Free songs
Home / सम्पादकीय / वार्ताबाटै निकास

वार्ताबाटै निकास

सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक संगठन’ भन्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मुलुक फेरि द्वन्द्व र हिंसामा जाने हो कि भनेर जनस् तरमा चिन्ता व्यक्त गर्न थालिएको छ। सरकारले वार्ता टोली बनाएर विभिन्न असन्तुष्ट समूहसँग वार्ता गरे पनि विप्लव नेतृत्वको नेकपा वार्तामा आउनुको साटो विष्फोट, हिंसा र चन्दा असुलीमा सक्रिय भएको भन्दै उसलाई गतिविधि गर्न प्रतिबन्ध लगाउने निष्कर्षमा सरकार पुगेको हो। यहाँनेर सरकारले दाबी गरे जस् तो यो समूह आपराधिक हो भन्ने निष्कर्ष अहिले नै निकालिहाल्नु कति ठीक वा बेठीक छ, यसका लागि थोरै समयको प्रतीक्षा गर्नु नै उचित हुनेछ। नेपाली समाजले लामो राजनीतिक द्वन्द्व र हिंसा व्यहोरिसकेको सन्दर्भमा फेरि पुरानै इतिहास दोहो¥याउनु कसैका लागि पनि हितकर हुन सक्दैन। यो कुरा विप्लव समूहले बुझ्नुपर्छ र सरकारले बुझाउन सक्नुपर्छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि सत्तारुढ दलका धेरै नेता कार्यकर्ताहरुको अभिमत विप्लव समूहसँग वार्ता गरेर समस् या समाधान होस् भन्ने छ। सरकारको अभिभावकीय भूमिका समेत रहने भएकोले यो अभिमतको सम्मान गर्दै मंगलवारको मन्त्रिपरिषद्ले गरेको निर्णय सच्याउँदै खुला दिलले पुनः वार्ताको आह्वान गर्नुपर्छ। विप्लव नेतृत्वको नेकपाले पनि मुलुकको शान्ति, स् िथरता र विकासका खातिर वार्तामा बस् नुपर्छ। यसरी वार्तामा बस् दा उसलाई हानि होइन, लाभ नै मिल्नेछ। यसबाट सरकारले विप्लव समूहको राजनीतिक अस् ितत्वलाई स् वीकार गरेको सन्देश जनतामा जानेछ। उसले खुला र प्रतिस् पर्धात्मक राजनीतिमार्फत् जनतामा जाने नयाँ उपयुक्त अवसर पाउनेछ। यो मौकाको सदुपयोग गर्न सक्दा उसको राजनीतिक उचाई घट्ने होइन, बढ्नेछ।

नेपालको राजनीतिक इतिहास पल्टाउने हो भने यहाँका सबैजसो प्रमुख राजनीतिक शक्तिहरुको पृष्ठभूमि विद्रोही चरित्रको हो। नेपाली कांग्रेसको सशस् त्र विद्रोह, तत्कालीन मालेको झापा विद्रोह र माओवादीको दशवर्षे लामो सशस् त्र जनयुद्धको पृष्ठभूमिलाई हेर्दा पनि त्यो प्रष्ट हुन्छ। हिजो निरंकुश राजतन्त्रमा जनताका हक अधिकार कुण्ठित भएको अवस् था थियो भने अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स् थापना भएको र हिजोका विद्रोही शक्तिहरु नै सत्तामा रहेको परिस् िथति छ। स् वयं केपी ओली र प्रचण्ड नै क्रमशः झापा विद्रोह र दशवर्षे सशस् त्र विद्रोहबाट स् थापित भएका पात्र हुनुहुन्छ। कसैले विद्रोहका कुरा गर्छन् भने त्यसलाई होच्याउने वा दमन गर्ने होइन, सम्झाइ बुझाइ राजनीतिको मूलधारमा ल्याउने मुख्य जिम्मेवारी यतिबेला उहाँहरुको काँधमा छ। अरुको भूमिका सहयोगीका रुपमा मात्र हो। इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सकिएन भने को असफल हुन्छ, सायद त्यो कुरा उल्लेख गरिराख्नुपर्दैन।

विप्लव नेतृत्वको नेकपाले यो कुरा बुझ्नैपर्छ कि मुलुकलाई अब फेरि द्वन्द्वमा लैजान सम्भव छैन र मुलुकले फेरि द्वन्द्व धान्न सक्दैन। शान्तिपूर्ण बाटोबाटै सत्तामा पुग्ने बाटो खुला भइसकेपछि फेरि पुरानै बाटोमा हिंड्ने गल्ती गर्नुहुँदैन। माओवादी शान्ति प्रक्रियामा आउँदासम्म विप्लवसँगै हुनुहुन्थ्यो र उहाँले त्यो प्रक्रियाको विरोध गर्नुभएको थिएन। पहिलो संविधानसभाको निर्वाचन र सरकार बन्दासम्म पनि माओवादी एक ढिक्का थियो। त्यसपछि के–के मिलेन र पार्टी विभाजित भयो। अहिले पनि विचारका आधारमा फरक पार्टी खोल्न र जनतामा जान कुनै रोकटोक छैन। कांग्रेस र नेकपासँग प्रतिस् पर्धा गरेर जान विप्लव नेतृत्वको नेकपालाई कसैले रोक्न सक्दैन। कांग्रेस र नेकपासँग जनताको मोहभँग हुने परिस् िथतिमा विप्लव तेस्रो मात्र हैन, पहिलो वा दोस्रो शक्ति बन्न सक्ने सम्भावनालाई कसैले रोक्न सक्दैन। त्यसैले विद्रोह हैन, शान्तिपूर्ण बाटोबाटै जनताको मन जित्न सकिने सम्भावना छ। आमजनताले अहिले खोजेको पनि शान्ति नै हो। त्यसैले जनभावना अनुरुप अबको राजनीतिक यात्रा सुनिश्चित गर्न सकिन्छ।

विगतमा मुलुकका ठूला–ठूला समस् याहरु पनि सहमति र सहकार्यबाटै हल भएका छन्। अहिलेको परिस् िथतिमा विद्रोहका कुरा गर्ने र दमनको भाषा बोल्ने दुबै प्रवृत्तिलाई जनताले स् वीकार्ने सम्भावना देखिन्न। त्यसैले वार्ताबाटै समाधान खोज्नुको विकल्प छैन। यसका लागि दुबै पक्ष तयार हुनुपर्छ। राजनीतिक इमानदारिता र नैतिकता प्रदर्शन गर्ने उपयुक्त बेला यही हो। यसप्रति इमानदार हुनेलाई नै जनताले विश्वास गर्ने छन्। शान्तिपूर्ण बाटोबाट जनअभिमतमार्फत् सत्तामा पुग्ने बाटो अवरुद्ध नभएकोले विद्रोहको औचित्य पुष्टि गर्न तत्काल संभव छैन। गणतन्त्र, संघीयता र समावेशी लोकतान्त्रिक बाटोलाई स् वीकारिसकेपछि त्यसबाट पछाडि फर्कन मिल्दैन। यात्राको क्रममा राजमार्गमा पुगिसकेपछि फेरि गोरेटो बाटोमा फर्कन खोज्नुलाई विवेकसम्मत मान्न सकिन्न। त्यसैले द्वन्द्व सिर्जना गर्ने काममा कोही लाग्नु हुँदैन। वार्ताबाटै निकास निकाल्नुपर्छ र यो सम्भव पनि छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top