Free songs
Home / समाचार / संक्षिप्त समाचार / नगरपालिकाले बस किन्यो

नगरपालिकाले बस किन्यो

 

परिचन्द्र खत्री

रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस किनेको छ। नगरपालिकाले ९२ लाख १५ हजारमा तीनवटा बस किनेको हो। दुईवटा
बस ३१ लाख १० का दरले किनिएको हो भने एउटा बस २७ लाख ९५ हजारमा किनिएको नगरपालिकाले जनाएको छ।

दुईवटा बस ३२÷३२ सिट क्षमताका छन् भने एउटा बस २६ सिट क्षमताको छ। नगरपालिकाले नगर बसका रुपमा उक्त बस खरिद गरेको हो। नगरपालिकाले बस खरीदका लागि १ करोड ४ लाखको टेण्डर आह्वान गरेकामा सिप्रदी ट्रेडिङले ९२ लाख १५ हजारमा ल्याई टेण्डर भरेको थियो। उक्त बस मंगलबार विहान नगरपालिकाको कार्यालयमा पु¥याइएको छ। नगरपालिकाले बसका लागि बैंकबाट ऋण लिन लागेको छ। आन्तरिक स्रोतबाट सबै खर्च व्यहोर्न सम्भव नभएपछि नगरपालिका बैंकबाट ऋण लिने तयारीमा रहेको नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो।

‘किस् ता किस् तामा ऋण चुक्ता गर्ने गरी बैंकबाट ऋण लिने तयारी भैरहेको छ’– उहा“ले भन्नुभयो– ‘बसबाट संकलन भएको रकमबाट किस् ता तिरिने छ।’ नगरपालिकाले कुनै कामका लागि बजेट अपुग भएमा बैंकबाट ऋण लिने नीति लिएको छ।

नगरपालिकाले यातायायात व्यवस् थापन ऐन २०७५ अनुसार नगर बस सञ्चालन गर्न लागेको हो। नगरपालिकाले चैत्र पहिलो सातादेखि नगर बस सञ्चालन गर्ने तयारी गरेको छ। बस ल्याइसकिएको र अव चालकको व्यवस् थासहित केही नीतिगत व्यवस् था गरेर बस संचालन गरिने नगर प्रमुख शर्माले बताउनुभयो।

चैतको पहिलो सातासम्म नगर बस सञ्चालन सम्बन्धी सम्पूर्ण व्यवस्था गरिसक्ने नगर प्रमुख शर्माको भनाइ छ। उहा“का अनुसार तीनवटामध्ये दुईवटा बस चौरजहारी–नुवाकोट सडक खण्डमा र एउटा बस चौरजहारी भ्यालीभित्र सञ्चालन हुने छ। नुवाकोट–चौरजहारी खण्डमा दिनमा दुईवटा बस चल्नेछन्। नगरपालिकाले सार्वजनिक गाडीको भन्दा ५० प्रतिशत छुटमा नै नगर बसमा सेवा दिने तयारी गरेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top