Free songs
Home / फिचर समाचार / सुशासनयुक्त प्युठान बनाउन अन्तक्र्रिया

सुशासनयुक्त प्युठान बनाउन अन्तक्र्रिया

 

 सागर रिजाल

 

प्युठान । स्थानीय तहका जनप्रतिनिधिहरुले सुशासनयुक्त प्युठान बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

बुधवार मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस), नेपाल पत्रकार महासंघ प्युठान र गैरसरकारी संस् था महासंघ प्युठानको संयुक्त आयोजनामा जुम्रीमा भएको अन्तत्र्रिmया कार्यक्रममा जिल्लाका नगर तथा गाउ“पालिकाका प्रमुख, उप्रमुखसंगै प्रवक्ता, गाउ“पालिका सदस् यलगायत नागरिक समाजका अगुवाहरुको उपस् िथतिमा कार्यक्रम गरिएको थियो।

 

सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्युठान बनाउन नागरिक समाजको भूमिका अपरिहार्य हुने प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो। जनप्रतिनिधिहरुलाई धेरै जिम्मा लगाइएको छ तर त्यही अनुसारको नीति नबन्दा काम गर्न अप्ठेरो परेको उहा“ले बताउनुभयो। प्युठानलाई नमूना जिल्ला बनाउन स् थानीय जनप्रतिनिधि एक ढिक्का भएर अगाडि बढ्नु पर्र्नेमा उहा“ले जोड दिनुभयो।

झिमरुक गाउ“पालिकाका अध्यक्ष तिलक जिसीले स् थानीय सरकारले गरेका कामहरु जनतासामु पुुराएको बताउनुभयो। जनताले स् थानीय सरकारको काम कर्तव्यका बारेमा थाहा पाएनौ भनेर गुनासो गरे पनि आफ्ना कार्यक्रमहरु पुस् तकमा छपाएर सबैलाई जानकारी गराएको उहा“ले बताउनुभयो । मल्लरानी गाउ“पालिकाका अध्यक्ष अमरध्वज रानामगरले जनप्रतिनिधिहरुलाई नागरिक समाजले समयसमयमा अन्तत्र्रिmया कार्यक्रम गरी सचेत बनाउनुपर्ने बताउनुभयो। जनप्रतिनिधिले गरेका कामहरुको निगरानी गर्नु नागरिक समाजको भूमिका हो, उहाले भन्नुभयो– ‘नागरिक समाज र जनप्रतिनिधि आपसी समझदारीमा अगाडि वढ्नुपर्छ।’

स्थानीय तहको भूमिका महत्वपूर्ण भूमिका रहेको ऐरावती गाउपालिकाका प्रवक्ता दामु विकले बताउनुभयो। पहिले सदरमुकामसम्म आउनुपर्ने बाध्यता स्थानीय सरकार आएपछि समाधान भएको उहा“ले उल्लेख गर्नुभयो। स्थानीयहरुलाई गाउपालिकाले सजिलै रुपमा कार्यक्रमहरु जानकारी गराएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,–‘सूचना जानकारी गराउन वडा वडामा सूचना वोर्ड, समय समयका कार्यक्रम र प्रेस संयोजक राखी अगाडि बढेका छौं।’

प्युठानमा पछिल्लो समय जनप्रतिनिधिको कार्यसम्पादनमा जनताको गुनासो आएसंगै नागरिक समाजका अगुवाहरुले यसलाई न्युनीकरण र खबरदारी गर्न आफ्ना कार्यक्रम अगाडि बढाएका छन्। केही समय अगाडि नागरिक समाजका अगुवाहरुले प्युठान नगरपालिका, माण्डवी गाउ“पालिका र सरुमारानी गाउ“पालिकामा स् पष्ट कार्यक्रम बनाउने र जनतालाई सुसूचित गराउने उद्देश्यले ज्ञापनपत्र बुझाएको मानवअधिकारकर्मी पार्वता आचार्यले बताउनुभयो। स् थानीय सरकारले ऐन, नियम बनाउ“दा नागरिक समाजस“ग समन्वय गरी आफ्ना कार्यक्रमहरु अगाडि बढाउनुपर्ने उहा“ले बताउनुभयो। ‘

जिल्लाका स् थानीय तहमा कर्मचारीको अभाव भएको छ। केन्द्रले तोकिएको कर्मचारी स् थानीय तहमा नपठाउ“दा समस् या भएको हो। ‘पुराना कर्मचारीको समायोजनले सरुवा भयो’– प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले भन्नुभयो– ‘पुरानोलाई काम गर्न सिकाएका थियौं, अब नया आउनुहुन्छ होला, उहाहरुलाई सिकाउन कति समय लाग्ने हो ?’ उहा“ले नगरपालिकाले गरेका दैनिक कामलाई जनतासामु ल्याउनका लागि कर्मचारी समायोजनले गर्दा समस्या आएको बताउनुभयो। उहाले भन्नुभयो– ‘भौतिक पूर्वाधार नहु“नु, दक्ष कर्मचारी नहुनु, हाम्रोे पहिलो समस् या हो।’

प्रमुख प्रशासकीय अधिकृत फेरिनुले पनि कार्यसम्पादनमा अप्ठ्यारो परेको उहाको भनाइ छ । ऐरावती गाउपालिकामा पनि कर्मचारीको समस्या भएको प्रवक्ता दामु विकले बताउनुभयो। एकजना कर्मचारीले धेरै क्षेत्रमा काम गर्नुपरेको उहाले बताउनुभयो। करारमा कर्मचारी राख्दा समेत मलेपले बेरुजु निकाल्ने समस्या हुदा कर्मचारीको समस्या रहेको उहाले बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top