Free songs
Home / समाचार / प्रमुख समाचार / विप्लव नेकपामाथिको प्रतिवन्ध फिर्ता लिन माग

विप्लव नेकपामाथिको प्रतिवन्ध फिर्ता लिन माग

युगबोध समाचारदाता

काठमाडौ । आपराधिक गतिविधि गरेको भन्दै विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन विभिन्न राजनीतिक दल तथा नेताहरुले सरकारस“ग माग गरेका छन्। उनीहरुलेजस् तोसुकै समस् याको समाधान वार्ता र सम्वादको माध्यमबाट निकाल्न सकिने भन्दै नेकपामाथि प्रतिवन्ध लगाउने निर्णयले देशमा फेरि द्वन्द्व निम्तिनसक्ने खतराप्रति सजग हुन सरकारस“ग आग्रह समेत गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ। बुधवार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– ‘हे कम्युनिस् ट पार्टी, तिम्ले नै बोकेको रेडबुक पढेर हुर्केकाहरुलाई विश्वासमा लिएर आउ।’ बाह्रबु“दे सहमतिमार्फत तत्कालिन नेकपा माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको भन्दै प्रवक्ता शर्माले त्यसबाट पाठ सिक्न सत्तारुढ
नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभयो। उहा“ले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएकोले त्यस हिसाबले कतिपय अवस् थामा सरकार जिम्मेवार र कठोर बन्नुपर्ने तर, राजनीतिक विद्रोहको समाधान भने शान्तिपूर्णरुपमा हुनुपर्ने बताउनुभयो।

प्रतिबन्ध फिर्ता लेऊ

नेकपा माओवादी (क्रान्तिकारी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारस“ग माग गरेको छ। स् थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव मोहन वैद्यले नेकपा विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गर्नुभयो। ‘राजनीतिक समस् याको समाधान राजनीतिकरुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारस“ग विशेष माग गर्दछु’– वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफूलाई कम्युनिष्ट भनाउने सरकारद्वारा एउटा कम्युनिष्ट समूहमाथि गरिएको फासीवादी व्यवहार निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।

यसैवीच सत्तारुढ दलका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताउनु भएको छ। सञ्चारकर्मीहरुस“ग बोल्दै नेता नेपालले यस् तो गम्भीर विषयमा पार्टीमा छलफल नै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको उल्लेख गर्नुभयो। यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस् य राजेन्द्र महतोले विप्लव समूहलाई प्रतिबन्ध लगाएर समस् या समाधान नहुने बताउनुभएको छ। पत्रकारहरुलाई प्रतिक्रिया दि“दै उहा“ले विद्रोहको कारण नखोजी प्रतिबन्ध लगाएर मात्र समस् या समाधान नहुने बताउनुभयो।

लुटेरा समूहलाई चन्दा नदिनुु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ। ‘लुटेराहरुले तपाइ“हरुलाई धम्क्याउलान, चन्दा माग्लान तर उनीहरुलाई चन्दा नदिनुहोस’– नेपाल नगरपालिका संघको २६ औं स् थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाले भन्नुभयो– ‘लुटेरा प्रवृत्तिले देशको विकास हु“दैन। यस् ता प्रवृतिलाई नेपाली समाजले स् वीकार्दैन।’

यसैवीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतंककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ। विराटनगर विमानस् थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै उहा“ले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पार्नुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top