Free songs
Home / फिचर समाचार / प्राथमिकतामा कृषि विकास कार्यक्रम

प्राथमिकतामा कृषि विकास कार्यक्रम

युगबोध समाचारदाता

नेपालगञ्ज। बर्दियाको बढैयाताल गाउपालिका माछा उत्पादन र व्यावसायिक तरकारी खेतीको मुख्य क्षेत्रका रूपमा चिनिदै आएको छ। माछा उत्पादनस“गै गाउपालिकामा आलुको बीउ र व्यावसायिक रूपमा तरकारी खेती पनि हुदै आएको छ। तर अधिकांश किसान अहिले पनि परम्परागत तरिकाबाट
खेती गर्दै आएका छन्। गाउ\पालिकाले यो वर्ष कृषिमा ६० लाख बजेट विनियोजन गरेको छ।

बढैयातालका स् थानीयका लागि विगतका दिनमा जिल्ला कृषि विकास कार्यालयबाट प्रवाह हु“दै आएको कृषि सेवा अहिले स् थानीय तहबाट प्रवाह भइरहेको छ। बढैयाताल गाउ“पालिकाले पनि कृषि शाखामार्पmत सेवा प्रवाह गरिरहेको छ। तर सबै स् थानीयले कृषि शाखाबाट प्रवाह भइरहेको सेवाको उपभोग गर्न भने सकेका छैनन्। बजेट अभावको कारणले चाहेर पनि कर्मचारीले पर्याप्तरूपमा कृषिसेवा दिन सकेका छैनन् भने केही किसान आफै पनि कृषि शाखाबाट प्रवाह हुने सेवाका बारेमा जानकारी नपाएर सेवा लिन सकेका छैनन्। ‘कृषि शाखाले अनुदानमा सेवा प्रवाह गर्दै आएको छ। तर कृषकको मागअनुसार र समयमा सेवा प्रवाह भने हुनसकेको
छैन्’ ढैयाताल–६ का कृषक जीवेन्द्र थारूको भनाइ छ।

गाउपालिकाको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न गाउपालिकाले पर्याप्त मात्रामा बजेट छुट्याउन सकेको छैन। जसका कारण किसानले मेहेनतअनुसारको लाभ लिन सकिरहेका छैनन्। गाउपालिकामा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर किसानका लागि खर्च हुने गरेको छ। सरकारले कृषिमा आधुनिकीकरण गर्ने भने पनि कृषिका लागि भने न्यून बजेट रहेको सो गाउ“पालिकाको कृषि शाखा प्रमुख दुर्गाप्रसाद बसौलाले बताउनुभयो।

बढैयाताल गाउ“पालिका बर्दियाको पूर्वदक्षिण भागमा पर्दछ। मैनापोखर, भोलागौढी र शीतलाबजार बढैयाताल गाउ“पालिकाको बजार क्षेत्र हो भने अन्य सबै क्षेत्रका स् थानीयवासी कृषि पेशामा आबद्ध छन्। गाउ“पालिकाको आठ हजार हेक्टरमा खेती हु“दै आएको छ। झण्डै ८५ प्रतिशत स् थानीयवासी कृषिमा आश्रित भएकाले गाउ“पालिका र वडा कार्यालयले व्यावसायिक कृषि कार्यक्रमलाई प्राथमिकतामा राखेको सो गाउ“पालिका–४ का अध्यक्ष कर्णबहादुर थापाको भनाइ छ।

गाउ“पालिकामा माछा र आलुको बीउको राम्रो उत्पादन हु“दै आएको छ। करी ब ४० किसान माछापालन गरिरहेका छन् भने करी ब दुई सय किसानले तरकारी र आलुखेती गर्दै आएका छन्। राज्यले कृषिका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसके पनि कृषिलाई टेवा पुग्ने कार्यक्रम गरिरहेको कृषि शाखा प्रमुख बसौलाले बताउनुभयो।

स्थानीयस्तरमा उत्पादन भएको तरकारी सितला, पशुपति, सीतापुर हाटबजार र मैनापोखरबाट बिक्री वितरण हुदै आएको छ। मैनापोखर र कालिकाबाट वर्षेनी करिब चार सय टन आलुको बीउ र एक हजार चार सय टन आलु उत्पादन हु“दै आएको छ। किसानले तरकारीबाहेक धान, गह“ु, मकै, मसुरो, केराउ, अरहरलगायतका अन्नबाली पनि उत्पादन गर्दै आएका छन्।

गाउपालिकाले यो वर्ष कृषिका लागि ६० लाख निशर्त र १८ लाख सशर्त बजेट विनियोजन गरेर कृषिका लागि छनोट गरेको योजनाको कार्यान्वयन गर्ने तयारी थालेको छ। सो गाउपालिकाको कृषि विकास शाखाबाट प्रवाह भइरहेको सेवामा स् थानीयवासीको पहु“च बढाउन कृषि सेवा क्षेत्रलाई अझ फराकिलो पार्न आवश्यक रहेको स् थानीयवासीको माग छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top