Free songs
Home / फिचर समाचार / बन्दले नागरिकको अधिकार खोसियोः मुख्यमन्त्री

बन्दले नागरिकको अधिकार खोसियोः मुख्यमन्त्री

 ओपेन्द्र बस्नेत

तुलसीपुर । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले क्रान्तिका नाममा गरिने बन्दले समाजलाई पछाडि धकेल्ने बताउनुभएको छ।

विश्व मृगौला दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा आयोजना गरेको नसर्ने रोगसम्बन्धी अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले बन्द गरेर बहादुरी गरिरहेका छौं भन्दै गर्दा नागरिकले स् वस् थ जीवन बा“च्न पाउने अधिकार, सामाजिक सुरक्षा र स् वतन्त्रपूर्वक हि“डडुल गर्ने अधिकार गुमाएको बताउनुभयो।

‘एकातिर वृहत निःशुल्क स् वास् थ्य शिविर छ। अर्कोतर्फ बन्द आह्वान छ। कुनै नागरिक बिरामी भयो भने बन्दका कारण समयमै अस् पतालमा पुग्न सक्दैन र अकालमा ज्यान गुमाउ“छ’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– यस् तो प्रकृतिको कार्यले नागरिकको जनजीवनलाई प्रभावित पार्ने देखि राज्यको आम्दानीसमेत घटाउ‘“छ अनि बन्दलाई उनीहरु समाजका लागि क्रान्तिकारी बलिदान सम्झिन्छन्।’ बन्दलाई राज्यको टाउको दुखाइको रुपमा मात्र नबुभ्mन आग्रह गर्दै मुख्यमन्त्री पोख्रेलले सबैको साझा समस् या भएकाले यसका बिरुद्ध सबै लाग्नुपर्ने बताउनुभयो।

जनताले चुनेका प्रतिनिधिबाट जनताकै पक्षमा संविधान बनेको बेला, जनताले जित्नेगरी राजनीतिक बहस र छलफल गर्नुपर्ने समयमा उनीहरुको अहित हुने काम नगर्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मुख्यमन्त्री पोख्रेलले आग्रह गर्नुभयो। फरक प्रसंगमा मुख्यमन्त्री पोख्रेलले बिरामी नहुनका लागि सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो।

‘स् वस् थ्य रहने कुरामा पूर्वतयारीमा खर्च कम लाग्छ’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘अस् वस् थ भएपछि स् वस् थ हु“दा बढी खर्च लाग्छ। त्यसैले सचेतना फैलाउन सबैको ध्यान जानुपर्छ।’ दाङ, नेपालगञ्ज र बुटवलका प्रादेशिक अस् पताललाई सुविधासम्पन्न अस् पतालका रुपमा विकास गर्ने सोचमा प्रदेश सरकार अघि बढेको भन्दै मुख्यमन्त्री पोख्रेलले कुन अस् पताललाई कुन सेवाको सेन्टर बनाउन सकिन्छ भन्ने विषयमा प्रस् ताव लिएर आए छलफल गर्न तयार रहेको बताउनुभयो। हुनेखाने व्यक्तिले छानेर अस् पतालमा उपचार गरे पनि निम्न वर्गले अझै पनि उच्चस् तरीय सेवा पाउन नसकेको उहा“ले बताउनुभयो।
राप्ती प्रादेशिक अस् पताल तुलसीपुरमा मृगौला रोगका लागि विशेषज्ञसहितको सेवा सञ्चालनका लागि प्रस् ताव लिएर आएमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. ऋषिराम काफ्लेले मृगौला र आ“खा रोग विशेषज्ञ डा. सन्दुक रुइतले आ“खाको रोगका विषयमा प्रकाश पार्नुभएको थियो।

उपप्रमुख माया आचार्यको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका स् वास् थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले गर्नुभएको थियो। कार्यक्रम हुनुपूर्व उपमहानगरपालिकाको कार्यालयबाट शुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भाग परिक्रमा गरी तुलसीपुर उद्योग वाणिज्य संघको हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top