Free songs
Home / फिचर समाचार / रोकिएन नदीजन्य पदार्थको उत्खनन

रोकिएन नदीजन्य पदार्थको उत्खनन

राझा (रासस)– राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिदा स् थानीय बासिन्दा चिन्तित हुन पुगेका छन्। बा केको राप्तीसोनारी गाउपालिका–३ स् िथत नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउ“क्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ। यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानव बस् ती, खेतीयोग्य जमिनमा हानी–नोक्सानी पुग्ने भन्दै गाउ“पालिकाले रोक लगाए पनि उत्खनन कार्य नरोकिएको स् थानीय अगुवा विश्वसागर परियारले बताउनुभयो।

उहा“का अनुसार राप्ती नदीस“गै स् थानीय भुवरभवानी सामुदायिक वनक्षेत्रबाट समेत अवैधरूपमा ढुंगा उत्खनन कार्य भइरहेको छ। ‘स् थानीयवासीलाई घर बनाउन ढुंगा, गिट्टी बालुवा ल्याउ“दा वन कर्मचारी र प्रहरीले नियन्त्रणमा लिन्छन्’– परियारले भन्नुभयो– ‘ठूलाबडाले खुलेआम रातदिन नदी दोहन गर्दा पनि कसैलाई चासो छैन।’ पूर्वसभासद् एवं स् थानीय अगुवा पट्टु थारूले भविष्यमा गाउ“बस् ती नै जोखिममा पर्ने गरी नदीबाट अवैधरूपमा ढुंगा, बालुवा उत्खनन हुनु चिन्ताको विषय भएको बताउनुभयो। अवैध उत्खनन नियन्त्रण गर्न गाउ“पालिकाले समयमै चासो दिनुपर्ने उहा“ले माग गर्नुभयो। ‘लामो समयदेखि अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन हु“दा पनि गाउ“पालिका आ“खा चिम्लिएर बस् नुको कारण के हो ?’– थारूले भन्नुभयो– ‘प्राकृतिक स्रोत र स् थानीय गाउ“बस् ती जोगाउने जिम्मा स् थानीय सरकारको हो। कि बैधरूपमै नदी दोहन गर्न दिनुप¥यो, होइन भने अनुगमन गरेर रोक्नुप¥यो।’

सामुदायिक वनक्षेत्रबाट समेत ढुंगा उत्खनन हुन थालेपछि उपभोक्ता रुष्ट बनेका छन्। भुवरभवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर थारूले पटकपटक मौखिकरूपमा गाउ“पालिका र सेक्टर वन कार्यालयलाई जानकारी गराए पनि उत्खनन नरोकिएकाले अब लिखितरूपमै अनुरोध गर्ने बताउनुभयो। यो क्षेत्रको राप्ती नदीबाट दैनिक सयांै घनमिटर ढुंगा उत्खनन हु“दा बस् ती असुरक्षित हुनुका साथै स् थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको स् थानीय सञ्चारकर्मी हेमन्त चौधरीले जानकारी दिनुभयो। उहा“का अनुसार गाउ“कै स् थानीय केही व्यक्तिले अवैधरूपमा कार्य गरिरहेकाले प्रतिवाद हुन नसकेको हो।
राप्तीसोनारी गाउ“पालिकाले राप्ती नदीमा पर्ने शम्शेरगञ्ज, आलीनगर, ढलैया, मुगुवाखोला, परुवाखोला र झिझरी खोलामा मात्र नदीजन्य पदार्थ ढुंगा, गिट्टी, ग्राभेल र बालुवा सङ्कलनका लागि ठेक्का दिएको छ। गाउ“पालिकाका अध्यक्ष लाहुराम थारूले ठेक्का दिएको बाहेक अन्यत्र नदीजन्य पदार्थको संरक्षण र संबद्र्धन गर्दै आएको बताउनुहुन्छ। नवलपुर, बैसा, गोबारपुरलगायतका क्षेत्रमा लुकीछिपी हुने गरेको चोरी निकासी रोक्न अनुगमन गरिने उहा“ले जानकारी दिनुभयो। डिभिजन वन कार्यालय बा“केका प्रमुख मोहनराज श्रेष्ठले अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन रोक्न स् थानीय सरकारस“ग समन्वय गरिएको उल्लेख गर्दै अवैध दोहन भएको खण्डमा तत्काल अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top