Free songs
Home / विचार / सत्ता स्वार्थको निम्ति देशै टुक्र्याउनु आत्मघाती कदम

सत्ता स्वार्थको निम्ति देशै टुक्र्याउनु आत्मघाती कदम

नारायणप्रसाद शर्मा

“योगी बोले– चढाऊ समाधि खुल्छ तिमीकन स् वर्गद्वार
मैले बोलें– बाल्नु छ बत्ती अझ छ अँध्यारो संसार”

आजभन्दा ६३ वर्षअघिको कुरा, नेपाली पद्य संग्रह भन्ने पुस् तक हात प¥यो। त्यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘वन, मार्ग र यात्री’ तीनवटा कविता फेला परे। ती कविता मैले जति गुनगुनाउन थालें तिनको अर्थ खुल्दै गयो र तिनले मेरो हृदय छोए। यसअघि पुराण लगाएको बेला राजा इन्द्रको दरबारमा स् वर्गको वर्णन सुनेर दंगै परेको मलाई ती कविताले पृथ्वीमै स् वर्ग उतार्न सकिन्छ भन्ने बुद्धि दिए। यसरी म कल्पनामा रमाउन थालें।

अस् ित एकजना मेरो नजिकका मित्र अस् ट्रेलियाको सुखसयल भोगेर आएकास“ग भेट हु“दा हाम्रो प्रथम अंकमालमै मैले सोधें– कस् तो छ अस् टे«लिया ? उनले जवाफ फर्काए–स् वर्ग जस् तै छ । त्यहा नपुग केही छैन। मीठो छलफलपछि तर्कना गर्दै घर फर्कें। नेपाल त्यत्तिकै स् वर्ग कहिल्यै होला ? नहुने भए अस् टे«लिया किन स् वर्ग जस् तै भयो त ? संसारमा कहलाएका धनी देशहरुको बारेमा केही पुस् तक पढेको छु। केही मित्रहरुका कुरा सुनेको छु। बाहिरबाट झट्ट हेर्ने सबैलाई स् वर्ग जस् तो लाग्न सक्छ। तर मलाई भने यस् तो कुरा सुन्दा महाकविकै कविता सम्झना हुन्छ। माथिका दुई पंक्ति जस् तै अनेक पंक्ति गुनगुनाउन थाल्छु। नेपालीले त नेपालमै स् वर्ग उतार्ने हैन र ?

त्यस दिन ती व्यक्ति मेरा लागि ठूलै पुस् तक बने। तर मन भने उदास–उदास भयो। हामीले आफ्नै देशलाई स् वर्ग जस् तो किन बनाउन सकेनौं? गरे त हुनेरहेछ । पुराणमा कर्दम ऋषिले आफै सिर्जना गरेको विमानमा स् वर्गको मजा पनि अति रमाइलो। तर यी मनका लड्डु र वास् तविक लड्डुमा कति फरक छ ? हाम्रो लोकतन्त्र, समाजवाद र स् वप्नवादकै भए ? सात सालदेखिको हाम्रो सपना के भयो ह“ ? अर्कातिर आज शहरको माझमा बसेर चहलपहल हेर्दा यहा पनि स्वर्ग झ¥यो कि जस् तो पनि लाग्न सक्दैन र ? तर यहा“ बाहिर सुपरमार्केट जस् तो सबै परिपूर्ण जस् तै लागे पनि भित्र त थोत्रो छ। सर्वत्र गुनासो छ, छटपटी छ।

अहिले त यो देशै टुक्रने हो कि भन्नेसम्मको खतराको कुरो छ। मधेशको मधेशवादको सगबगाहट सात सालदेखिको हो। ०६३ सालमा नया अन्तरिम संविधान बनेपछि यहा“ कागजी संविधान मात्र जलेन स् वयं मान्छे आन्दोलनको आगोमा जले। मेरो मनको एउटा कुनामा उर्लेको आगोले मलाई पनि पोल्दैछ। कहीं देश त टुक्रने होइन ? फागुन २४ गते गोधुलीको बेला खबर सुनें– सिके राउतस“ग सरकारले सम्झौता ग¥यो। सिकेले अलग मधेश राज्यको आफ्नो पृथकतावादी आन्दोलन परित्याग गरे रे। उनीस“ग त्यसको जनमत कतै देखिएको त थिएन तर त्यो एउटा बिउ थियो। जहर जस् तै थियो। विषवृक्षा थियो। त्यो ढलेको सुन्दा मन साह्रै खुशी पनि भयो।

तर जनकपुरमा जुन तमासा देखियो, जुन–जुन कुरा उनले त्यहा“ बोले, जुन जनमत संग्रहको कुरा सामाजिक सञ्जालमा देखा प¥यो त्यसले उत्साहको दियोमा पानी खन्याए जस् तै भयो। अहिले फेरि थामथुमका केही कुरा भए पनि अझै भर विश्वास गुमे जस् तै छ। यस् ता मामिलामा एक कलमजीवीको नाताले म संवदेनशील छु। आजदेखि हैन २०६३ सालदेखि जुन बेला मनोनित सांसद थिए“, तिनैताक मैले लेखेको एउटा पुस् तक छ– व्यवस् थापिका संसदमा मेरो अनुभूति। मैले त्यो पुस् तक दोहो¥याएर पढें। अलग झण्डा, अलग नारा, अलग राष्ट्रिय गान, अलग मधेश राज्यबारे मेरा लेखहरु युगबोधमा पनि त्यतिबेला नै छापिदै गएका छन्। मैले गर्न सक्ने अरु कुरा के पो थियो र ?

इतिहास बडो निर्मम, पीडादायी र सुखदायी सबै प्रकारको हुने रहेछ। हामी नेपालीले आसन्न सुन्दर प्राकृतिक सम्पदाले परिपूर्ण देश त पायौं, तर यही देशमा जातभात, वर्ण, वर्ग, लिङ्ग र सम्प्रदायको भेदभाव र इष्र्या, द्वेष, कलह पनि पायौं।

हामी सानो छ‘“दा चार जात छत्तीस वर्णका कुरा सुन्थ्यौं। विभिन्न रुप रङ, जात वर्णका शासकहरु, दरवारियाहरुको कथा कहानी सुन्थ्यौं। साथै देशमा बस् ने झण्डै एक तिहाइ आदिवासी, जनजाति, छूत अछूत नानाप्रकारका मान्छेलाई मान्छेले अत्यन्त तिरस् कारपूर्ण नजरले हेर्ने संस् कार पनि पायौं। लोकतन्त्र नआउ“दासम्म सबै चूपचाप मुसो झैं दब्यौं। लोकतन्त्र आएपछि हामी यति छाडा भयौं कि जातीय दंगाफसाद शुरु गर्न थाल्यौं। पहाडमा खस ब्राह्मण, क्षेत्री जनजाति र मधेशमा मधेशी र पहाडी, भित्री मधेशमा थारु र पर्बाती !

जुन बेला हामीले मिलेर बस् न सिक्यौं, उन्नति ग¥यौं। लोकतन्त्र ल्यायौं। जुन–जुन बेला अज्ञानतावश तुच्छ स् वार्थवश आपसमा लड्यौं र एकअर्काविरुद्ध भिड्यौं त्यो बेला सर्वनाशै निम्त्यायौं। त्यो क्रम अहिलेसम्म कायमै छ। इतिहासका राम्रा कुरा बिस् र्यौं। नराम्रा कुराको पछि कुद्यौं। लोकतन्त्र बा“दरलाई नरिवल जस् तै भएको छ। पक्कै युगयुगदेखिको शोषण, उत्पीडन, अनेक रुप रङमा कायमै छ। त्यसलाई निमिट्यान्न पार्ने सामूहिक प्रयासको खा“चो छ। घृणा जगाएर समस् याको समाधान हुनेछैन। सम्वाद र सहमतिमार्फत ‘वादेवादे जायते तत्वबोध’ गरेर अगाडि बढ्ने हो। यसैमा अगुवाहरु चुकेका छन्। यसैले स् वर्ग बन्न सक्ने नेपाललाई हामीले नर्क बनाएका छौं।

हाम्रा कतिपय बुद्धिजीवीहरु बुद्धिका चोर व्यापारीजस् तो बनेर एकअर्कालाई लडाउनमा आनन्द मनाइरहेका छन्। बहादुर सम्झिरहेका छन्। हाम्रो यहा“ पनि विचारमा विविधता छ । किनकि समाजको बनोट पनि त्यस् तै छ। तर त्यसलाई प्रस् तुत गर्ने शैली संयमित र मर्यादित हुनुको साटो अराजक छ। व्यापक सामाजिक सञ्जालले गर्दा छाडातन्त्र फष्टाएको छ। अराजकता छाएको छ। कोही कसैका कुरा मान्न तयार छैन। छन् केही ज्ञानीगुनी, संयमित र प्रबुद्ध मान्छे पनि। तर वातावरण यति विषाक्त पारिएको छ कि सत्य र असत्य छुट्याउने विवेकी तराजु गायब छ।

अनेक विकृति र विसंगतिका बाबजुद हाम्रा केही खास खास साझा उपलब्धिहरु पनि छन्। अपशोच † तिनको संरक्षणको समस् या छ। विज्ञान र प्रविधिको विकासले विश्व सा“घुरिएको छ। विश्वग्रामको अवधारणा पनि जन्मेको छ। तर यसबाट बढी लाभ आफूले मात्र लिने कुचेष्टा ठूला धनी राष्ट्रहरुबाट भइरहेको छ। यसले हामी साना राष्ट्रहरु तिनै धनीमानी राष्ट्रहरुका कुनै न कुनै रुपमा कठपुतली बन्ने खतरा पनि छ। संयुक्त राष्ट्रसंघको महान आदर्शमा ठूला राष्ट्रहरुले नै पर्दा हालेका छन्। हामीले बिर्सेका छौं महान मानवतावादी, संघर्षशील निस् वार्थ पुर्खाहरु, अगुवाहरु पनि थिए। महाकवि देवकोटा तिनै विभूतिहरुमध्ये साहित्य जगतबाट उदाएका विभूति हुन्। मानिस ठूलो दिलले हुन्छ जातले हु“दैन भनेर वनपाखा रन्काउने देवकोटा मात्र सम्झे पनि तुच्छ संकीर्णतावादबाट मुक्ति पाइन्थ्यो कि ?

राजनीति मात्र पर्याप्त हुने रहेनछ। असल राजनीतिमा असल संस् कार जड्न सकिएन भने त्यसै खेर जानसक्छ। राजनीतिक दर्शनमा लोकतन्त्र भन्दा पर केही भेटिन्न। यसलाई रचनात्मक सदुपयोग गर्न भन्दा अर्को विकल्प भेटिएको छैन। भन्न सकिन्न हामीलाई के कुराले दिग्भ्रमित पारेको छ। बुद्ध र सगरमाथाको देशले आफ्नो भित्री र बाहिरी उचाइ नबिर्सोस्। मानिस टुक्र्याउन खोज्नु र देश टुक्र्याउन खोज्नु एउटै एउटै हो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top