Free songs
Home / विचार / अबको शिक्षा फार्म एवं पुस्तकालयमा परीक्षा

अबको शिक्षा फार्म एवं पुस्तकालयमा परीक्षा

नारायणप्रसाद भण्डारी

विश्वका धेरै राष्ट्रहरुमध्ये शिक्षाबाहेक अन्य पक्षमा सर्वोत्कृष्ट धनी विश्वका विभिन्न प्रकारका मानिसहरुले एकपटक देख्नैपर्ने दृष्टिमोहक मनमोहक देशको नाम लिनुपर्दा हाम्रै देश नेपालको नाम अग्रस् थानमा आउने गर्छ। किनभने विकसित राष्ट्रहरु कृत्रिम विश्वका धेरै राष्ट्रहरुमध्ये शिक्षाबाहेक अन्य पक्षमा सर्वोत्कृष्ट धनी विश्वका विभिन्न प्रकारका मानिसहरुले एकपटक देख्नैपर्ने दृष्टिमोहक मनमोहक देशको नाम लिनुपर्दा हाम्रै देश नेपालको नाम अग्रस् थानमा आउने गर्छ। किनभने विकसित राष्ट्रहरु कृत्रिम तरिकाबाट धनी र सुन्दर देखिन्छन्। धनाढ्य देशहरुले धनरासी खर्चेर दृष्टिमोहक बनाएका हुन्छन्।

कृत्रिमद्वारा बनाइएका सुन्दर वस् तु लामो समयसम्म टिकाउ हु“दैनन्। रंगाएको रुपरंग हराउ“दै जान्छ। त्यसरी दृष्टिगत गर्दा हाम्रो देश प्राकृतिक स्रोत साधनको धनी छ। प्रकृतिबाट उब्जेका वस् तुको महत्व उत्तिकै छ। त्यसैले विश्वका धनी राष्ट्रका मान्छेहरुको भ्रमणस् थलको रुपमा नेपाल अग्रस् थानमा छ। नेपालका प्राकृतिक सम्पदाको नक्कल विदेशीहरुले कृत्रिम तरिकामा परिवर्तन गरेर आकर्षित बनाएका हुन्छन्। तिनै रुप हेर्न नेपालीहरुले विदेशमा प्रशस् त मात्रामा धनरासी खर्चिन्छन्। आफ्नो देशको सम्पदाको मूल्यमान्यता बुझ्ने क्षमता हामीस“ग भएन। कारण दुःखद पक्ष भनेकै शिक्षा हो। शिक्षा क्षेत्र कहिल्यै सफल हुन सकेन। शिक्षा क्षेत्रको प्रगति नहुदाकै परिणाम देश सधै गरिवी, बेरोजगारी, दक्ष युवा शक्तिको पलायन हु“दै जा“दा विश्वको गरिवीमध्ये अग्रस्थानको गरिव ऋण मगुवा, भिक मगुवा, प्राकृतिक सम्पदाको अवमूल्यांकन, युवतीहरु दोस्रो दर्जाका पात्रको रुपमा गणना हुन थाले। राष्ट्रको शिक्षा क्षेत्रभित्र एनजिओ र आइएनजिओको हालीमुहाली, विदेशीहरुको डोनर हु“दै सरकारी शिक्षा अस् तव्यस् त र निजी व्यापारिक शिक्षा मौलाउ“दै हराभरा आर्थिक पक्षको बलियो झिकाउ र टिकाउको प्रमुख नारा विज्ञापनमै शिक्षा क्षेत्र बल्झेर गयो। शिक्षाले वर्गीयता जन्मायो। हुनेखानेको शिक्षा र गरिवको शिक्षा भनेर चिनिन थाल्यो। केही कमाइकाज हुनेले निजीमा नहुनेले सरकारीमा जस् तो देखिन थाल्यो। राष्ट्रका जनताले बुझ्न गाह्रो भो । शिक्षाको मापन गर्ने तरिका के हो ? बुझ्न दिइएन। नेपालको शिक्षा हालसम्म सरकार बनाउनेबाहेक भएन। सरकारी किताब पढेर बुझेर लेख्न नसकेपछि चिट नचोरी नहुने बन्यो। निजी विद्यालयमा बढी घोकन्ते, ठोकन्ते, आर्थिक लगानी असीमित भएपछि किताबको राम्रा अक्षरमा हुबहु सार्ने शैक्षिक परीक्षा प्रणाली उत्कृष्टमा गणना भए। निजीलाई धन सम्पत्ति आर्जन गर्ने लाइसेन्स प्राप्त भए । तर दक्ष शक्ति दुबै शिक्षातर्फ भएनन्।

मात्र प्रश्नको उत्तर किताब नहेरेर वा चिटिङका बढी सिपालु मात्र हुन् । नेपालको शैक्षिक मापन गर्ने तरिका पनि त्यहीखाले भएकोले निजी तर्फका अब्बल दर्जामा गणनामा परेका मात्र हुन्। रोजगारमुखी, व्यवहारमुखी, ज्ञान, सीप, इलम जीवनोमुखी वैज्ञानिकखाले होइनन्। नेपालको शिक्षा जीवनमुखी भन्दा साक्षर बनाउनेतर्फ उन्मुख छ। शिक्षा जति हासिल ग¥यो फाइदा डोनरको हुने, शिक्षा आर्जन गर्ने साथै गरिव सधै बेरोजगारी सधै अर्काको मुख ताक्नुपर्ने अझ त्यसमा पनि जागिर प्रवेशका मार्ग पनि सोर्सफोर्स, दादागिरी, डन, भनसुनमुखी भएपछि योग्यता क्षमताको कुनै कदर भएन। जसको कारण जति शिक्षा हासिल गर्न खोज्यो त्यत्तिकै बेरोजगारी बन्दै जा“दा कागजी योग्यताका प्रमाण बाकसमै थन्क्याएर विदेशतर्फ, ड्राइभिङतर्फ, एनजिओ आइएनजिओतर्फ, अराजकतातर्फ, चोरी डकैती, दुई नम्बरी धन्दातर्फ, सामाजिक विकृतिको सञ्जालतर्फ देशको जनशक्ति पलायन हु“दै गयो।

देशको जनशक्ति जुवाडे, जडयाहा, हत्या, हिंसा, ठग, जाली, बेइमानी, ढाट अनुसासनहीन, मानव वेचबिखन, यौन दुराचार, विदेशीका उपयोगी दुरुपयोगी, लागूऔषधतर्फ उन्मुख भयो। जसको परिणाम देशले न निकास न त विकास न शान्ति, न त प्राकृतिक सम्पदाको सदुपयोग केही हुन सकेन।स् वच्छ सफा वस् तु र स् थानीय बस् तु ह्रास हु“दै गयो। औषधि विषादी सडेगलेका वस् तु सेवन गर्दा प्रायः नेपालीहरु नया“–नया“ रोगको शिकार भई दुःखी र गरिवी जीवन बिताउन बाध्य भएका छन्। मानिस सुख खोज्दै शहर बजारमा केन्द्रित भए। बेरोजगार मान्छेको हुल हुज्जत शहरमुखी बन्दा भएका बालीयोग्य जमिन प्लटिङ गर्दै वस् तीका वस् ती बसाउ“दै विकृतिको खानी बन्दै जाने खतरा बढ्दै गयो। वस् तीहरु असुरक्षित छन्। शान्ति सुरक्षा ह्रास छ। बेइमानी बदमासी दुई नंं. काहरुले न्याय क्षेत्रमा हालीमुहाली बढाउ“दै जा“दा गरिव निमुखा अशिक्षित सधै त्रसित जीवन बिताउन बाध्य भए। वर्तमान अवस् थासम्म अर्थात् २१ औं शताब्दीसम्म आइपुग्दा पनि नेपालको शिक्षा क्षेत्र प्रेक्टिकल भन्दा थ्यौरीमुखी, जति सक्यो चिटिङमुखी बन्दै गयो। चिटिङमुखीका परीक्षा मापनमा सरकारी क्षेत्र असफल भएको कारण अधिकांश शिक्षा क्षेत्रमा प्रवेश गर्ने द्वार राजनीतिकरण, भनसुनमुखी, सोर्स फोर्समुखी, व्यक्तिको पूजा गर्ने, निर्देशन विप्रको भन्दा प्रवेश गराउनेको झोला बोक्नेतर्फ इमानदारिता बन्यो। विद्यालयमा निरन्तर शिक्षकको उपस् िथति भएन। विनाशिक्षक विद्यार्थीको पनि निरन्तरता भएन । परीक्षा त्यस् तै प्रकारका भए। परीक्षाको बहानामा राज्यको अरबौं खर्च हु“दै गयो। अर्कोतर्फ त्यही शिक्षा निजीतर्फ व्यापारिक  तरिकाबाट विज्ञापनमार्फत डोनरले थोरै वेतनमा धेरै मेहनत लिएर शिक्षक विद्यार्थीलाई २४ घण्टामा १८ घण्टा आफ्नै नजरमा गृहकार्यमा व्यस् त गराएर किताबको सार्न सक्ने विद्यार्थी उत्कृष्ट स् थानमा भएको गणना गर्ने परिपाटी शिक्षा नियमावली ऐन बने। त्यसरी आएको जनशक्ति झनै बेकम्मा बन्यो। लफ्फावाजीको बन्यो। घर न घाटको कुनै पनि शिष्टता, अनुशासन, व्यवहारविनाको जत्था बन्यो। फाइदा डोनरलाई मात्र भयो। राज्यले द्वैध शिक्षा नीति वर्गीय शिक्षामा बल्झायो । हुनेखानेका सन्तान घोकन्ते शिक्षा भए पनि अब्बल दर्जामा बढ्ने भए। गरिवका छोराछोरी भेडाबाख्रा समान धुलो फोहोरमा रगटिन बाध्य भए। जसको परिणाम गिट्टी कुटेर, ऋण धन गरेर भए पनि सकी नसकी अभिभावकहरु निजीतर्फ आकर्षित हु“दै जा“दा अन्त्यमा भौतिक भवन कोठा बिना विद्यार्थीका शिक्षक घाम ताप्ने राजनीतिक बहस गर्ने, गुट उपगुटका संगठन, पार्टीका कार्यकर्ता बन्दै जाने खतरा विकसित हु“दै गयो। वर्तमान अवस् थासम्म आउ“दा शिक्षकमाथि धेरै आरोप लाग्ने भए तर शिक्षा क्षेत्र अस् तव्यस् त बनाउनमा शिक्षकको मात्र जिम्मेवार होइन नीति गलत छ। शैक्षिक प्रणाली गलत छ। राज्यको सोच पुरानै शैलीको छ।

शिक्षामा राज्यको गैरजिम्मेवारिता छ। तसर्थ विभिन्न कारणबाट बिग्रेको शिक्षा क्षेत्रको सुधारका मार्ग के–के हुन् ? राज्यले अभिभावकले विद्यार्थीले शिक्षकले के–के गर्नुपर्ला ? सर्वप्रथम राज्यले सर्वसुलभ वर्गविहीन जनचाहना, जनइच्छा, दक्षता, क्षमता, समाज, भूगोल संस् कृति भाषा अनुसारको शिक्षा लागु गर्नुपर्छ। शिक्षा नीति बुक फिलोसोपी भन्दा बाहिरी प्रेक्टिकल मुखी सिकाइ सीपको मापन गरेर देखाउने प्रदर्शन गर्ने खाले ठोस वस् तुको आधारमा मात्र मापन गर्ने खाले कसले कति प्रगति ग¥यो ? कसको क्षमता कति छ ? कसले बढी मेहनत ग¥यो ? कसबाट निर्मित वस् तुको मूल्य कति छ  ? भन्ने तरिकाबाट लिइने प्रणाली वस् तुवादी प्रकारको हुनुपर्छ। त्यसो गर्नका लागि अक्षराम्भबाटै सबै किसिमको धारणा ज्ञान सीप व्यावहारिक पक्षलाई समेट्दै लानुपर्छ जस् तैः अक्षराम्भमा क को शुरुवात भयो। क बाट उत्पन्न शब्दले कति क्षेत्र ओगट्यो ? ती क्षेत्र ज्ञान गर्न के के एक्टिभिटी गर्नुपर्ला ? क बाट उत्पन्न शब्दले सबै क्षेत्र सामाजिक नेपाली गणित विज्ञान शा. शि नैतिक पेशाको धारणाको साथै ग्रामर व्याकरण सबै निर्देशित गर्दछ। उदाहरणको लागि। क बाट कलम कमल कलश कान कपुर कपी यो भित्र वस् तुका नाम छन् । तर कुन वस् तु के के हुन् ? तिनको काम के हो ? ति वस् तुको धारणा बसाल्दा कति वस् तु प्रदर्शन गर्नुपर्ला ? कहा“ कहा“बाट जम्मा गर्नुपर्ला ? कहा कहा पुग्नुपर्ला ? त्यसैगरी क बाट कोमल कडा, कपर्दी, कपर्टी, कपटी, काम, कन्चट, कङकट, कंगारु, कप, कफी, कोदो,  कल, कलह, कलकल, कपडा, कपास, कम, कर,  कसले,  कलिलो,  कालो,  कर्दी, कम्प्यूटर,  काफल, काग । माथि उल्लेखित शब्दले ओगटेको क्षेत्र सायद धेरै छ।

यसभित्र विज्ञान, नेपाली, सामाजिक, गणित, स्वास्थ्य, शा.शि. खाने वस्तु सफा स्वच्छ सबै छ। सायद क को क्षमता बुझ्न, जान्न, चिन्न, थाहा पाउन बच्चालाई कम्तिमा दुई महिना लाग्छ भने एउटा बच्चाले क देखि ज्ञ सम्म अ देखि अं सम्म ब् देखि श्सम्म ज्ञान गर्न पाउदा कस्तो बन्ला शिक्षकले कसरी सिकाउनुपर्ला ? यस् तो प्रकारको सीप सिकाउ“दा प्रेक्टिकल विना धारणा बसाउन सकेला ? सकिदैन यसैले यस् तो प्रकारको शिक्षण सिकाइको मापन गर्न पुस् तकायलमा फर्ममा घरबाट प्रेक्टिकल गरेर सामग्री तयार गरेर नाम काम तरिका अवधि रंग सबै क्षेत्रको तयार गरेर मात्र परीक्षा प्रणालीको आधारमा कसको क्षमता कति ? सीप कति मेहनत कति ? फाइदा बेफाइदा कति ? कति प्रेक्टिकल ग¥यो ? कतिपटक फार्ममा पुग्यो ? अनि मात्र सही जवाफ आउछ। अनि मात्र दिगो सिकाइ दिगो सीप आफ्नै राष्ट्र समाजको सेवा शान्ति सुरक्षा राम्रो विकृति कम हुन्छ। परीक्षाकै बहानामा राष्ट्रको ढुकुटी ढाड सेकिने गरेको महंगी केही हुदैन। यही प्रकारको शिक्षा नै वैज्ञानिक समाजवादी जनवादी शिक्षा हो। त्यही शिक्षाबाटै स्तरमापन हुन्छ। यस् तो प्रकारको शिक्षाको परीक्षा सेन्टर बनाएर समिति बनाएर अनुगमन गरेर गर्नुपर्दैन । परीक्षा पुस् तकालयमा फार्ममा हुन्छ। सबैमा चेतना भया।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top