Free songs
Home / विचार / निराश भए खेतीपाती गर्नेहरु

निराश भए खेतीपाती गर्नेहरु

युवराज शर्मा

नेपालको राजनीति खेतीपाती गर्नेहरुका लागि भएन। त्यस् तो जनशक्तिलाई प्रेरणा दिइएन। उनीहरुका लागि ठोस कार्यक्रमहरु आएनन्। राजनीतिक नाराहरु सुनाउदै गाउ–गाउ भाषण गर्ने नेताहरुले नागरिकहरुलाई झूठा आश्वासन बाड्ने गरे । उनीहरुका समस् याहरुको समाधान गरेनन्। खेतीपाती गर्नेहरुलाई सहकारी समूहको नाममा दर्ता गराएर भुलाउने र झुलाउने काम भयो। त्यस् ता सहकारी समूहलाई हाक्नेहरुले पुरातनशैली र हैकमवाद अपनाउने गरेको पाइयो। उनीहरुले दलीय भावना अपनाएर आफ्ना कार्यकर्ताहरुको सिफारिसमा अरबौं रकम बाड्ने गरेको इतिहास बन्यो। सहकारी समूहका अध्यक्षहरु कमिशन र प्रतिशतमा रमाएका छन्। खेतीपाती गर्नेहरु निराश भएका छन्। कस् तो सहकारी योजना हो ?

नागरिकहरुका लागि अन्योल भएको छ। खेतीपाती गर्नेहरुले लुकेर भागेर रातारात गाउ“ छोड्नेहरु थुप्रै दलका नेताहरुलाई खाना खुवाएका थिए। उनीहरुलाई सुरक्षा दिएका थिए। प्रहरीहरुको दमन सहेर नेताहरुलाई बचाएका थिए। भोलिको सत्तामा सुधार गर्ने व्यक्तिहरु मान्थे सम्झन्थे। अहिले त्यस् ता वर्गका नेताहरु सत्तामा छन्। खेतीपाती गर्नेहरुको नून खाएर सत्तामा पुगेका हुन्। उनीहरुले आफूले बसेको घर बिर्से। हिडेको गोरेटो बाटो भूले बिर्से। अहिले त्यस् ता नेताहरुले आफू लुकेर बसेका घरधनीलाई चिन्दैनन्। यदि घरधनीले सम्झनाका  क्षणहरु दर्शाए पनि नेताहरु भन्छन्– पुराना कुराहरु बिर्सियो। उहिलेका कुरा नसम्झाउनोस्। पुराना बितेका कुराहरुले हामीलाई फाइदा छैन। कष्ट भोग्दै ज्यान बचाउ“दै र झूठा आश्वासन बा“ड्दै हिड्ने नेताहरु चिल्ला गाडीमा चढ्न लागे। मिठो मसिनो खान लागेपछि खेतीपाती गर्नेहरुले खान दिएको नेपाली माटोमा उब्जेको अनाजलाई बिर्सेछन्। आयातित खाद्यमा रमाउन थालेपछि भन्छन्– पुराना कुराहरु खुइलिए। नागरिकहरु भन्छन्– स् वार्थी भएछन् माओवादीहरु।

खेतीपाती गर्ने वर्गका व्यक्तिहरु निराश बन्नुको मुख्य कारण जोत्ने गोरुको विमा गर्न नसक्नु, हलोजुवाका लागि काठ चाहिने हु“दा काठ खरिद गर्न नसक्नु, मल वीउविजन र किटनाशक औषधिहरु खरिद गर्न अर्थअभाव छ। खेती गर्छन् खानलाई छैन । अपुग अनाजको जोहो गर्नुपर्छ। त्यसका लागि रोजगारी छैन र अर्थलाभका आधारहरु छैनन्। नांगो शरीर छ। लगाउने लुगाहरु खरिद गर्ने अवस् था कमजोर छ। यस् ता नागरिकहरुका लागि समृद्धिको कार्ययोजना गाउ“स् तरमा छैन। जे जस् ता योजनाहरु देखिन्छन् त्यो पनि सहकारी समूहका अध्यक्षको पूरातनशैली र हैकमवादमा सीमित छन्। उनीहरुले बा“ड्ने अरबौंको रकम बालुवामा पानी खनाए सरह भएको छ। नेताहरु भन्छन्– सहकारीबाट धेरै विकास भयो। उनीहरुले आफ्नो आर्थिक विकासलाई विकास र समृद्धि भयो भन्छन्। लाजमर्दो कुरा गर्छन्। नेता भएपछि जे जस् तो शब्दहरु प्रयोग गरे पनि हुन्छ भन्ने भनाइ नेताहरुमा छ। सहकारी समूहमार्फत अरबौं रकम बाड्ने कस्तो व्यवस्था गरे भन्छन्– खेतीपाती गर्ने व्यक्तिहरु। सहकारी समूहका अध्यक्ष भन्छन्– हाम्रो सरकार हाम्रै रजाई हाम्रो हालीमुहाली। हाम्रो विरोध गर्न पाइन्न।

खेतीमा निर्भर भएका किसानहरुलाई सिंचाई कुलोको ठूलो महत्व हुन्छ। जनस् तरबाट निर्माण गर्न, पक्की बनाउन र सुधार गर्न असम्भव अवस् था छ। सरकारको मुख ताक्नुपर्छ। तर पहु“च नभएपछि काम बन्दैन। स् थानीय तहको सरकारले बजेटको अभाव देखाउ“छ। प्रदेश सरकार र संघीय सरकारमा नागरिकहरुको पहु“च र सम्बन्ध छैन। प्रदेश सभा सदस् य र संघीय सभा सदस् यहरुको मात्र पहु“च चल्छ। उनीहरुले दलीय भावनाले काम गर्छन्। हलो जोत्ने वर्गलाई चिन्दैनन्। उनीहरुले चिन्ने व्यक्तिहरु नै गा“ठका शोषक र सामन्तवर्ग हुन्। जसलाई वर्तमान समयमा दलाल र तस् कर भन्छन्। उनीहरुको हालीमुहाली चल्छ।

प्रदेश सरकारले कतै–कतै कृषि ज्ञान केन्द्रको स् थापना गरेको छ। जसले किसानहरुलाई खेतीपाती गर्ने तालिम दिने ज्ञान बा“ट्ने काम गर्छ भन्थे। अद्यापि कुनै ज्ञान बा“डेन। सदरमुकाममा बसेर रमाउने गरेको अवस् था छ। कृषि विकास कार्यालयले बाटेबिरुवा बीउविजन बा“ड्ने काम गथ्र्यो। अहिले देखिन्न। कृषि विकास बैंक छ। त्यो व्यापारिक बैंक भयो। कृषक वर्गलाई खेतीपातीका लागि सघाएन। पहिले चक्रबृद्धि व्याज लगाएर किसानका घरवास भताभुंग बनायो। अहिले उद्योगपति, व्यापारी र घरघडेरी खरिद बिक्री गर्नेहरुका लागि पृष्टपोषक भएको छ। नाम कृषि विकास बैंक हो । काम भने व्यावसायिक बैंक भएको छ। किसानहरुका नाममा जे जस् ता संस् थाहरु भए पनि खेतीपातीमा सहयोग पु¥याउने भएनन् भन्छन्– खेतीपाती गर्ने व्यक्तिहरु।

विगत समयमा पा“च नं. प्रदेश सरकारको किसानलाई तरकारी खेतीतर्फ तालिम कार्यक्रम थियो। दाङको कृषि ज्ञान केन्द्रका शाखा अधिकृत भरत पोख्रेलबाट थाहा भयो। उहा“ले किसानलाई तरकारी खेतीपाती गर्ने तालिम नेपालगञ्जमा छ। तालिममा प्राविधिक सल्लाह र प्रविधिको ज्ञान गराइन्छ। दुईजना कृषकलाई पढाउनु छ। एकजना पठाइ दिनोस्। उहा“को भनाइलाई शिरोधार्य गरेर किसानलाई खबर गरेका थिए। मलाई भन्दा किसानलाई पाइने सुविधाहरु सम्बन्धमा ज्ञान रहेछ। उनले फोनबाट भने– बाजे तालिममा जानु राम्रो हो। हामी जस् ता किसानले प्राविधिक ज्ञान र काम गर्ने प्रविधि जान्नुपर्छ। राम्रै कुरा हो। तालिममा जान बाटो खर्चका लागि बस भाडा सा“झ बिहान खाना नास् ता साथै बस् ने होटल वास खर्च पुग्ने रकम सामान्यरुपमा पनि पाइन्न। घरबाट खर्च बेहोर्ने अवस् था छैन। यस् तो अवस् थामा कसरी तालिम गर्न जाने ? म जा“दैन। उनको भनाइ सुनेर म आश्चर्यमा परें। प्रदेश सरकारको किसानका लागि प्राविधिक ज्ञान र प्रविधि सिकाउने कार्यक्रम रचनात्मक रहेनछ। देखाउने कार्यक्रम रहेछ। भारतको उत्तराखण्डमा त्यहा“को सरकारले खेती गर्ने किसानहरुलाई प्रविधिको ज्ञान गराउने गर्छ र तालिममा राम्रो सुविधा पनि दिन्छ। आलुखेती गर्ने सीपको विकास गराउ“छ भन्थे तल्लाघरे माइलाले। म उनीस“ग उत्तराखण्ड जाने भएको कथा र व्यथा सुनाए। उनका भनाइ सुनेर म पुनः आश्चर्यमा परे। नेपाली किसानहरुलाई खेतीपाती गर्ने अनुभवीय ज्ञान छ। तर प्रविधि थाहा छैन। भारत सरकारले स् वदेशी वा विदेशी जो भए पनि समानस् तरमा तालिम दिएर प्रविधिको राम्रो विकास गर्दोरहेछ। त्यसकारण नेपालीहरु कृषि पेशा गर्न भारतको उत्तराखण्डमा जान्छन्। आलुखेती गर्छन्। स् याउका पेटी ढुवानी गर्छन्। उनीहरुलाई दिएको तालिम खेर जा“दो रहेनछ। त्यहा“का साहुहरुको एउटै भनाइ छ– जहा“को मान्छे भए पनि भारतको लेवर हो। हाम्रो समस् या लेवरको छ। नेपालीहरुले पूरा समय काम गर्छन्। उनीहरु घर फर्कदा लुगालत्ता र अन्य सामानहरु लिएर फर्कन्छन्। उनीहरुलाई नेपालमा कालीपारे लाहुरे भन्छन्। उत्तराखण्डलाई कालापहाड भन्छन्।

नेपालमा कृषिको विकास गर्छौैं भन्दै धेरै सपनाहरु सरकारमा बस् नेहरुले बा“ड्दै आए। कम्युनिष्ट पार्टीको सरकार भयो भने खेतीपाती गर्नेहरुको जीवनस् तर उठाउन खेतीपातीमा प्रविधिको विकास गराइदेलान् भन्ने सोचाइ थियो। सबैले मतदान गरे र निर्वाचनलाई दुईतिहाईको बहुमत पु¥याइदिए। हिजोका दिनमा हाम्रो घरमा लुकेर बसेका र खाना खाएका नेताहरु हुन्। हामीलाई नूनको भारा तिर्लान् र खेतीपाती गर्न प्रविधिको ज्ञान गराउलान्। खेतीपानी गर्न आवश्यक सहयोग पु¥याउलान् भन्ने थियो। तर निराश बनाए। कृषिप्रधान देश भन्दै भाषण गर्छन्। सहकारी समूह बनाएर अरबौं रकम बा“ट्छन्। हलो जोत्ने किसानको भलो गर्न चाह“दैनन्। आफ्नो सुख सुविधाका लागि हाइ हलो गर्छन्। चिल्ला गाडीमा झण्डा फहराउ“दै गाडी गुडाउ“छन्। सत्तामा रमाएका नेताहरु मात्र देखिन्छन्। संघीय सरकारका कृषि मन्त्रीबाट खेतीपाती गर्ने वर्गप्रति ख्याल गरेर कुनै कार्यक्रमहरु आएनन्। अहिले त्यस् ता किसानहरुलाई गोरुको विमा, हलोजुवाका लागि आवश्यक काठ र मल बिउका लागि सरकारी अनुदानको खा“चो छ। उनीहरुको गाउ“–गाउ“मा पहिचान गरी यस् ता कामका लागि सहयोग पुग्नुपर्छ। आर्थिक राहत पु¥याइदिनुपर्छ। तब मात्र युवा वर्गलाई खेतीपाती गर्न प्रेरणा जाग्नेछ। खेतीपाती गर्ने व्यक्तिहरु निराश बनेर भारततर्फ मजदुरी गर्न जाने छैनन्। देशमा खेती गर्ने वर्गको भलो गर्ने सरकारको अनुभूति गर्ने थिए। उनीहरुमा निराशा हट्ने थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top