Free songs
Home / समाचार / संक्षिप्त समाचार / लमहीमा जैविक विविधता पार्क

लमहीमा जैविक विविधता पार्क

 

दशरथ घिमिरे

देउखुरी । बजार  नजिक हरियाली। जैविक विविधता। भ्यू टावर। यी र यस् तै संरचनाले लमही आउने पर्यटकलाई आकर्षित गर्ने पक्का छ। पार्क निर्माणाधीन छ। ३० बिगाहमा फैलिएको पार्कमा पूर्वाधार बनाउन अहिलेसम्म एक करोड बढीको लगानी गरिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुनाराम केसीले बताउनुभयो। बिहीवार सामुदायिक वन उपभोक्ता समूहको १४ औं साधारणसभा उद्घाटन अवसरमा सामुदायिक वनले पार्क निर्माणमा गरेका कामहरूको बारेमा जानकारी गराएको हो।

प्रदेशसभा सदस् य रेवतीरमण शर्माले अजम्मरी सामुदायिक वनको साधारणसभा तथा अधिवेशन उद्घाटन गर्नुभयो। समृद्धिको आधार पर्यटन भएको भन्दै उहा“ले आन्तरिक र बाह्य पर्टकहरुको गन्तव्य बनाउन सक्नुपर्नेमा जोड दिनुभयो। बिरुवा रोपेर अधिवेशनको उद्घाटन गरिएको थियो।

‘सामुदायिक वन राम्रो भयो भने उपभोक्ताले नै प्रयोग गर्ने हो। त्यसैले सामुदायिक वन जोगाउने अभियानमा लाग्न आवश्यक छ’– शर्माले भन्नुभयो। कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका शर्माले सामुदायिक वनले आम्दानीको ३५ प्रतिशत रकम गरिवी निवारणमा खर्च गर्नुपर्ने व्यवस् था रहेकाले वनले योजना बनाएर लगानी गर्न र स् थानीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि एवं लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले स् थानीय सरकार पनि सामुदायिक वन जोगाउने काममा सक्रिय रहेको बताउनुभयो। ‘स् थानीय सरकारले स् थानीय स्रोत साधन जोगाउ“दै उपभोग गर्ने पक्षमा छ’– केसीले भन्नुभयो।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीमबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमही नगर कमिटी सचिव बसन्त शर्मा, नेपाली कांग्रेसका नेत्रसिंह ठकुरी, राष्ट्रिय जनमोर्चाका पदमप्रसाद गोराथोकी, होटल व्यवसायी समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डे, सामुदायिक वनका पूर्वअध्यक्ष तिलक केसी, देउखुरी मोबाइल संघका अध्यक्ष भीम भुसाल, सव डिभिजन वन कार्यालयका छोटेलाल चौधरी, लमही खानेपानीका सचिव सनम पौडेलसहित सामुदायिक वनका उपभोत्ताहरुको सहभागिता थियो।

सामुदायिक वनका अध्यक्ष पुनाराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा स् वागत ताराप्रसाद खनाल र सहजीकरण मानवहादुर रानाले गर्नुभएको थियो। बिहीबार अजम्बरी सामुदायिक वनभित्र रहेको जैविक विविधता पार्क प्रवेशद्वारको समेत उद्घाटन गरिएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top