Free songs
Home / समाचार / संक्षिप्त समाचार / दीपशिखा आमाविमा आँखा र दाँत जाँँच

दीपशिखा आमाविमा आँखा र दाँत जाँँच

युगवोध समाचारदाता

घोराही। दीपशिखा आवासीय मावि घोराहीले बुधवार निःशुल्क आखा र दात जाच शिविर सञ्चालन गरेको छ। त्यसक्रममा विद्यार्थी र अभिवावकको स्वास्थ्य जाच गर्नुका साथै जनस् वास् थ्य सम्वन्धी प्रशिक्षण पनि दिइएको विद्यालयका भाइस प्रिन्सिपल धनबहादुर विसीले जानकारी दिनुभयो।

पूर्व प्राथमिक तहका विद्यार्थी र तिनका अभिवावक गरी झण्डै सात सयजनाको निःशुल्क दा“त र आ“खाको जा“च गरिएको विद्यालयले जनाएको छ। विद्यालयको आयोजना तथा विआर डेन्टल अस् पताल घोराही र रिभिजन आ“खा अस् पताल घोराहीको प्रायोजनमा शिविर सञ्चालन गरिएको थियो।

विआर डेन्टलका विडिएस डा. विपी भुसाल र डा रचना घिमिरे, रिभिजन आ“खा अस् पताल घोराहीका नेत्र रोग विशेषज्ञ कृष्ण बञ्जाडेसहितको टोलीले चेकजा“च गरेको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चाउचाउ, चक्लेटलगायतका जंकफुडले गर्ने असरबारे प्रशिक्षण दिइएको थियो। केही बच्चाहरुका हल्लिएका दात फालिएको थियो। प्लाष्टिकका दातमार्फत् मञ्जनको मात्रासहित ब्रस चलाएर दा“त माझ्ने तरीका सिकाइएको थियो। बच्चाको दातको समस्या र त्यसको समाधान गर्ने उपाय अभिभावकहरुलाई सिकाइएको थियो। सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल शोभाकान्त अधिकारीलगायत शिक्षक कर्मचारीले व्यवस् थापन गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top