Free songs
Home / समाचार / संक्षिप्त समाचार / सिर्जनशील आधारभूत विद्यालयमा पूर्णसफाइ

सिर्जनशील आधारभूत विद्यालयमा पूर्णसफाइ

गोविन्द खड्का

घोराही  । सिर्जनशील आधारभूत विद्यालय घोराही–१६ बाहुनडाडा तेह्रांैटेले पूर्णसरसफाइ कार्यक्रम लागु गर्ने प्रतिवद्धता गरेको छ। एक दिने अभिमुखिकरण पछि बुधवार शिक्षक, विद्यार्थीले सरसफाइ कार्यक्रममा हस् ताक्षर गरेका थिए। विद्यालयलाई पूर्ण सरसफाइ घोषणा गर्ने बताए।

शौचालय सफा थिए। खानेपानीको लागि अक्वा फिल्टर व्यवस् था गरिएको विद्यालयको भनाइ थियो। प्युने र हात मुख धुने गरी दुई थरीको पानी व्यवस् था गरिएको थियो। ठूलो चउर सफा देखिन्थ्यो। व्यवस् िथत गर्ने काम भने बा“की नै देखिन्थ्यो। सरसफाइमा मेहनत गरिएको थियो।

चउरका दुई ठाउमा मिश्रित फोहर जलेको धु“वा पुत्ताइरहेको थियो। त्यसरी जल्ने फोहरमा प्लाष्टिक जन्य फोहोर पनि देखिन्थ्यो। विद्यालयका कुनै पनि शौचालयमा सावुन थिएन। छात्रा शौचालयमा प्रयोग भएका प्याड फाल्ने व्यवस्था देखिएन। विद्यार्थीले झ्यालबाट बाहिर फोहर फाल्ने समस्या देखियो। कक्षा कोठामा फोहर व्यवस्थापनको लागि कुनै सुविधा देखिएन।

जग सहितको बाल्टीमा पानी राख्ने, सबै कक्षा कोठा र शिक्षकको कार्यालयमा डस् िटविनको व्यवस् था गर्ने, महिला एवं छात्रा शौचालयमा प्याड फाल्ने बाल्टिको व्यवस् था गर्ने विद्यालयका प्रधानाध्यापक रमेशकुमार पाण्डेयले बताउनुभयो। उहा“ले यो शैक्षिक सत्र अन्तिम भएकाले वैशाखदेखि व्यवस् था गरिने विद्यार्थी सामु प्रतिबद्धता जनाउनुभयो। यसैगरी गल्ने र नगल्ने फोहर अलग पारी प्लाष्टिक जलाउने कार्यलाई पूर्ण प्रतिबन्ध लगाउने उहा“को भनाइ थियो।

सबैले आफ्नो काम ठानेर सरसफाइ गर्न घोराही–१६ का सदस् य मंगल चौधरीले आग्रह गर्नुभयो। वडाले चलाएको अभियानमा असहयोग गरे नियमानुसार कारवाही हुने विद्यालय व्यवस् थापन समितिका अध्यक्ष समेत रहेका चौधरीको भनाइ थियो। विद्यालय वरपरको वातावरण पनि सुन्दर र आकर्षक बनाउन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चौधरीले आग्रह गर्नुभयो।

विद्यँलयको बाल क्लवका अध्यक्ष योगेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा अभिमुखिकरण खानेपानी सरसफाइ तथा स् वच्छता पत्रकार मञ्चका संयोजक गोविन्द खड्कालगायतले गर्नुभएको थियो। विद्यालयमा सचेतनामूलक कार्यक्रम चलाउन दाङ सूचना तथा अध्ययन केन्द्रले सहजीकरण गरिरहेको छ। केन्द्रका अध्यक्ष टिकाबहादुर बस् नेतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top