Free songs
Home / समाचार / प्रमुख समाचार / घारोही उपमहानगरको पाश्र्वचित्र निर्माण, समृद्धिका लागि योजनाबद्ध विकास ः मुख्यमन्त्री

घारोही उपमहानगरको पाश्र्वचित्र निर्माण, समृद्धिका लागि योजनाबद्ध विकास ः मुख्यमन्त्री

युगबोध समाचारदाता

घोराही । पाच नं.  प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले समृद्धिका लागि योजनाबद्ध विकासको खाचो औंल्याउनुभएको छ। घोराही उपमहानगरपालिकाको पाश्र्वचित्र विमोचन गर्दै मुख्यमन्त्री पोख्रेलले योजनाबद्ध विकास गर्न पाश्र्वचित्रले ‘ब्याक बोन’ को काम गर्ने समेत बताउनुभयो।

स् थानीय तहमा गरिने विकास, योजना छनोट र बजेट निर्माण पहु“च र दबाबको भरमा भइरहेको उल्लेख गर्दै उहा“ले त्यसरी गरिएको विकासले समृद्धिको सपना छिट्टै पूरा गर्न नसकिने बताउनुभयो। ‘हामी कहा“ छौं, उपमहानगरको विकास कहा“ पुगेको छ र अबको आवश्यकता के छ भन्ने कुरा पाश्र्वचित्रले पहिल्याउने काम गर्छ’– मुख्यमन्त्री पोख्रेलले भन्नुभयो– ‘शिक्षा, स् वास् थ्य, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा हामी जहा“ छौं त्यहींबाट अघि बढेर काम गर्न पाश्र्वचित्रले आधार खडा गरेको छ।’

मुख्यमन्त्री पोख्रेलले समग्र उपमहानगरको वस् तुस् िथति पहिल्याएर अघि बढ्दा बजेट निर्माण र योजना कार्यान्वयनमा बल पुग्ने बताउनुभयो। पाश्र्वचित्रले स्रोतको आ“कलन र बजेट निर्माणमा सहजता ल्याउने उल्लेख गर्दै पोख्रेलले भन्नुभयो– ‘स्रोतको व्यवस् िथत परिचालन र रणनीतिक योजना निर्माणले नै उपमहानगरको समृद्धिको यात्रा तय हुनेछ। पाश्र्वचित्र विकास र समृद्धिको मार्गदर्शक हुनेछ। यसकै आधारमा आवधिक योजना तयार पार्न पनि उहा“ले सुझाव दिनुभयो।
स्रोत संकलन गरेर कोष जगेडा गर्न नसक्दा अधिकांश स् थानीय तहले संघ र प्रदेशबाट समपूरक बजेट पाउन नसकेको भन्दै उहा“ले आगामी वर्षमा वडाध्यक्षहरुको दबाबमा परेर सबै बजेट नबा“ड्न आग्रह गर्नुभयो। ‘संघीय सरकारले ६०÷४० को अवधारणामा स् थानीय तहस“ग सहकार्य गर्न खोजेको थियो, हामीले प्रदेशबाट अझ सहज बनाउन ५०÷५० को अवधारणा अघि सा¥यौं तर स् थानीय तहहरुले आधा रकम जुटाउन नसक्दा समपूरक बजेट पाएनन्’– उहा“ले भन्नुभयो– ‘विकासमा बजेटको हिस् सा खोज्नेभन्दा पनि समष्टिगत विकास रणनीति तयार गरेर योजना र बजेट बनाउनतिर ध्यान दिनुपर्छ।’

‘पालिकाहरु जिम्मेवार बने दाङको समृद्धि नजिक’

उहा“ले स् थानीय तहहरु जिम्मेवारीपूर्वक अघि बढे दाङको समृद्धि नजिकै रहेको पनि बताउनुभयो। उहा“ले कुइरेपानीदेखि तुलसीपुरसम्म यही वर्ष नै चार लेन सडक विस् तार शुरु हुने जानकारी दिंदै भौगोलिकरुपमा कठिन देखिएको कुइरेपानी–लमही खण्डमा पनि अध्ययन भइरहेको बताउनुभयो। कुइरेपानी–सर्रा सडकलाई घोराहीको बाइपासको रुपमा प्रदेश सरकारले अघि बढाएको उल्लेख गर्दै उहाले आफूले २०४८ सालदेखि सुन्दै आएको तर आजसम्म प्रगति नभएको बिपी मार्गमा पनि प्रदेश सरकारले दायित्व लिने तयारी गरिरहेको जानकारी दिनुभयो।

दाङ हु“दै मदन भण्डारी मार्ग निर्माणको योजना अघि बढ्नु महत्वपूर्ण भन्दै उहाले यसले घोराही–प्युठान जोड्ने वर्षौं पुरानो सपना साकार हुने बताउनुभयो। घोराहीको भविष्यस“ग जोडिएको सहिद मार्ग निर्माणमा समस् या देखिएको भन्दै उहाले यसलाईसुधार्नुपर्ने बताउनुभयो। घोराहीको पर्यटन विकासमा महत्वपूर्ण मानिएको बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क स् थापना र घौरदौरामा सांस् कृतिक डबली निर्माणका लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्याए पनि जग्गालगायतका विषयमा समस् या देखिएको भन्दै एक ठाउ“को विकासमा आएको अवसर गुम्यो भने फेरि नआउने चेतावनी पनि दिनुभयो।

आफूले पछिल्लो समयमा विकास योजनामा नियमित अनुगमन गर्न थालेको जानकारी दिंदै उहा“ले थोरे सहजीकरण गर्दा पनि अलपत्र पुलहरुको निर्माणमा सुधार आएको औंल्याउ“दै उहा“ले पत्रेखोलाबाहेक अन्य पुल निर्माणको अवस् था सन्तोषजनक देखिएको बताउनुभयो। घोराहीमा भित्री सडक निर्माण गर्दा फूटपाथसहितको ब्यवस् था गर्न आग्रह गर्दैै उहा“ले लागत सहभागितामा आधारित विकासलाई जारी राख्न सुझाव दिनुभयो। घोराहीले जलाशय निर्माणको क्षेत्रमा देशकै नमूना काम गरेको भन्दै अब बन्न थालेको सबैभन्दा ठूलो जलाशयमा प्रदेशले समेत बजेट दिन थालेको जानकारी दिनुभयो।

सहिद नेत्रलाल रंगशाला, घोराही–स् वर्गद्वारी वैकल्पिक सडक प्रदेश सरकारले अघि बढाउन खोजेको महत्वपूर्ण योजना भन्दै उहा“ले यसले घोराहीको विकासमा थप सहयोग पुग्ने बताउनुभयो। सडक सञ्जाल, सिंचाई, पर्यटकीय क्षेत्रको विकास, वैकल्पिक विमानस् थल आदिमार्फत दाङको समृद्धिको यात्रा थालिएको भन्दै उहा“ले यसमा स् थानीयवासी र स् थानीय सरकारको तदारुकता आवश्यक रहने बताउनुभयो।

घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले गर्नुभएको थियो भने उपप्रमुख सीता सिग्देल न्यौपानेले स्वागत गर्नुभएको थियो। पाश्र्वचित्रको समीक्षा पद्मोदय माविका शिक्षक रामप्रसाद जैशीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top