुम्बिनीलाई देखाउ“छ र गौतम बुद्धका पिता सुद्धोदनले राज्य गरेको राज्यको राजधानी तिलौराकोटलाई देखाउ“छ। सा“च्चि आफ्नो देशको बदख्वाइ“ र अपमान गरेको उसलाई कत्ति पनि मन पर्दैन। जति बेला उसलाई आफ्नो देशको बदनाम गरेको कारण दिल दुख्ने गर्दछ त्यतिबेला उसले आफ्नो देशमा रहेकी आमास“ग कुरा गर्दछ– ‘मम्मी म यो देशमा रोजीरोटीको निम्ति काम गरेर बस् ने पक्षमा छैन। बरु राम्रो युनिवर्सिटीमा अध्ययन गरेर नेपालमै फर्किन्छु र मेरो देशको उन्नतिका लागि सकेजति योगदान गर्छु।’

मैले मेरा उल्लिखित पङ्तिहरुमा ऊ भनेर सम्बोधन गरेको एउटा अनुशासित र जेहेन्दार नेपाली ठिटोको नाम गौरव घर्ती हो। ऊ अहिले खुशी र उत्साहका साथ जापानमा अध्ययन गरिरहेको छ। उसले नेपालमा अध्ययन गर्दा भने कहिल्यै खुशी अनुभूत गर्न सकेन। सम्मान भन्ने कुरा त चरीको दूध भएको थियो उसको जीवनमा। उसले मनका कुराहरु शिक्षक र प्रिन्सिपलस“ग शिष्ट तरिकाले राख्दा समेत उसले कहिल्यै धन्यवाद पाएन। बरु धन्यवादको ठीक उल्टो उद्दण्ड, अनुशासनहीन र आवारा भनेर अपमान र गाली पाइरह्यो। कतिपय शिक्षकको कक्षा राम्रो भएन भनेर प्रिन्सिपलस“ग कुरा राख्दा उल्टै उसलाई धम्क्याएर निष्कासन गरिनेसम्मका चेतावनी पायो। ‘गौरवले भनेको टेर्दैन । तपाइ“को आफ्नो बच्चालाई राम्रोस“ग सम्झाउनुहोस्’ भनेर अभिभावकलाई समेत विद्यालयबाट सूचना नगएको कुनै महिना हु“दैनथ्यो।

गौरवलाई आफ्नो जन्मथलो सुर्खेतको विद्यालयमा मात्र होइन, काठमाडौंको एउटा विद्यालयमा कक्षा १२ मा अध्ययन गर्दा समेत अपमानित भएको महसुस भयो। उसलाई जापानमा जस् तो आरोप लागेको विषयमा प्रमाण पेश गर भनेर बोल्ने अवसर पनि दिइएन। कारवाहीका कुरा अघि सारियो। त्यतिबेला उसलाई जीवनप्रति यति नैराश्य र कुण्ठाको आभास हुन्छ कि म अब यो धर्तीमा बा“च्नु बेकार छ भन्ने निर्णय गरेर ‘छोराको अलिकता माया लाग्छ भने तुरुन्त भेट्न आउनुहोस् । नत्र तपाइ“को छोरालाई भेट्न समेत पाउनु हुनेछैन’ भनेर आमालाई फोन गर्छ गौरवले। आमा अत्तालिदै छोरालाई भेट्न काठमाडांै जानुहुन्छ। आमा छोराको बीचमा एकापसमा ऑ“सु बगाउ“दै भलाकुसारी हुन्छ। आमाबाट छोराको खुशीको निम्ति तिमी जे भन्छौ त्यही मान्छु भन्ने कुरा भएपछि भने गौरवको जीवनले नया“ मोड लिन्छ।

कक्षा १२ को परीक्षा दिइसकेपछि उसले आफ्नो अध्ययन गरेको विद्यालयमा फर्केर जा“दैन। जापानीज भाषा अध्ययन गर्न थाल्छ र जापानमा उड्न सफल हुन्छ। जापानमा उडाउनका लागि बाबाआमा हार्दिकतापूर्वक सहमत नभए पनि छोराको खुशीको निम्ति बाबाआमाले नाइ“ भन्न सक्दैनन्। आमाले त विमानस् थलबाट छोरालाई बाइबाइ गरिसकेपछि मस“ग भएको भलाकुसारीमा मैले ‘बधाई छ छोरालाई राम्रो देशमा पठाएकोमा’ भन्दा गौरवकी  आमाले भनेको कुरा मलाई अहिले पनि सम्झना छ – ‘मलाई बधाई दिनुपर्दैन सर, मलाई आज मेरो छोरा बिक्री गर्नका लागि जन्माएको रहेछु भन्ने आत्मग्लानीले पोलिरहेको छ।’ अहिले भने छोरालाई हरहमेशा आफ्नो छेउमा देख्न नपाए पनि गौरवको आमा दुःखी भने हुनुहुन्न। बरु छोराले आफैलाई सम्झाउ“दै ‘मैले मेरो देशमा आएर केही गर्छु आमा, मलाई अरुको सन्ततिहरु जस् तो विदेशमा हराउने सन्ततिको रुपमा कहिल्यै नसोच्नुहोला’ भन्दा आमाको मनमा भएको पीडा र दुःख पनि अनायासै खुशी र हर्षले विस् थापित हुन पुग्छन्।

यो पङ्तिकारले धेरै पहिलेदेखि दोहो¥याउ“दै आएको एउटा तीतो सत्य के हो भने यो धर्तीमा हरेक बच्चाहरु जन्मने क्रममा केही क्षमता र सम्भावनाहरु ल्याएर जन्मिएका हुन्छन्। शिक्षक र अभिभावकको काम भनेको विद्यार्थीहरुमा भएका त्यस् ता क्षमता र सम्भावनाहरुको पहिचान गरेर प्रष्फुटन गराउनु हो। त्यसका लागि एउटै आधारभूत कुरा भनेको विद्यार्थीले खुशी र सम्मानित महसुस गर्दै क्षमता प्रष्फुटन गर्नका लागि अवसर पाउनु जरुरी छ। यसका लागि विद्यार्थी रबालबालिकाप्रति हामी सबै सकारात्मक हुनु जरुरी छ। विद्यार्थीलाई केही गर्न सकेन भनेर होच्याउनु र अपमानित गर्नु भनेको उभित्र रहेका क्षमता र सम्भावनाहरुको बन्ध्याकरण गर्नु हो। मैले उल्लेख गरेको गौरवको बायोडाटा अध्ययन गर्दा समेत यो कुराको पुष्टि हुनेगर्दछ।

विद्यार्थीलाई खुशी दिनका लागि सर्वप्रथम त कक्षामा खुशी दिने शिक्षक खुशी हुनुपर्दछ। शिक्षकहरु खुशी नभएको गुनासो यत्रतत्र छरपष्ट छ। उनीहरु केही आफ्नै कारणले त केही अरुका अर्थात नियुक्ति दिने निकायका ब्यवहारका कारणले खुशी देखिदैनन्। धेरै कारण त उनीहरुस“गै सम्बन्धित छन्। सबैतिर पराजित हु“दै ह“ुदै विद्यालयसम्म आइपुग्दासम्म त उनीहरुस“ग एकचिम्टी खुशी पनि बा“की हु“दैन। उनीहरु आफ्नो जीवन र शैक्षिक पद्धतिप्रति नै विभिन्न नकारात्मक भोगाइका कारणले खुशीविहीन भएर कक्षाकोठामा भित्रिने गर्दछन्। यसैको परिणामस् वरुप उनीहरु स् वभावैले विद्यालय र विद्यार्थीहरुप्रति सकारात्मक नभएको अवस् था छ। यसका लागि सर्वप्रथम त शिक्षकलाई जीवन र जगतप्रति खुशी र सकारात्मक हुने गरी पद्धतिको विकास गर्नु जरुरी छ।

अहिलेको अवस् थामा समेत देशका चालिस हजार राहत शिक्षकहरुले आफूलाई अन्याय परेको भन्दै स् थायी हुनका लागि आन्दोलन गरिरहेका छन्। हालसालै उच्चस् तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले समेत उल्लेख गरेको छ कि अबका शिक्षक गुणस् तरीय हुनुपर्दछ । सम्मानित हुनुपर्दछ र क्षमतावान हुनुपर्दछ। म त भन्छु यसै प्रतिबेदनलाई आधार बनाएर ऐननियम बनाउनुपर्दछ र ऐननियममा अबका शिक्षक हुने उम्मेदवारहरुले उत्तीर्ण हुनका लागि कम्तिमा लिखितमा साठी प्रतिशत वा त्यो भन्दा बढी अंक ल्याउनुपर्ने । उनीहरुले कम्प्युटर जानेको हुनुपर्ने र शिक्षक हुने ब्यक्ति सामाजिक प्रतिष्ठाको हिसाबले समेत उच्च भएको हुनुपर्ने जस् ता कुराको परीक्षण हुने गरी शिक्षकको पाठ्यक्रमलाई संशोधन गरिनुपर्दछ। यसरी पाठ्यक्रम संशोधन गरेर राहत शिक्षककै बीचमा प्रतिस् पर्धा गराउनुपर्दछ र जति उत्तीर्ण हुन्छन् त्यसलाई सबैलै स् वीकार गर्नुपर्दछ। साथै उत्तीर्ण भएकै आधारमा स् वभावैले कोटा निर्धारण हुने गरी परिपाटी बनाइनुपर्दछ।

यो पङ्तिकारले एमएडको परीक्षामा सिकाइका सिद्धान्त र मूल्याङ्कन विषयमा साठी प्रतिसत भन्दा बढी अंक त सहजै आउ“छ भनेर अनुमान गरेको त मात्र बयालीस आयो। मेरो अनुमानमा पनि दम थियो। किनभने बीसवटा वस् तुगतमा अठारवटा मिलेका थिए र विषयगत प्रश्नहरुको जवाफ समेत कसैको पनि नछुटाइ राम्रोस“ग लेखेको थिए“। नतिजाको यो दुरावस् थाको बारेमा साथीहरुस“ग कुरा गर्दा उनीहरले भने– ‘यहा“ हामीलाई अध्यापन गर्ने शिक्षकहरु नै द्वितीय श्रेणीभन्दा माथिका कोही छैनन् । त्यसैले विद्यार्थीलाई पनि त्यो भन्दा मरिगए पनि दिदैनन्।’ सा“च्चि अहिलेका विद्यार्थीहरु शिक्षकहरु भन्दा पनि जेहेन्दार छन्। शिक्षकहरुले ‘भ्हबmष्लभभ ष्क दभततभच तजबल भहबmष्लभचु भनेर मूल्याङकन गर्दै उनीहरुलाई सम्मान गर्नुपर्ने र उनीहरुबाट सिक्नुपर्ने देखिन्छ। तथापि आजका अधिकांश शिक्षकहरु यो मामलामा तयार छैनन्। बरु आफूभन्दा जान्ने भयो भनेर इष्र्या गर्ने प्रबृत्तिका छन्। जसले गर्दा फरक प्रतिभा भएका र असाधारण क्षमता भएका गौरव जस् ता विद्यार्थीहरु यो नियतिका शिकार भइरहेका छन्।

अरु मुलुकहरुले कुल ग्राहस् र्थ उत्पादन बृद्धि गर्ने सवाललाई मुख्य मुद्दा बनाए जस् तै छिमेकी मुलुक भुटानले खुशी उत्पादन गर्ने सवाललाई शिक्षाको मुख्य मुद्दा बनाएको देखिन्छ। यो कुरालाई अरु देशहरुले समेत गम्भीरतापूर्वक आत्मसात गरिरहेका छन्। मलाई त लाग्छ घर, परिवार, समाज र शिक्षालयहरुमा खुशी पाउने र सबैको सबैतिर यथोचित सम्मान हुने गरी हामीले हाम्रो देशमा अनुकूल वातावरणको सिर्जना गर्न सक्यौं भने देशको गौरव उच्च बनाउनका लागि जन्मिएका गौरव जस् ता युवाहरु देशबाट बाहिरिनुपर्ने छैन। अतः यसका लागि मैले माथि सुझाए जस् तै अरुले सिक्नलायक जीवन र दिनचर्या भएका एवं शिक्षक छनोटको परीक्षामा समेत अब्वल ठहरिएका ब्यक्ति शिक्षक हुने गरी परिपाटी बसाल्न सकियो र सेवासुविधामा समेत तदनुरुप ख्याल गर्न सकियो भने राम्रो जनशक्ति खुशीसाथ प्रतिस् पर्धा गर्दै शिक्षामा भित्रिने कुरामा कुनै सन्देह छैन। शिक्षक आफैमा खुशी भएमा विद्यार्थी दुःखी हुने त सम्भावना नै हु“दैन। सबैलाई चेतना भया।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top