Free songs
Home / फिचर समाचार / दाङ र प्युठानमा कृषिमा पौने दुई करोड अनुदान

दाङ र प्युठानमा कृषिमा पौने दुई करोड अनुदान

 

 गिरिराज नेपाली

घोराही । लगानी, बजार, मूल्य र प्राविधिक ज्ञान सीपको अभावका कारण कृषि तथा पशुपालन क्षेत्रमा आकर्षण घट्दोछ।

जसका कारण खेतीयोग्य जमिन, जनशक्ति र व्यावसायिक पशु फर्महरू लोप हुदै गइरहेका छन्। कृषि क्षेत्रको आधुनिक व्यावसायिक कृषि उत्पादन तथा प्रर्वद्धनका लागि प्रदेश नं. ५ भूमि व्यवस् था तथा कृषि सहकारी मन्त्रालयले प्रदेशका दुई जिल्ला दाङ र प्युठानको कृषि तथा पशुपालन क्षेत्रको व्यावसायिक विकासका लागि चालु आर्थिक वर्ष २०७५/७६ का लागि ५० प्रतिशत अनुदानमा एक करोड ७६ लाख रुपैया अनुदान वितरण गर्न लागेको छ। जसले सरकारलाई मात्रै होइन किसानलाई पनि उत्तिकै आकर्षित र उत्साहित बनाएको छ।

बंगलाचुली–५ साउनेपानी कृषक समूहका प्रेमलाल वलीले भन्नुभयो– ‘लगानीका कारण व्यावसायिक खेती गर्न सकेका थिएनौं। राज्यले अनुदान दियो। अब केही गर्छाैं भन्ने सोचमा छौं।’ लगानीका कारण सञ्चालन हुन र फष्टाउन नसकेको कृषि तथा पशुपालन क्षेत्रहरु अनुदान पाएस“गै केही आशालाग्दो अवस् थामा पुगिरहेको उहा“क ो भनाइ छ। गाउ“मा व्यावसायिक सुन्तला खेती गर्ने सोच पहिलेदेखि नै रहे पनि लगानी अभावका कारण सञ्चालन गर्न नसकेको उहा“ले बताउनुभयो। अनुदानस“गै व्यावसायिक

सुन्तला खेती सञ्चालन र स् वरोजगार स् थापित गर्न सकिने बताउनुभयो। करी व २५ रोपनी जग्गा व्यावसायिक सुन्तला खेतीको तयारी भइरहेको उहा“को भनाइ छ। रोजगारबिहीन युवा युवतीहरुको जमातले नै व्यावसायिक सुन्तला खेती गर्न लागेको उहा“ले बताउनुभयो। जसले स् वरोजगारस“गै गाउ“को आर्थिक स् िथतिमा सुधार र समृद्धि ल्याउन सक्नेछ।

त्यसैगरी गौमुखी गाउ“पालिका– ६ केसी बाख्रापालन तथा कृषि फर्मका सञ्चालक पदमबहादुर बस् नेतले पनि थप्नुभयो– ‘लगानी अभावका कारण बाख्रापालन पनि सुक्दैछ। कृषि फर्मको अवस् थामा पनि उस् तै छ।’ उहा“ले भन्नुभयो– ‘सरकारले दिन लागेको अनुदान हाम्रा लागि धेरै ठूलो लगानीका रुपमा भित्रदैछ। जसले पेशा व्यावसायको विकासमा ठूलो सहयोग पु¥याउनेछ।’ जसका कारण सुक्दै जान थालेको बाख्रापालन तथा कृषि फर्म अझै फराकिलो हुने आशा बोकेको उहा“ले बताउनुभयो ।

प्रदेश सरकारले तरकारी, फलफूल खेती, बाख्रा, बंगुर, कुखुरा, गाई–भैंसी पालनका लागि दाङमा १५ र प्युठानमा १७ गरी ३२ जना किसानलाई अनुदान दिन लागेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो। जसमा दाङमा प्रगति कृषि फर्म, नविन पोल्ट्री फर्म, कार्की पोल्ट्र फर्म, लक्ष्मी नारायण बहुउद्देश्यीय कृषि फर्म, भाग्य लक्ष्मी बहुउद्देश्यीय कृषि फर्म, झरना पशु फर्म र बिनिसा कुखुरा पालन फर्मलाई चार/चार लाख अनुदान दिन लागेको बताउनुभयो। त्यस्तै शिवशक्ति कृषक समूह, साउनेपानी कृषक समूह, किसान उपकार कृषक समुह, न्यौपाने प्रगति जैविक विकास कृषक समूह, दिगो विकास कृषक समूह, शिवालय महिला कृषक समूह र प्रगतिशील कृषक समूहलाई छ÷छ लाख रहेको छ भने प्रेम भैंसीपालन फर्म दाङलाई दशलाख रुपैया“ अनुदान दिन लागेको जानकारी दिनुभयो।

त्यस्तै प्युठानको युनिक एग्रो फर्म, हरियाली पशुपंक्षी तथा कृषि फर्म, चेहधर्क कृषि फर्म, पन्थी बाख्रा फर्म, केसी बाख्रा तथा कृषि फर्म र स् याउ सुन्तला व्यवसाय फर्मलाई चार÷चार लाख र लालीगुरा“स कृषि समूह, धोवीघाट कृषि आधुनिकरण कृषक समूह, बागेश्वरी बहुउद्देश्य सहकारी संस् था, सुनौलो सहकारी संस् था, नौबिहानी साना किसान कृषि सहकारी संस् था, प्रभावशाली कृषि सहकारी संस् था, माझटोल कृषि समूह र टिमुरे बाख्रापालन समूहलाई छ÷छ लाख रहेको छ। यसैगरी लेकाली व्यावसायिक बाख्रापालन तथा दाना उद्योग र लिस् ने टोडके बाख्रापालन फर्मलाई १०÷१० लाख अनुदान सरकारले दिन लागेको हो। बस् नेतले भन्नुभयो– ‘जसले कृषि तथा पशुपालन व्यवसायको विकास र विस् तारमा किसानलाई ठूलो राहात उपलब्ध गराउन सक्नेछ। साथै रोजगारका ढोकाहरू प्रशस् तै खुलाउदै लैजानेछ।’

सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस् तारले रोजगार स् थापना तथा आर्थिक विकासको बृद्धि गर्न सक्ने भन्दै प्रदेशका दुई जिल्लामा ठूलो लगानी भित्र्याएको उहा“को भनाइ छ। यसैबीच बुधवार भूमि व्यवस् था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नं. ५ ले अनुदानग्राहीहरुलाई व्यावसायिक विकास र लगानीका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कृषि ज्ञान केन्द्र दाङको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। जसमा मन्त्रालयका पशु विकास अधिकृत डा. सुन्दर बस्याल र कृषि ज्ञानकेन्द्र दाङका प्रमुख कृष्णबहादुर बस् नेतले अनुदान प्राप्ति, योजना निर्माण, छनौटलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top