Free songs
Home / फिचर समाचार / बेलझुण्डीमा ‘बर्मुडा’

बेलझुण्डीमा ‘बर्मुडा’

 गिरिराज नेपाली

घोराही। बिहीवार बिहानको ११ बज्दै थियो। निर्माणाधीन बेलझुण्डी रंगशालामा कामदार, प्राविधिक र निर्माण कम्पनीका प्रतिनिधिहरुले भरिभराउ थियो। हातमा दुबो, माटो, बेल्चा, बालुवा लेभल पाइप बोकेका महिला पुरुषहरु सबै आ–आफ्नै काम तल्लिन देखिन्थे। पुरुषहरु मैदान सम्याउ“दै थिए। महिलाहरु दुबो
बिछ्याउ“दै थिए भने माटो बोक्नेले माटो, बालुवा बोक्नेले बालुवा र दुबो बोक्नेले दुबो बोक्ने काम गरिरहेका थिए। १२ बजे खाना खाने समय रहेकाले सबैले हतार–हतारमा हात चलाइरहेको देखिन्थ्यो। ७०÷७५ जना कामदारले निर्माणाधीन रंगशाला भरिएको थियो।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि निर्माणाधीन बेलझुण्डी रंगशाला एथलेटिक्स ट्रयाकसहितको फूटवल ग्राउण्ड निर्माण कार्यले निकै तीब्रता पाएको छ। यहा“ दुबो लगाउने काम भइरहेको छ। हप्तादिन अघिदेखि शुरु भएको दुबो लगाउने काम अबको हप्तादिनमा सकिने निर्माण कम्पनी दिवा एमए जेभीका इञ्जिनियर गोकर्ण अधिकारीले बताउनुभयो। उहा“ले निर्माणाधीन रंगशालामा साढे सात हजार स् क्यायरमिटर क्षेत्रफलमा बर्मुडा दुबो लगाउन लागिएको जानकारी दिनुभयो। नेपालमै पहिलो पटक दाङ र बा“के रंगशालामा बर्मुडा दुबो प्रयोग गर्न लागिएको उहा“को भनाइ छ। उहा“ले भन्नुभयो– ‘खेल मैदानका लागि निकै उपयुक्त मानिने बर्मुडा दुबो

नेपालकै पहिलो प्रयोग हो।’ खेल खेल्नका लागि निकै नरम र सहज एकतहसम्म चाडै हुर्किने दुबो रहेकाले दाङ र बा“केमा बर्मुडा बिछ्याइएको उहा“ले बताउनुभयो। बर्मुडा ह“ुदै भारतको कलकत्ताबाट दुबो ल्याइएको उहा“ले जानकारी दिनुभयो।

बर्मुडा बिछ्याएस“गै निर्माणाधीन बेलझुण्डी रंगशालाको चमक नै फेरिएको छ। जताततै धुलैधुलो उड्ने रंगशाला हरियालीमा परिणत हु“दै गइरहेको गौतम नर्सरी भक्तपुरका दुबोविज्ञ राजन कार्कीले बताउनुभयो। भारतको कलकत्ताबाट दुबोको बिउ आयात गरी बेलझुण्डीकै मनिकापुरमा उत्पादन गरिएको उहा“ले बताउनुभयो। चार महिनामा दुबो तयार गरी बिछ्याउन लागेको उहा“को भनाइ छ। उहा“ले भन्नुभयो– ‘बर्मुडा दुबो आफैमा सुन्दर र मैदानका लागि अरु भन्दा उपयुक्त हुने भएकाले नेपालमा पहिलो पटक यसको प्रयोग भिœयाइएको छ।’ दुबो बिछ्याएको १५ दिनपछि मैदानमा खेल्न सकिने उहा“ले बताउनुभयो। छिटो र सजिलो हुने भएका  र बस् तुभाउले पनि यो दुबो नोक्सान गर्न नसक्ने भएकाले यसको प्रयोग गर्न लागिएको उहा“को भनाई छ। दुबो बिछ्याएको एक वर्षसम्म कम्पनी आफैले संरक्षण गर्ने भएकाले यसले राम्रो स् याहार सम्भार पाउन सक्ने बताउनुभयो।

रंगशाला निर्माण तीब्र

गत असार ७ गतेदेखि निर्माण शुरु भएको निर्माणाधीन रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला खेलकूद विकास समिति दाङले जनाएको छ। २४ करोड २४ लाख ४५ हजार दुई सय ९३ रुपैया“को लागतमा निर्माण हुन लागेको रंगशाला सम्झौता भएको आठ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने राष्ट्रिय खेलकूद परिषद र निर्माण कम्पनी दिवा÷एमए÷प्रतिष्ठा जेभीबिच सहमति भएको थियो। तर समयले नौ महिना बित्न लाग्दैछ। राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति समेत तय नभइसकेकाले पूर्वाधार निर्माणमा त्यति अझै हतारिनुपर्ने छैन। जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डा“गीले भन्नुभयो– ‘२०७५ भित्रै प्रतियोगिता सम्पन्न हुन्छ। त्यसका लागि अझै केही समय बा“की छ। तर रंगशाला निर्माणको काम सकिनै लागेको छ। ’

एथलेटिक्स ट्रयाक र फूटवल ग्राउण्ड प्रतियोगितासम्म ढुक्कका साथ सम्पन्न हुने विश्वास उहा“को छ। फूटवल र एथलेटिक्स ग्राउण्ड निर्माण कम्पनीले तत्कालै हस् तान्तरण गरे पनि भिआइपी प्याराफिटलगायतका अन्य पूर्वाधार भने दिन सक्ने वा नसक्ने भन्ने कुरा अझै भन्न नसकिने उहा“को भनाइ छ। भिआइपी बाहेका अन्य सवै प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधारहरु जतिसक्यो चॉ“डै तयार हुने उहाले बताउनुभयो।

एथलेटिक्स ट्रयाक र फूटवल ग्राउण्डसहित आधुनिक प्रविधिको भिआइपी प्यारापिट र खेलाडी चेञ्जिङ रुम, बैठक घर, र सञ्चार घर र साधारण प्याराफिट निर्माण हुने भएकाले यी पूर्वाधारका लागि बाहिरबाट आउनुपर्ने सामान केही आइसकेको र केही आउन बा“की रहेकाले खेलमैदान बाहेकका अन्य पूर्वाधार प्रतियोगितासम्म बनिसक्ने वा नबन्ने भन्नेबारे केही भन्न नसकिने बताउनुभयो। क्षेत्रफल, पूर्वाधार र भूगोलका आधारमा त्यो आशा पलाउ“दै गइरहेको उहाको भनाइ छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top