Free songs
Home / समाचार / संक्षिप्त समाचार / दुर्घटना नियन्त्रणको प्रयास : राडारद्वारा गति नाप्ने अभियान शुरु

दुर्घटना नियन्त्रणको प्रयास : राडारद्वारा गति नाप्ने अभियान शुरु

यमलाल भुसाल

बुटवल । प्रदेश पाच ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटना न्युनीकरणका लागि सवारी साधनको गति मापन गर्ने ‘राडार’ को प्रयोग शुरु गरेको छ।

द्रुत गतिका कारण हुने दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले राडारको प्रयोग गरेर गति मापन गर्ने र तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकलाई कारवाही गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक गणेश चन्दले बताउनुभयो। उक्त राडारले ८० मिटर सम्मको गति मापन गर्ने उहाले बताउनु भयो। प्रहरीले पहिलो चरणमा गति नियन्त्रणका लागि चालकलाई सचेत गराउने र त्यसपछि पनि चालकले मापदण्ड भन्दा बढी गतिमा चलाएमा कारवाही गर्ने रणनीति बनाएको प्रहरी नायव उपरीक्षक माधवबुढाथोकीले बताउनुभयो। प्रहरीले मंगलबारदेखि बुटवल क्षेत्रमा राडारबाट गति मापन गर्न सुरु गरेको छ भने बुधवारदेखि भैरहवा क्षेत्रमा पनि गति मापनसंगै चालकलाई गति सीमितताको विषयमा जानकारी गराइएको छ ।

यो कार्यक्रमलाई क्रमशः प्रदेशभरिका १२ वटै जिल्लामा सञ्चालन गरिने प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। ओभर स् िपडका कारण सवारी दुर्घटना बढेकोले गति नियन्त्रणलाई अभियानका रुपमा संचालन गरिएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top