Free songs
Home / समाचार / संक्षिप्त समाचार / राजपाको अवरोधले बैठक स्थगित

राजपाको अवरोधले बैठक स्थगित

युगबोध समाचारदाता

काठमाडौं। प्रतिनिधिसभाको बुधवारको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अवरोधका कारण स् थगन भएको छ। सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो।

त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनका सन्दर्भमा अघिल्लो बैठकमा गृहमन्त्रीबाट आएको जवाफ चित्तबुझ्दो नभएको जनाउ“दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म सदन सञ्चालन हुन नदिइने घोषणा गर्नुभयो। उहाले भन्नुभयो– ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूहरुले माग गरेकामा सरकारबाट आलटाल गर्दै गम्भीरतापूर्वक नलिएर हलुका ढंगबाट जवाफ आएको छ।’

तत्कालीन आन्दोलनरत मधेसी मोर्चा र शेरबहादुर देउवाको नेतृत्वको सरकारबीच थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानबीनका लागि आयोग गठन गरिएकामा तीन हजार दुई सय ६४ मुद्दासहित समेटिएको प्रतिवेदन बुझाइएको थियो।

 

राज्यको चरित्र र सरकारको कामकारवाही उदांग हुने डरले प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाउ“दै नेता यादवले थारु र मधेस आन्दोलनलाई बदनाम गराउने र भ्रम छर्ने काम भएको छ भन्नुभयो। सांसद यादवले उक्त विषय सदनमा राखेपछि सभामुख महराले सो विषयमा आफूले सरकारलाई निर्देशन गरेको हु“दा आ–आफ्नो स् थानमा बसेर सदनको बा“की काम सञ्चालन गर्नका लागि सहयोग पु¥याउन आग्रह गर्नुभयो। आफ्नो उक्त आग्रहपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेकाले सभामुखले प्रतिनिधिसभाको पहिलो बैठक १० मिनेटका लागि स् थगन भएको घोषणा गर्नुभएको थियो।

प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न निर्देशन

यसैबीच प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबीन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र
लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभएको छ।

प्रतिनिधिसभाको बुधवारको दोस्रो बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका सांसदले आफ्ना स् थानबाट उठेर अवरोध पु¥याएपछि सभामुखले राजपाको मागअनुरुप आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न÷गराउन सरकारलाई रुलिङ गर्नुभएको हो।

सभामुखले भन्नुभयो– ‘मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको थिए“, सरकारका तर्फबाट पनि जवाफ आएको थियो। उक्त आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन म निर्देशन दिन्छु।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top