Free songs
Home / फिचर समाचार / शिक्षक विद्यार्थी सुधार्ने अभियान, शुभप्रभातमा १० बजेपछि ‘गेट लक’

शिक्षक विद्यार्थी सुधार्ने अभियान, शुभप्रभातमा १० बजेपछि ‘गेट लक’

निमुसंगम घर्ती

घोराही। ठीक १० बजेसम्म गेट खुल्छ। त्यसपछि गेट बन्द हुन्छ। गेटबाहिरबाट ट्वाक–ट्वाकको आवाज आउ“छ। विद्यालयका प्रधानाध्यापक गेट खोलेर बाहिर हेर्छन्।

सरकारी पोशाक लगाएका व्यक्तिहरु अब ढिला ह“ुदैन सर भन्दै भित्र प्रवेश गर्न खोज्छन् तर प्रअले ती सरकारी पोशाक लगाउनेहरुलाई नमस् कार घर फर्कनुस् भनेर बिदाइ गर्छन् र गेट बन्द गर्छन्। यस् तै दृष्य केही दिनसम्म दैनिक हुने ग¥यो घोराही उपमहानगरपालिका–१४ नया“बजारमा रहेको शुभप्रभात माविमा। शिक्षक विद्यार्थीमा अनुशासन नहुदा विद्यालय कति बेला जाने भन्ने नै भुलेको पाइएपछि १० बजे ‘गेट लक, नमस्कार बिदाइ गरें’ भन्ने अभियान थालियो। एक वर्ष पहिले प्रधानाध्यापकको जिम्मेवारी लिएर विद्यालयलाई राम्रो बनाउने सोच थालेका प्रअ रुद्र बुढाले विद्यालयमा नया“ प्रयोग थाल्नुभएको छ। १० बजे विद्यालयमा शिक्षक नपुग्ने र प्रार्थना गर्दा विद्यार्थीलाई लाइन लगाउने समेत शिक्षक नभएपछि १० बजे गेट लक थाल्नुभयो। विद्यालय व्यवस् थापन समितिको निर्णयबाटै १० बजेपछि आउने शिक्षक विद्यार्थीलाई ढिलो आउनुभयो तपाइ“ले जिम्मेवारी पूरा गर्न सक्नुभएन घर फर्कनुस् भन्दै नमस् कार गर्ने र गेट लगाउने अभियानको शुरुवात गरेको प्रअ बुढाको भनाइ छ।

 

‘कोही शिक्षक छिटो आउने कोही शिक्षक ढिलो आउ“दा मनपरी चल्न थाल्यो र रिजल्ट हेर्दा पनि लाज लाग्ने अवस् था आउन थाल्यो’– उहाले भन्नुभयो– ‘विद्यार्थीस“गै शिक्षकलाई सुधार्न ढिलो आउने शिक्षक र विद्यार्थीलाई घर फर्काउने अभियान थालेका हौं। विद्यालय व्यवस् थापन समितिको निर्णय र शिक्षकहरुकै सहमतिमा सुधारको प्रयास थाल्यांै र कार्यान्वयनमा ल्याउ“दा पहिलो दिन चारजना शिक्षक र २५ प्रतिशत विद्यार्थीलाई गेटबाट भित्र जान दिइएन।’

‘दोस्रो दिन दुईजना शिक्षक र १० जना विद्यार्थी कारवाहीमा परे र विद्यालयमा प्रवेश पाएनन्। अहिले ढिलो आउने परम्परा शून्य छ’– प्रअ बुढाको भनाइ छ। आफू आजभोलि बिहान ६ बजे विद्यालयमा प्रवेश गर्ने र राति १० बजे निस् कने गरेको बताउनुहुन्छ। होस् टेलमा राखेर विद्यार्थी पढाउने काममा पनि आफूहरु केन्द्रित भएर सिकाइ प्रभावकारी बनाउने अभियानमा रहेको उहा“को भनाइ छ। अन्य दिनमा आपूm बिहान ९ बजे विद्यालयमा पुग्ने र एक घण्टा विद्यालय परिसरमा आवश्यक सुधारका कामहरु गर्ने, पानी, फूलहरु, कोठा, बेञ्च र सरसफाइको अवस् था बुझ्ने गरेको उहा“ले बताउनुभयो।

निजी विद्यालयहरु अब्बल र सरकारी विद्यालयहरु कमजोर भए भनेर चर्चा हु“दा आफूहरु सुधारमा लागेको विद्यालय व्यवस् थापन समितिका अध्यक्ष जगत दलामीको भनाइ छ। सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्छन र अब्बल शिक्षण सिकाइ बनाउन सक्छन् भन्ने देखाउन नया नियम लगाएको उहा“ले बताउनुभयो। अहिले शिक्षक र विद्यार्थी दुबै नियमितरुपमा समयमै आउन थालेपछि शिक्षाको स् तर सुधार भएको विद्यालयको दाबी छ।

विद्यालयले लागु गरेको नियमलाई अभिभावकले पनि सकारात्मकरुपमा लिएका छन्। शुभप्रभात माविमा शिशु कक्षादेखि १० कक्षासम्म चार सय विद्यार्थी छन् भने १८ जना शिक्षक रहेका छन्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top